१३ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण कोशी, मधेश र बागमती प्रदेशका विभिन्न स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि वर्षा सुरु भएको छ।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार बिहीबारदेखि सुरु भएको वर्षा हाल केही कमजोर भए पनि शुक्रबार राति र शनिबार पुनः भारी वर्षा हुने सम्भावना रहेको छ।
गत २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा मापन गरिएको छ। त्यहाँ ४४ मिलिमिटर वर्षा भएको छ।












