
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आफ्नो प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरेको छ । यो अभियानमा ड्राइभर पार्टनर्सबाट...
Read moreकाठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन् । ‘औद्योगिक वातावरण...
Read moreकाठमाडौँ / एनआईसी एशिया बैंकका ग्राहकहरूले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् । बैंकले...
Read moreकाठमाडौं । अब कर्पोरेट ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट लिन, फण्ड ट्रान्सफर गर्न, ईएमआई तिर्न वा तलब भुक्तानी गर्न फरक–फरक प्लेटफर्ममा जानुपर्ने झन्झट हट्दैछ । नेपाली प्रविधि कम्पनी गोक्यो ल्याब्सले यस्ता सबै सेवा एउटै स्थानबाट गर्न मिल्ने गरी ओपन बैंकिङ अवधारणामा आधारित ‘र्यापिड (RAPID)’ नामक एपीआई बैंकिङ प्लेटफर्म सार्वजनिक गरेको छ। यसअघि कर्पोरेट ग्राहकहरूले यी कार्यका लागि विभिन्न बैंक र सफ्टवेयर प्लेटफर्म प्रयोग गर्नुपर्थ्यो, जसले समय र स्रोत दुबै खर्चिलो थियो । तर अब बैंक तथा वित्तीय संस्थाले आफ्नो प्रणालीमा ‘र्यापिड’ एकीकृत गरेपछि प्रयोगकर्ताले आफ्नै सफ्टवेयर वा ईआरपी प्रणालीबाट एउटै प्लेटफर्म प्रयोग गरेर सबै बैंकिङ कार्य गर्न सक्नेछन् । सुरुआती चरणमा ग्लोबल आईएमई बैंकमा खाता रहेका टिग (Tigg) अकाउन्टिङ सफ्टवेयरका प्रयोगकर्ताले र्यापिडको सुविधा पाउनेछन् । प्रयोगकर्ताले ‘Connect with API Banking’ मा गएर आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन् । र्यापिडले कर्पोरेट बैंकिङ सेवाको प्रवाहमा ठूलो रूपान्तरण ल्याउने गोक्यो ल्याब्सका बिजनेस प्रमुख अशितोष साहले बताए । नयाँ प्रणालीले वित्तीय कामकाजलाई डिजिटल रूपमा एकीकृत गर्दै व्यवसायहरूको समय, लागत र अपरेशनल झन्झट उल्लेखनीय रूपमा घटाउनेछ । ‘सुरूवातमा यो सुविधा ग्लोबल आईएमई बैंकमा लाइभ भएको छअब हामी छिट्टै अन्य प्रमुख बैंकहरू र विभिन्न सफ्टवेयर प्रदायकहरूसँग सहकार्य विस्तार गर्दैछौँ,’ साहले भने। अहिले ग्लाेबल आईएमई बैंकबाट बैंक ब्यालेन्स र बैंक स्टेटमेन्ट सुविधा लाइभ भएकाे छ । बाँकी सुविधाहरू पनि विस्तारै उपलब्ध हुनेछन् । र्यापिडको विस्तारसँगै नेपालको एपीआई बैंकिङ इकोसिस्टमले एकीकृत, सहज र सुरक्षित डिजिटल लेनदेनको नयाँ मानक स्थापित गर्ने अपेक्षा गरिएको साहको भनाइ छ । ग्राहकले सेवा प्रयोग गर्नका लागि बैंकमा गएर एक पटक मात्र मोबाइल बैंकिङ जस्तै फाराम भर्नुपर्नेछ। त्यसपछि सबै कार्य अनलाइनबाटै गर्न सकिनेछ । र्यापिडले ग्राहकको अनुमति (consent) प्रक्रियालाई पनि डिजिटल बनाएको छ, जसले थप सहजता र पारदर्शिता थप्ने छ । सुरक्षाका दृष्टिले र्यापिडमा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेशन र अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसले सबै प्रकारका ट्रान्जेक्सनलाई सुरक्षित बनाउनेछ । यस बाहेक ‘र्यापिड’ले एपीआई बैंकिङ अवधारणालाई सुलभ बनाउँदै साना, मझौला तथा ठूला व्यवसायका लागि समान पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । र्यापिड प्लेटफर्मले बैंकिङ एज ए सर्भिस (BaaS) मोडललाई अघि बढाउने र बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकबीच सहकार्यलाई नयाँ स्तरमा पुर्याउने अपेक्षा गरिएको छ ।
Read moreकाठमाडौं । नेपाल सरकारले लागू गरेको नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ (युरो–६) कार्यान्वयनसँगै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफ्ना सदस्य...
Read moreकाठमाडौं । भारतसँगको सीमामा कडाइ बढेपछि अवैध रूपमा भित्रने अण्डा रोकिएको छ। जसको प्रत्यक्ष प्रभाव नेपालका किसानमाथि सकारात्मक रूपमा देखिएको...
Read moreकाठमाडाैं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति...
Read moreकाठमाडौं ,आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि.गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन् । आज बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो । यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडको सिइओका जिम्मेवारीमा कार्य गरेका रेग्मी मर्जर पश्चात आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा रहि रेग्मी संस्थाको रणनीतिक नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो । फिनटेक, बैंकिङ तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा डेढ दशकभन्दा बढीको अनुभवसहित उहाँले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । बढदै गएको डिजिटल कारोवार र क्यासलेस तर्फ उन्मुख नेपाली अर्थतन्त्रको सवालमा रेग्मीले उल्लेख्य भूमिका निर्वाह गर्ने पनि कम्पनीले जनाएको छ । यस अघि कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनुभएका विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल सकाएर विदा हुनुभएको छ । रेग्मीले PSP संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीचको सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ । रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने उहाँको खुवीलाई आइएमई खल्ती लिमिटेडले रणनीतिक विकासमा प्रयोग गरेर कम्पनीले उल्लेख्य सफलता हाँसिल गर्ने अपेक्षा समेत गरेको छ ।
Read moreकाठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै...
Read more‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.