
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
नेपाली हिप–हप संगीतको नयाँ यात्रामा TVS NTORQ को साथ काठमाडौँ — नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ। यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents को रूपमा प्रस्तुत गरिनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ। कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई प्राथमिकता दिइनेछ। स्थापित र्यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। नेपाली युवापुस्तामाझ लोकप्रियता कमाउँदै आएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित TVS NTORQ ले यस कार्यक्रमको Title Sponsor का रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ पुस्ताको सोचसँग जोडिएको TVS NTORQ को यो सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ‘गल्लीदेखि ग्लोरीसम्म’ (Gully to Glory) भन्ने मूल भावनासहित अघि बढ्ने ‘Hustle by NepHop’ ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्दै नेपाली संगीतको नयाँ सम्भावनालाई उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। ...
Read moreकाठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ ‘गरिमा रोड रेस...
Read moreकाठमाडौँ। नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको पावन अवसरमा CG Electric ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख,...
Read moreकाठमाडौं । बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडको १८ औं वार्षिक साधारण सभा अध्यक्ष पूर्ण लाल श्रेष्ठको सभापतित्वमा शुक्रबार पानीपोखरीस्थित वालनट बिस्ट्रो,...
Read more२१ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा...
Read more२१ कात्तिक, काठमाडौं । सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एक सातादेखि जारी अनशन...
Read moreकाठमाडौँ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट प्रभुराम थापाको अध्यक्षतामा निर्विरोध भए पनि अन्य...
Read moreकाठमाडौँ – उज्यालो र मीठा परिकारहरूको महान् पर्व तिहार नजिकिँदै गर्दा नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्ना अत्याधुनिक माइक्रोवेभ ओभनहरूलाई...
Read more१८ कात्तिक, काठमाडौं । काठमाडौं भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्दैछन्...
Read moreकाठमाडौँ, १८ कात्तिक। बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दसौँ वार्षिक साधारण सभा काठमाडौँको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ। सभाले...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.