मल्टिमिडिया

टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच ऐतिहासिक सम्झौता: एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम

काठमाडौं, नेपाल – नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दुरी कम गर्ने उद्देश्यका साथ टेकपाइला इनोभेसन प्रा. लि. र...

Read more

“डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६” अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न 

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटीइनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस (BIS) प्रोग्राम २०२६” अन्तर्गत अभिमुखीकरण (Orientation) सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थान (IEDI) को समन्वयमा सञ्चालन गरिएको हो ।  यस कार्यक्रममार्फत ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई इन्क्युबेसन सहयोग प्रदान गर्ने लक्ष्य राखिएको छ मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने हाइब्रिड मोडलको यस पहलअन्तर्गत सहभागी स्टार्टअपहरूले विशेषज्ञसँगको वानटवान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट तथा भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस तयारी सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।  इन्क्युबेसन कार्यक्रममा १२ स्टार्टअप टोलीहरू : हुन्छ डिजिटल, खाजा घर, कृषि कम्पास, लोकल बजार, मन्थन, मेडिक्याब टेक्नोलोजिज प्रा. लि., मेरो सफारी मेरो गुनासो, माइन्ड ब्रिज, सफारी यात्री, सजिलो, उत्सव इभेन्ट्स र भोल्टभी चयन भएका छन् ।  कार्यक्रममा विभिन्न प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सक्रिय विज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए नेशनल इन्नोभेसन सेन्टरका टेक लिड सञ्जय पौडेल, लुनार टेक्नोलोजीका चन्द्र आचार्य र क्षितिज दहाल, किङ्सपायर टेक्नोलोजिजका केशब भण्डारी तथा काफल्सका एक्जिक्युटिभ चेयरम्यान सन्तोष धमलाले स्टार्टअप विकास, बजार विस्तार, लगानी तयारी र व्यवहारिक चुनौतीका विषयमा महत्वपूर्ण धारणा राखेका थिए ।  आयोजकका अनुसार, यस कार्यक्रमले काठमाडौं उपत्यकाभन्दा बाहिर उद्यमशीलता प्रवर्द्धन गर्दै क्षेत्रीय नवप्रवर्तन (Innovation) इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । इन्क्युबेसन पहलले उद्यमीहरूलाई उद्योग–विशेषज्ञसँग प्रत्यक्ष संवाद, व्यवहारिक तालिम तथा नेटवर्किङ अवसर उपलब्ध गराउँदै उनीहरूको व्यवसायिक मोडेल परिष्कृत गर्न सहयोग पुर्‍याउनेछ ।  कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सिड इन्भेस्टमेन्ट सपोर्टका साथै आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स तथा एआई कन्फरेन्सजस्ता राष्ट्रिय प्लेटफर्महरूमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।  आईसीटी फाउन्डेसन नेपालले यसअघि पनि डिजिटल कर्णाली कन्क्लेभ तथा डिजिटल मधेश कन्क्लेभमार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । इटहरीमा सम्पन्न यो अभिमुखीकरण सत्रलाई कोशी प्रदेशमा स्टार्टअप इकोसिस्टम विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कार्यक्रमका एसोसिएटेड पार्टनरहरूमा लुनार सोलुसन र नमुना कलेज, इटहरी रहेका छन् भने सपोर्टिङ पार्टनरहरूमा किन्स्पायर प्रा. लि. र काफल्स रहेका छन् । 

Read more

नेपाल टेलिकमकाे समर अफरः नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु आकर्षक सुविधा

काठमाडौं । नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत...

