Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

Sambridinews by Sambridinews
शनिबार, अशोज १७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। Global IME Bank (ग्लोबल आईएमई बैंक) को वार्षिक साधारणसभा नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

लाभांशअन्तर्गत ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। स्वीकृत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ।

You might also like

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

सभामा सञ्चालक समितिका तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित भएको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतको वृद्धि हो। यस अवधिमा बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सेयरधनीहरूको अटुट विश्वासप्रति आभार व्यक्त गर्नुभयो। ग्राहक, सेयरधनी, नियामक निकाय तथा शुभेच्छुकहरूको साथले बैंकले गौरवमय दुई दशकको यात्रा पूरा गरेको बताउँदै उहाँले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गरी बैंकलाई थप सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, ग्राहकलाई अत्याधुनिक सेवा दिन डिजिटल बैंकिङ प्रणालीमा लगानी बढाउने जानकारीसमेत दिनुभयो।

साधारणसभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।

देशका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकका हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्। बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारत लगायतका देशबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।

बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ लगायत युरोमनी अवार्ड फर एक्सिलेन्स (२०२२, २०२४, २०२५) र बेस्ट बैंक ईएसजी नेपाल २०२४ जस्ता अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ।

यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तथा कर्मचारीहरूको एक दिनको तलबसहित भोटेकोशी र त्रिशूली नदीको बाढी प्रभावितहरूका लागि ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ।

Related

Previous Post

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

Sambridinews

Sambridinews

Related Posts

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३
‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

by Sambridinews
शुक्रबार, अशोज १६, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पत्रकारलाई केपी ओलीको जवाफ ; ‘टोपबहादुरलाइ तपाइ खोज्नुस न ‘

प्रधानमन्त्री खड्गप्रसाद ओली चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

सोमवार, मंसिर १७, २०८१
टियु बिबिए कप क्रिकेट असार १२ देखि हुने

टियु बिबिए कप क्रिकेट असार १२ देखि हुने

शनिबार, असार ८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो
FEATURED

ग्लोबल आईएमई बैंकको २०औँ वार्षिक साधारणसभा सम्पन्न: १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३९ अर्ब ६८ करोड नाघ्यो

शनिबार, अशोज १७, २०८३
पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

पूर्वाधार विकासका लागि कानूनी सुधार र स्पष्ट नीति आवश्यक : च्याम्बर अध्यक्ष अग्रवाल

शुक्रबार, अशोज १६, २०८३
एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु
FEATURED

एन आई सी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी सेवा सुरु

शुक्रबार, अशोज १६, २०८३
कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा
FEATURED

कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा सम्पन्न, ८.५ प्रतिशत बोनस सेयर र १:१ हकप्रद सेयर घोषणा

शुक्रबार, अशोज १६, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ सुरु

शुक्रबार, अशोज १६, २०८३
‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
FEATURED

‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्यान्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक

शुक्रबार, अशोज १६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In