Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

Sambridinews by Sambridinews
शनिबार, अशोज १७, २०८३
in विचार
0
मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भाेजराज घिमिरे

कम्युनिस्ट राजनीति, दर्शन र सिद्धान्तमा मार्क्सवादी विचारलाई आमूल परिवर्तनकारीका रूपमा लिइन्छ। परम्परागत मार्क्सवादी सिद्धान्तअनुसार कम्युनिस्टहरूको आधारभूत सिद्धान्त बहुदलीय व्यवस्थासँग समाहित हुन सक्दैन। बीसौँ शताब्दीका सुरुवाती दिनहरूमा भएका ठूला–ठूला क्रान्ति र आन्दोलनले यसको पुष्टि समेत गरेको छ। यस विषयप्रति पुँजीवादी संसदीय दलका नेताहरूले गर्ने विश्लेषणमा दम पनि छ। पुँजीवादी संसदीय व्यवस्थामा विश्वास गर्ने चिन्तकले कम्युनिस्टको वास्तविक चरित्र भनेको श्रमजीवी, सर्वहारा वर्गको अधिनायकत्व हो भन्ने छ।

तर मार्क्सवादी दर्शनले समाजमा व्याप्त रहेको अन्धविश्वास, रूढीवादी परम्परा र सामन्ती व्यवस्थामा सत्ता टिकाउन जारी गरेका कतिपय मूल्य–मान्यतालाई जरैदेखि फाल्नुपर्छ भन्ने मान्यता राख्छ। मार्क्सवादी सिद्धान्तमा विज्ञानलाई आफ्नो पहिलो मार्गदर्शन सिद्धान्त भन्छ। यो विचार–सिद्धान्त सिधै श्रमसँग जोडिने हुँदा, यसले मानव समाजको आर्थिक रूपान्तरणका निम्ति उत्पादन एवं औद्योगीकरणमाथि विश्वास राख्छ।

You might also like

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

तर समय–परिस्थितिको गतिसँगै विश्व कम्युनिस्ट आन्दोलनमा पनि नयाँ किसिमका धारहरू देखा परे। विशेषगरी दोस्रो विश्वयुद्धपछि युरोपका केही कम्युनिस्ट पार्टीहरूले सोभियत संघको स्थापित समाजवादी मोडलभन्दा भिन्न शैलीको परिमार्जित राजनीतिलाई प्रयोग गर्न चाहेका थिए। बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीति, मूल्य–मान्यता र नागरिक स्वतन्त्रतासहितको परिधिलाई स्वीकार्दै समाजवादतर्फ अघि बढ्न सकिन्छ भन्ने धार क्रमशः विकसित भयो। यही परिमार्जित कम्युनिस्ट धारलाई सन् १९७० को दशकमा फ्रान्स, स्पेन र इटालीका कम्युनिस्ट पार्टीसँग जोडेर युरो कम्युनिज्मका नामले चिनियो।

यस वैचारिक धारको नेतृत्व फ्रान्स, स्पेन र इटालीका तत्कालीन कम्युनिस्ट नेताहरूले गरेका थिए। उनीहरूले सोभियत संघको प्रत्यक्ष वैचारिक हस्तक्षेप, नियन्त्रण र त्यसको दबाबबाट मुक्त हुन, मुलुकको भू–राजनीतिअनुरूप संसदीय व्यवस्थाभित्रै समाजवादको स्थापना गर्न सकिन्छ भन्ने नयाँ विचार ल्याए। युरो कम्युनिस्ट धारले समाजवाद, लोकतन्त्र, बहुदलीयता र नागरिक स्वतन्त्रताबीच सम्बन्ध स्थापित गर्ने प्रयास गरेको थियो।

यद्यपि ऐतिहासिक रूपमा यो विचार र सिद्धान्त दीर्घकालीन रूपमा एउटै संगठित राजनीतिक धारका रूपमा कायम रहन सकेन। सन् १९७० र १९८० को दशकमा यस धारभित्रै विभिन्न राजनीतिक र रणनीतिक मतभेदहरू देखिए। सोभियत संघसँगको सम्बन्ध, आन्तरिक राजनीतिक परिस्थिति तथा सम्बन्धित मुलुकका आफ्नै राजनीतिक रणनीतिका कारण युरो कम्युनिस्ट परियोजना क्रमशः कमजोर हुँदै गयो। पछि शीतयुद्धको अन्त्य र सन् १९९१ मा सोभियत संघको विघटनपछि यसको प्रभाव अझ कमजोर भयो।

युरोपेली मुलुकभन्दा बाहिर पनि बहुदलीय संसदीय व्यवस्थाबाट समाजवादमा पुग्न सकिन्छ भन्ने प्रयासहरू भए। यसको ज्वलन्त र दुःखद उदाहरण सन् १९७० को दशकमा दक्षिण अमेरिकी मुलुक चिलीमा देखियो। त्यहाँका लोकप्रिय समाजवादी नेता साल्भाडोर एलेन्दे सन् १९७० मा बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाबाट राष्ट्रपतिमा निर्वाचित भए। उनले लोकतान्त्रिक विधि–विधानबाटै समाजवादका नीतिहरू लागू गर्ने ऐतिहासिक प्रयास गरे। एलेन्देको शान्तिपूर्ण र संसदीय व्यवस्थाबाट पनि समाजवादमा पुग्न सकिन्छ भन्ने मान्यतालाई विश्वभरिका कम्युनिस्ट–मार्क्सवादीहरूले निकै उत्साहजनक रूपमा हेरेका थिए।