Read more

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

काठमाडौँ, माघ ६,ग्लोकल प्रा. लि. को एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित 'स्किल विक २०२६' को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो।'स्किल विक २०२६' विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ। यस वर्ष यस हप्तालाई कार्यशाला, सिप-केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा 'इन्फोटेनमेन्ट' हप्ताको रूपमा मनाइयो। जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए। कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए। कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई 'स्किल हिरो अवार्ड' बाट सम्मानित गरिएको थियो।  उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो।  पाँच विधामा 'स्किल हिरो अवार्ड २०२६' प्रदान  आफ्नो क्षेत्रमा अनुकरणीय सीप प्रदर्शन गरी सकारात्मक प्रभाव पार्न सफल पाँच व्यक्तित्वहरूलाई यस वर्षको 'स्किल  हिरो अवार्ड' बाट सम्मानित गरिएको छ। अवार्डका विजेताहरू यस प्रकार छन्:  ∙पर्यटन र आतिथ्य : श्री ऋषभ अग्रवाल मुम्बई र पेरिसको इकोल डुकासबाट पाक कलामा विशेषज्ञता  हासिल गर्नुभएका अग्रवालले काठमाडौँमा 'सिल्क आर्टिसनल क्रिमरी' मार्फत नेपाली स्वाद र अन्तर्राष्ट्रिय  स्तरको आइसक्रिमलाई जोड्नुभएको छ।  ∙कला र संस्कृति : श्री किशोर कायस्थ दुई दशकभन्दा लामो समयदेखि फोटोग्राफीमा सक्रिय कायस्थले  विशेषगरी 'मुस्ताङ नोस्टाल्जिया' मार्फत नेपालको फेरिएको भूगोल र जनजीवनलाई कलात्मक रूपमा कैद  गर्नुभएको छ।  ∙उद्यमशीलता : सुश्री अनुष्का श्रेष्ठ मिस नेपाल २०१९ श्रेष्ठले 'मक्कुसे' नामक लक्जरी डेजर्ट ब्राण्डमार्फत  परम्परागत नेपाली मिठाइलाई (पुस्टकारी) आधुनिक र विश्वव्यापी बजारमा पुर्‍याउन सफल हुनुभएको छ।  ∙विज्ञान र प्रविधि : श्री समीर फुयाँल ग्लोकल टिन हिरो २०१९ का विजेता समीरले 'बाइटकेयर टेक्नोलोजी'  मार्फत 'कारोबार एप' विकास गरी साना व्यवसायीहरूलाई डिजिटल लेखा प्रणालीमा जोड्न महत्त्वपूर्ण  भूमिका खेल्नुभएको छ।  ∙प्रशिक्षुता : सुश्री सोनाम नेम्वाङ डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता (Apprenticeship)  मार्फत व्यावसायिक सफलता हासिल गर्नुभएकी सोनामले युवाहरूका लागि सीपमूलक शिक्षाको महत्त्वलाई  उजागर गर्नुभएको छ।  स्किल फेस्ट र सिइओ अनप्लग  ...

Read more

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

पोखरा । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी)...

Read more

लोकतन्त्र सुदृढीकरणः नागरिक सरोकार, सहभागिता र जावफदेहिता विषयमा महासंघको राष्ट्रिय कार्यशाला गोष्ठी

कात्तिक ,काठमाडौं । पछिल्लो समय लोकतन्त्रमाथि नियन्त्रण बढ्नुका साथै पत्रकारिताको भूमिकामाथिसमेत विभिन्न प्रश्न गठिरहेको बेलमा नेपाल पत्रकार महासंघले पत्रकारिताको विश्वासनीयता...

Read more

एनएफपिजे नेपालको प्रथम कैलाली भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

धनगढी, कैलाली — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल)को प्रथम कैलाली भेला तथा शाखा उद्घाटन सत्र कार्यक्रम धनगढीमा भव्य...

Read more

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै हुने

काठमाडौं । अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण प्रक्रिया पुनः सूचना तथा प्रसारण विभागमार्फत हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले...

Read more

१० प्रमुख शहरमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने सञ्चारमन्त्री खरेलको पहिलो निर्णय

काठमाडौं । ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा निस्शुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएकाे छ । नवनियुक्त...

Read more

नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल’ हुने

काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५...

Read more
Page 1 of 4 1 2 4

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.