Latest Post

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

नाईमाअटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने। 

काठमाडौं । भाद्र २३, हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी DONGFENG द्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा यही भदौ २६ गते देखि आयोजना हुन लागेको नाईमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छकम्पनीले हाल दुईवटा बसको मोडल सार्वजनिक गर्न लागेको जानकारी उपलब्ध गराएको छ।           डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। यो कम्पनीले विश्वस्तरीय प्रविधि प्रयोग गरी यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी (EV), विशेष प्रयोजनका सवारी तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जा उत्पादन गर्दै आएको छ। पाँच दशकभन्दा लामो अनुभवका साथ डोङफेंगले गुणस्तर, विश्वसनीयता, सुरक्षा र नवीन प्रविधिका कारण विश्व बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ।डोङफेंगका सवारी साधन एशिया, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका धेरै देशमा सञ्चालनमा छन्। कम्पनीले अन्तर्राष्ट्रिय बजारमा गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य तथा उत्कृष्ट बिक्रीपछिको सेवाका कारण राम्रो प्रतिष्ठा कमाएको छ। हाल यसको उत्पादन विश्वका १०० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नेपालमा पनि डोङफेंग ब्रान्डका ट्रक, कार तथा माइक्रोबसहरू पहिलेदेखि नै बिक्रीका साथै लोकप्रिय रहँदै आएका छन्।        हिमालय अर्गनाइजेशन अन्तर्गत रहेका कम्पनीहरूले विगत देखि नै भारतको FORCE MOTORS तथा चीनको SAIC ग्रुप अन्तर्गत रहेको MAXUS कम्पनीका सवारी साधनहरूको नेपालका लागि आधिकारिक विक्रेताको रूपमा कार्य गर्दै आएकोमा हाल नेपाल सरकारले ठूला प्रकारका विद्युतीय बसहरूलाई प्राथमिकतामा राख्ने नीति बनाउन थालेको तथा नेपालका ग्राहकहरूले पनि ठुला प्रकारका विद्युतीय बसहरूको माग गर्न थालेको अवस्थालाई ध्यानमा राखेर यो ब्रान्डका बसहरू नेपाल भित्र्याएको जनाएको छ। उक्त अटो एक्स्पोमा ७.२ मिटरका २६ देखि ३० सिट क्षमताका बसहरू सार्वजनिक गर्न लागिएको छ भने निकट भविष्यमा नै यसै कम्पनीका ३८ र ५२ सिट क्षमता भएका ९ र १२ मिटरका बसहरू पनि नेपाल ल्याउन लागेको कम्पनीले जानकारी गराएको छ। यसको मूल्य तथा अन्य विवरणहरू भने कम्पनीले सोही अटो एक्सपोमा नै जानकारी गराउने भनेको छ तर कम्पनीले अहिले नै घोषणा के  गरेको छ भने त्यहाँ सार्वजनिक गर्न लागिएका उक्त बसहरु हाल नेपालमा उपलब्ध अन्य कम्पनीका बसहरूको भन्दा निकै कम मूल्यमा ग्राहकहरू समक्ष सार्वजनिक गरिने जानकारी दिएको छ। जसका कारण सबैमा कौतुहलता बढेको छ भने एक्सोमा बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुटको योजना समेत प्रस्तुत गर्न लागिएको जानकारी दिएको छ। बिग्रिपछिको सेवा तथा स्पेयर पार्ट्सका लागि हिमालय अर्गनाइजेसन अन्तर्गतका विभिन्न कम्पनीहरूले नेपालभरि विभिन्न सहरहरूमा रहेका आफ्ना शाखा तथा डिलरहरू मार्फत उपलब्ध गराइने जानकारी समेत दिएको छ।

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

प्रभु इन्स्योरेन्स प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै अघि बढिरहेको छ : अध्यक्ष मल्ल

काठमाडौं, साउन २३ । प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले कम्पनी विश्वसनीय, पारदर्शी, प्रविधिमैत्री र ग्राहककेन्द्रित बन्दै थप सशक्त रूपमा...

