Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

Sambridinews by Sambridinews
शनिबार, कार्तिक १, २०८३
in FEATURED, TOP STORIES, विचार
0
दसैं तिहारका बेलामा सार्वजनिक यातायात
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

शरद ऋतुको आगमनसंगै नेपालीहरुको महान् चाड बडादसैं हाम्रो घरआगनमा छाइसकेको छ । बडादसैं लगत्तै तिहार र छठपर्व आउने गर्दछन । विभिन्न पेशा व्यवसायको शिलशिलामा घरदेखि टाढा पुगेका नेपालीहरु चाडपर्वमा घर फर्किने गर्दछन । चाडबाडमा परिवारका सदस्य जम्मा भई मिठो मसिनो खाने, घुमघाम गर्ने र रमाइलो गर्ने परम्परा रहदै आएको छ । मान्यजनबाट आशिर्बाद लिने, परिवारबिच सुखदुःख साटासाट गर्नुका साथै घरघरायी काममा जुट्ने पनि गरिन्छ ।

वर्षौदेखि विछोडिएका आफन्तहरुलाई यीनै चाडबाडले पुनरमिलनको अवसर दिने गर्दछ । विदेशमा रहेको नेपालीहरु समेत चाडबाडमा लामो बिदा मिलाएर स्वदेश फर्किने गर्दछन । सरकारी तथा निजी कार्यालय, शैक्षिक संस्था पनि दसैं तिहारमा धेरै दिन बिदा हुँदा आफन्त भेटघाट तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुका साथै देश विदेश भ्रमण गर्ने संस्कृति पनि नेपालीबिच विकास हुदै गएको छ ।

You might also like

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

सिमित नेपालीको मात्रै निजी सवारी साधनमा पहुँच भएका कारण देशको ठुलो जनसंख्या दैनिक गतिविधिका लागि सार्वजनिक यातायातको प्रयोग गर्दछन् । छोटो तथा लामो यात्राका लागि सार्वजनिक यातायातको विकल्प पनि छैन । जुन अत्यन्तै अव्यवस्थित र बेथितिको जालोले बेरिएको छ ।
सार्वजनिक यातायातको कस्टपूर्ण यात्रा सहेरै पनि दसैं तिहारमा काठमाडौं लगायतका शहरबाट लाखौं मानिस आफ्नो स्थायी बसोबास रहेको स्थानसम्म पुग्ने गर्दछन्।

सार्वजनिका यातायातको बेथिति

सधै अव्यवस्थित नेपालको सार्वजनिक यातायात चाडबाडका बेलामा सर्वसाधारण ठुलो सास्ती खेप्ने गरेका छन । चाडपर्वका बेलामा यो सेवा झनै भद्रगोल हुने गर्दछ। आरक्षीत सिटमा लक्षित समुदायलाई पहुँच नदिने, चालक तथा सहचालकको रुखो व्यवहार यस क्षेत्रका लागि सामान्य जस्तै भइसक्यो।

फोहोर सिट तथा पुराना सवारी साधन, कन्डक्टरले मागे अनुसारको भाडा नदिए बसबाट ओहल्न तथा आक्रमणसम्म गर्ने प्रवृत्ति आजपनि यथावत छ । साँघुरो गुमउरो बाटोमा पनि प्रतिस्पर्धा गर्ने र तिब्र गतिमा सवारी चलाउनु चालकको अधिकार ठानिन्छ।

चाडपर्वलाई मौका ठान्दै आराक्षित वर्गलाई समेत सहुलियत नदिने, अरु बेलामा तिर्दै आएको भन्दा दोब्बरसम्म भाडा अशुल्ने गरिन्छ । हरेक वर्ष चाडवाडका बेलामा सार्वजनिक यातायातको सेवा सर्वासाधाराणका लागि असुरक्षित र महंगो हुने गर्दछ।
सडक यात्रा मात्र हैन हवाई यात्रा समेत यो बेलामा महंगो हुने गर्दछ। नियामक निकायले अनुगमन तथा कारबाहीमा गम्भीर नबन्दा नेपालको सार्वजनिक यातायात सुधार हुनुको सट्टा झन गएगुज्रदै गएको छ।

चाडबाडमा व्यवसायीले सवारी साधनको कृतिम अभाव सृजना गरी रिजर्भको चलानी बनाए बिना टिकट दोब्बरसम्म भाडा लिने गर्दछन् । यात्रुलाई गन्तव्यसम्म पुग्नैपर्ने बाध्यता, सवारी सहजीकरणमा खटिने निकायको उदासिनता तथा यात्रुका गुनोसो सुन्ने व्यवस्था नहुदा पनि यात्रु व्यवसायीबाट ठगिने गर्दछन्।

