१२ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज अनि न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि बिहीबार न्यायिक वृत्त तरंगित भयो।
इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ह्वाट्सएप म्यासेजमार्फत गरेका कुराकानी सार्वजनिक भएका हुन्। गम्भीर एवं संगीन विवरण सार्वजनिक भए पनि न्यायपालिकाले भने त्यसमाथि कुनै संस्थागत प्रतिक्रिया जनाएन।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले इनमसँगको भेटबारे पत्रकारहरूमाझ स्पष्ट पारेका छन् भने प्रधानन्यायाधीशले आफ्नो नाम जोडेर आएको समाचारको खण्डन गरेका छन्।
आज सर्वोच्च अदालतमा इनम प्रकरणमा प्रधानन्यायाधीशसहित अन्य न्यायाधीशहरू जोडिएपछि फुलकोर्ट बैठक आह्वान गरिएको छ।