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

वैदेशिक रोजगार व्यवसायीद्वारा म्यानपावर बन्द र १५ बुँदे मागसहित आन्दोलनको घोषणा

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नीतिगत सुधारको माग गर्दै तत्कालका लागि विदेशमा नेपाली श्रमिक पठाउने प्रक्रिया ठप्प पार्ने...

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

याडियाद्वारा नेपालमा नयाँ GS70, GT70 र GT80 विद्युतीय स्कुटर सार्वजनिक; NAIMA अटो शोसम्म रु. १० हजार विशेष छुट

काठमाडौँ । नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले नयाँ पुस्ताका GS70, GT70 र GT80...

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

मिस मेनुका : एक संवेदनशील यौनकर्मी

खगेन्द्र फुयाल साउन २२, काठमाडौं । फ्रान्सेली दार्शनिक तथा नाटककार झाँ–पल सार्त्रको प्रसिद्ध नाटक ल पुट्याँ रेस्पेक्ट्युस को नेपाली रूपान्तरण...

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

सर्वोच्च अदालतद्वारा विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

साउन २१ । काठमाडौं, सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा...

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

काठमाडौं, साउन २१ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी...

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

पल्सरको २५ वर्ष: नेपाली राइडरका लागि सुनौलो अवसर कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस्

  काठमाडौं : पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी  अभियान सुरु गरेको छ। यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो  समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई पल्सरसँग जोडिएका आफ्ना वास्तविक र प्रेरणादायी अनुभवहरू  साझा गर्न आह्वान गरिएको छ।  यस अभियानले नेपालसहित विश्वभर रहेका पल्सर राइडिङ समुदायको उत्साह, समर्पण र साहसी यात्रालाई सम्मान  गर्दछ। पल्सर नेपाल पनि यस विश्वव्यापी अभियानको हिस्सा बनेको छ, जसले नेपाली राइडरहरूलाई आफ्ना अनुभव  अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तथा पल्सरको साहसी भावना झल्काउने अवसर प्रदान गर्नेछ।  सहभागीहरूले भिडियो, संगीत, एआई (AI) आधारित सामग्री, फोटो वा अन्य कुनै पनि सिर्जनात्मक माध्यम र  जुनसुकै भाषामा आफ्ना पल्सरसँग जोडिएका कथा प्रस्तुत गर्न सक्नेछन्। अभियानको मुख्य आधार भनेको  वास्तविक र मौलिक अनुभव हो। उत्कृष्ट कथाहरूले "25 Years of Daring the World" को भावना  झल्काउनुपर्नेछ। छनोट भएका सामग्रीहरू पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन्,  जसबाट नेपाली राइडरहरूको आवाज पनि विश्वभर पुग्नेछ।  अभियानअन्तर्गत प्रत्येक हप्ता छनोट हुने विजेताले अमेरिकी डलर ५०० बराबरका उपहार प्राप्त गर्नेछन्। साथै,  सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले Pulsar NS400Z जित्ने अवसर पाउनेछन्। अभियान सुरु  भइसकेको छ र २०२६ सेप्टेम्बर ४ सम्म सञ्चालन हुनेछ।  अभियानमा सहभागी हुन राइडरहरूले:  ∙पल्सरसँग जोडिएको आफ्नो अनुभव वा अविस्मरणीय राइडिङ क्षण साझा गर्नुपर्नेछ।   ∙#MyPulsarStory ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।   ∙@mypulsarofficial र @pulsarnepal लाई ट्याग गर्नुपर्नेछ।   ∙२०२६ सेप्टेम्बर ४ भित्र आफ्नो सामग्री पेश गर्नुपर्नेछ।  ...

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

देभको इन्जिनियरिङद्वारा घरको नक्सा डिजाइनमा ३३ प्रतिशत छुटको घोषणा

काठमाडौँ, साउन १९ — देभको इन्जिनियरिङ एण्ड बिल्डर्स प्रा.लि. (Devco Engineering & Builders Pvt. Ltd.) ले घरको नक्सा डिजाइन तथा...

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

क्युकेएस अन्तरविद्यालय फुटसल भोलिदेखि

काठमाडौं साउन २०, काष्ठमण्डप विद्यालयको आयोजनामा दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को...

Page 12 of 750 1 11 12 13 750

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.