तर लोकतान्त्रिक विधिबाट सुरु भएको उनको राजनीति यात्राका क्रममा चिलीभित्र गम्भीर राजनीतिक ध्रुवीकरण र आर्थिक–सामाजिक संकट बढ्दै गयो। यसैबीच अमेरिकी प्रशासनले एलेन्दे सरकारको विरोधमा रहेका राजनीतिक दल, सञ्चारमाध्यम र अन्य पक्षलाई गोप्य आर्थिक सहयोग गरेको अमेरिकी सरकारी अभिलेखबाट देखिन्छ। यद्यपि त्यही अमेरिकी अभिलेखमा ११ सेप्टेम्बर १९७३ को सैन्य कूको प्रत्यक्ष घटनामा CIA को प्रत्यक्ष भूमिका नरहेको दाबी गरिएको छ।

फलतः सन् १९७३ सेप्टेम्बर ११ का दिन सैन्य जनरल अगस्तो पिनोचे नेतृत्वको फौजले सैन्य कू गर्‍यो। उक्त रक्तपातपूर्ण कूका क्रममा राष्ट्रपति निवासमै एलेन्देको दुःखद निधन भयो। त्यसपछि चिलीमा सैन्य शासन सुरु भयो। चिलीको यो त्रासदीले बहुदलीय लोकतान्त्रिक बाटोबाट समाजवादी रूपान्तरणको सम्भावना र त्यसका चुनौतीबारे विश्व कम्युनिस्ट तथा समाजवादी वृत्तमा गम्भीर बहस सिर्जना गर्‍यो।

चिलीको यो त्रासदी र युरो कम्युनिस्ट धारको संकटका बीच नेपाली कम्युनिस्ट आन्दोलनमा पनि अलिक फरक मार्गचित्र प्रस्तुत भयो। विशेषगरी मदनकुमार भण्डारीले नेपाली परिस्थितिअनुसार कम्युनिस्ट आन्दोलनको बाटोबारे नयाँ वैचारिक अवधारणा अघि सारे। नेकपा (माले) को २०४६ सालको चौथो महाधिवेशनबाट बहुदलीय शासन प्रणालीको अवधारणा अघि बढाइएको थियो। त्यसलाई थप विकसित गर्दै मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जवज) प्रस्तुत गरे।

त्यसपछि नेकपा (एमाले) को २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौंमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनले मदन भण्डारीद्वारा अघि सारिएको जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको कार्यक्रमका रूपमा अंगीकार गर्‍यो। यही महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गरेको थियो।

यसरी जनताको बहुदलीय जनवादले परम्परागत एकदलीय कम्युनिस्ट संकीर्ण घेराभन्दा फरक रूपमा नेकपा (एमाले) लाई बहुदलीय राजनीतिक प्रतिस्पर्धा, आवधिक निर्वाचन र कानुनी शासनको प्रक्रियामा अघि बढायो। त्यसपछि नेकपा (एमाले) ले संसदकै माध्यमबाट सत्तामा पुग्ने सफलता प्राप्त गर्‍यो। यसलाई नेपाली कम्युनिस्ट आन्दोलनभित्रको एउटा मौलिक राजनीतिक प्रयोगका रूपमा प्रस्तुत गरिँदै आएको छ। नेकपा (एमाले) कै दस्तावेजअनुसार पनि जबजलाई पाँचौँ महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रम र त्यसपछि क्रमशः नेतृत्वकारी विचार तथा मार्गदर्शक सिद्धान्तका रूपमा विकसित गरिएको थियो।

एकातिर परम्परागत मार्क्सवादीहरू बहुदलीय संसदीय व्यवस्थालाई पुँजीपति वर्गको क्लब ठान्छन् भने अर्कोतिर शान्तिपूर्ण मार्गबाट समाजवादमा पुग्न सकिन्छ भन्ने दक्षिण अमेरिकी मुलुक चिलीका साल्भाडोर एलेन्देको घटनाले बारम्बार घचघच्याइरहेको पनि छ। तर नेपालको मौलिक प्रयोगले श्रम, विज्ञान र औद्योगिक विकासको जगमा उभिने कम्युनिस्ट आन्दोलन कसरी लोकतान्त्रिक प्रणालीभित्र आफ्नो क्रान्तिकारी विचार–सिद्धान्त जोगाइराख्न सक्छ भन्ने प्रश्नलाई नयाँ ढंगले अघि सारेको छ।

बदलिँदो विश्व परिवेशमा बहुदलीय लोकतान्त्रिक प्रणाली र वामपन्थी वैचारिकताको यो सन्तुलन नै समकालीन राजनीतिका सबैभन्दा महत्त्वपूर्ण आयाममध्ये एक बनेको छ।

Related

Previous Post

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

Sambridinews

Sambridinews

Related Posts

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ३, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

सोमवार, माघ १९, २०८२
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न

शनिबार, कार्तिक १, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

शनिबार, अशोज १७, २०८३
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In