नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुऱ्याउँदै आएकी क्रिकेटर मनीषा उपाध्यायलाई ‘लेट रमा देवी मेमोरियल क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गर्ने घोषणा यहि पत्त्रकार सम्मेलन मार्फत गराउन चाहन्छौ।
नेपाली महिला क्रिकेटमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पहिचान बनाइरहेकी राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायलाई सम्मान गर्ने अवसर पाउनु हाम्रा लागि निकै खुसी र गर्वको क्षण हो। लेट रमा देवी मेमोरियल क्रिकेट कपको तर्फबाट मनीषालाई ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्ने निर्णय हामीले उनको उत्कृष्ट प्रदर्शन र नेपाली क्रिकेटमा पुऱ्याएको योगदानको कदरस्वरूप गरेका हौं।
मनीषाले नेपाली क्रिकेटका लागि मैदानमा देखाएको मेहनत, समर्पण र निरन्तरता हामी सबैका लागि प्रेरणाको विषय हो। एउटा खेलाडी राष्ट्रिय टोलीसम्म पुग्न र त्यहाँ आफ्नो स्थान बनाउन कति संघर्ष गर्नुपर्छ भन्ने कुरा हामीले नजिकबाट बुझुपर्छ । त्यसैले उनको मेहनतलाई सम्मान गर्नु हाम्रो पनि दायित्व हो भन्ने महसुस भयो।














