काठमाडौँ, असार १६ । कृषि संकटबाट कृषि सार्वभौमिकतातर्फ नेपाललाई रूपान्तरण गर्न प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), किसानको खेत र बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिइएको छ। फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपाल (F2F Nepal) द्वारा आयोजित ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष २०२६ र कृषि सार्वभौमिकता’ विषयक राष्ट्रिय संवाद कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. देवेन्द्र गौचनज्यू,आतिथ्यतामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ।
कीनोट स्पिकर (Key note Speaker)
- डा. सुधा सापकोटा — उपाध्यक्ष, नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटी
(विषय: अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६)
- डा. मधुसूदन भट्टराईज्यू, निर्देशक नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटी
(विषय: आर्थिक वर्ष २०८३/०८४ को कृषि बजेट विश्लेषण)
- सुश्री सुनीता न्हेमाफुकी — अध्यक्ष, महिला उद्यमी विकास समिति, नेपाल उद्योग वाणिज्य महासङ्घ
(विषय: AgFinTech र किसान क्रेडिट कार्ड)
- श्री शिवानन्दन शाह — अध्यक्ष, फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपाल
(विषय: साना किसानका लागि कार्बन क्रेडिट)
कीनोट स्पिकर युवराज सिटौलाले “a² + b² = (a + b)² − 2ab :
From Agriculture Crisis to Agriculture Sovereignty”
शीर्षकको अवधारणात्मक कार्यपत्र प्रस्तुत गर्दै कृषि रूपान्तरणका लागि नयाँ सोच अघि सारे।
- पहिलो a = कृषि (Agriculture)
- दोस्रो a = आधुनिक प्रविधि/आर्टिफिसियल इन्टेलिजेन्स (AI) :अर्थात्, मौसम थाहा पाउने, माटो जाँच्ने र रोग पत्ता लगाउने आधुनिक प्रविधि।
- पहिलो b = बारी वा खेत (Bari/Khet)
- दोस्रो b = बजार (Bazar) – जहाँ हामीले उपज उचित मूल्यमा बेच्न सक्छौँ।
सूत्रको मुख्य जादु: (a + b)²
जब हामी कृषिमा आधुनिक प्रविधि (a) मिसाउँछौँ र आफ्नो बारीलाई सिधै बजारसँग (b) जोड्छौँ, तब चमत्कार हुन्छ!
(a + b)² को मतलव हो: उत्पादन र नाफा दुवैमा दोब्बर (Double) वृद्धि!
Technologies :[ -2ab को मतलव हो: उत्पादन लागतमा २ गुणा कमी आउने यही नै कृषि संकटबाट कृषि सार्वभौमिकतातर्फको रूपान्तरणको मार्ग हो।”
कार्यक्रममा नेपाल एग्रिकल्चर इकोनोमिक्स सोसाइटीकी उपाध्यक्ष डा. सुधा सापकोटाले अन्तर्राष्ट्रिय महिला कृषक वर्ष २०२६ लाई महिला किसानको आर्थिक सशक्तीकरणसँग जोड्दै कृषि सार्वभौमिकता हासिल गर्न AgFinTech महत्वपूर्ण माध्यम बन्न सक्ने बताइन्।
सोसाइटीका निर्देशक डा. मधुसूदन भट्टराईले आर्थिक वर्ष २०८३/०८४ को कृषि बजेटमा किसान कर्जालाई प्राथमिकता दिइएको उल्लेख गर्दै त्यसको प्रभावकारिता बढाउन AgFinTech आधारित किसानकेन्द्रित वित्तीय प्रणाली समावेश गरी बजेटको अधिकतम उपयोग (Budget Optimisation) गर्नुपर्ने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत महिला उद्यमी विकास समितिकी अध्यक्ष सुश्री सुनीता न्हेमाफुकीले AgFinTech र किसान क्रेडिट कार्डको विस्तारमार्फत एक लाखभन्दा बढी किसानसम्म सहज कृषि वित्तीय पहुँच पुर्याउने लक्ष्य हासिल गर्न सकिने बताइन्।
फर्टिलाइजर्स टु फार्मर्स इन्स्टिच्युट नेपालका अध्यक्ष श्री शिवानन्दन शाहले साना किसानलाई कार्बन क्रेडिट प्रणालीसँग जोडेर थप आम्दानी सिर्जना गर्न सके कृषि सार्वभौमिकता, जलवायु अनुकूल कृषि र दिगो ग्रामीण अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले कृषि वित्त, प्रविधि, बजार र जलवायुमैत्री लगानीलाई एकीकृत गर्ने AgFinTech मोडल नेपालको कृषि रूपान्तरणका लागि नयाँ नीतिगत बहसको आधार बन्न सक्ने निष्कर्ष व्यक्त गरेका थिए।गानीलाई एकीकृत गर्ने AgFinTech मोडल नेपालको कृषि रूपान्तरणका लागि कोसेढुङ्गा साबित हुन सक्ने निष्कर्ष कार्यक्रमले निकालेको छ। सहभागीहरूले यस मोडललाई आगामी दिनमा देशको मुख्य कृषि नीतिको बहसको आधार बनाइनुपर्नेमा सामूहिक प्रतिबद्धता जनाएका छन्।















