काठमाडौँ — नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडिया (Midea) ले विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘This Dashain, Bring Home the Celebration. Beautifully Yours.’ भन्ने सन्देशका साथ ल्याइएको यस योजनाअन्तर्गत उपभोक्ताले माइडियाका घरायसी उपकरणको खरिदमा आकर्षक क्यासब्याक, सुनिश्चित उपहार तथा विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम रु. ३७,७०० सम्मको ग्यारेन्टेड क्यासब्याक पाउनेछन्। साथै, विभिन्न उत्पादनको खरिदमा देहाय बमोजिमका सुनिश्चित उपहारहरू उपलब्ध गराइएको छ:
- साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर: इन्डक्सन कुकटप
- फ्रन्ट लोड वाशिङ मेसिन: ६ केजी सर्फ एक्सेल
- टप लोड वाशिङ मेसिन: ४ केजी सर्फ एक्सेल
- सेमी अटोमेटिक वाशिङ मेसिन: २ केजी सर्फ एक्सेल
- डिसवासर: २ वटा वाशिङ ट्याब्लेट
उपहारका अतिरिक्त, योजनामा सहभागी उपभोक्ताहरूका लागि हरेक महिना लक्की ड्रमार्फत ‘माइडिया साइड बाई साइड रेफ्रिजरेटर’ जित्ने अवसर समेत राखिएको छ। लक्की ड्रमा सहभागी हुन ग्राहकले उपलब्ध QR Code स्क्यान गरी आफ्नो विवरण दर्ता गराउनुपर्नेछ।
त्यस्तै, ग्राहकको सहजताका लागि शून्य प्रतिशत (०%) ब्याजदरमा EMI सुविधा तथा छनोट गरिएका उत्पादनहरूमा १० वर्षसम्मको वारेन्टी सुविधा दिइएको छ। गत भदौ २६ गतेदेखि सुरु भएको यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।
नेपालमा चौधरी ग्रुपअन्तर्गतको CG Electronics ले माइडियाका उत्पादनहरू बिक्री-वितरण गर्दै आएको छ। यी उत्पादनहरू नेपालभरका आधिकारिक डिलर नेटवर्क, २२ वटा CG Digital शोरुम तथा cgdigital.com.np मार्फत सहजै खरिद गर्न सकिनेछ।