मापसे गरेको सजिलै थाहा पाउने कारण लागुपदार्थ सेवान गरी सार्वजनिक यतायात चलाउने गरेको बेला बखत हुने परिक्षणका क्रममा भेटिने गरेको छ। विद्युतीय सवारीको अनुभव नभएका चालक र उनिहरुको लापरवाहीले पछिल्लो समय विद्युतीय सवारी दुर्घटना बढ्दो क्रममा रहेको छ। माइक्रोबस तथा अन्य सवारीमा कोचाकोच यात्रु राख्दा महिला तथा बालिकाहरुमाथि यौन हिंसाको र पाकेटमारको जोखिम उत्तिकै छ ।

काठमाडौं सहितका शहरी क्षेत्रमा विस्तार हुदै गएको राइड सेयरिङ सेवा समेत बेलाबेलामा आलोचित हुने गर्दछ। विभिन्न वहानामा चाडबाडका बेलामा एप नचल्ने बनाउने , कम्पनिले तोकेको शुल्कमा सेवा बञ्चित गरी अफलाइन मार्फत चर्को शुल्क तिर्न बाध्य पार्ने जस्तो हर्कत हुने गरेका छन्। अघिपछि पनि कार्यालय समय तथा रातको बेलामा यस्ता समस्या देखिने गरेको छ।

सुरक्षि र भरपर्दो यातायात सेवा

सरकारले असोज २३ गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । यस्तै दसैं तिहरमा सरकारले यात्रुको चापलाई मध्यनजर गर्दै सहजताका लागि रुट परमिट समेत खुला गर्ने गरेको छ । ट्राफिक प्रहरीले दसैंतिहारका बेलामा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि यात्रु सहायता डेस्क पनि सञ्चालन गर्दै आएको छ ।
अग्रिम टिकट बुकिङ र यात्रु सहायता डेस्कले यात्रुलाई केही हदसम्म यात्राका लागि सहज भएपनि यातायात सेवा पूर्णरुपमा सुरक्षित र तारिफयोग्य छैन । दसैंको टिकाको दिन र त्यसको भोलीपल्ट काठमाडौं सहितका धेरै स्थानमा सार्वजनिक यातायातको अभाव हुने गर्दछ ।

काठमाडौंबाट बाहिर जाने बल्खु सातदोबाटो र कोटेश्वरमा रहेको माइक्रो तथा इभिका काउन्टरमा सयौं यात्रु चर्को शुल्क तिरेर यात्रा गर्न बाध्य पारिन्छ । त्यहा न यात्रु सहायता कक्षा देखिन्छ, न त अग्रिम टिकट बुकिङले काम गर्छ । व्यवसायीहरु रिजर्भ चलानी बनाएर दोब्बर शुल्क उठाइ यात्रु ठगिरहेका हुन्छन । नियामक निकायको ध्यान दसैं तिहरको टिकाको दिनसम्म मात्रै हैन उनिहरु फर्किदा पनि उत्तिकै हुनुपर्छ । यात्रुले भोगका समस्याको तत्काल समाधान र कारबाही गरिनुपर्छ ।

नियमित अनुगमन र सुधारले मात्रै सेवाग्रहीलाई सार्वजनिक यातायातको सेवाप्रति भरोसा दिलाउछ, उजुरी गर्न प्रोत्साहन गर्दछ । यात्रु ठगिने अवस्था आए उजुरी गर्ने व्यवस्था र तत्कार कारबाही गर्ने संयन्त्र निर्माण गर्न जरुरी छ । सडकको अवस्था र मौसम सम्बन्धि सुचनाले यात्रुलाई यात्राका क्रममा सहजता थप्छ ।

चाडवाडका बेला सार्वजनिक यातायात सेवा सहजीकरण गर्न ट्राफिक प्रहरी, सम्बन्धित निकाय र यातायात व्यवसायीहरुले यात्रुसंग प्रत्येक्ष भेट गरी सेवाप्रतिको अनुभव र गुनासो सुन्ने व्यवस्था गर्नुपर्छ । यात्रुले टिक पाए नपाएको, धेरै भाडा लिएको भए त्यस्ता समस्य तत्काल सम्बोधन गरिनुपर्छ ।

सर्वसाधारणले हेर्न सक्नेगरी आधिकारीक वेवसाइट तथा यपमा सवारी रुटको म्याप सहितको भाडादर राख्ने सके धेरै हदसम्म यस क्षेत्रको ठगी कम हुनसक्छ । सवारी साधनको नियमित प्राविधिक परिक्षण र सरसफाइलाई कडाइ गरिनुपर्छ । यात्रुमैत्री व्यवहार तथा आचरण कडाइ गरी राजमार्गका होटलको गुणस्तरहीन खाना र त्यससंग जोडिएको कमिशनको सम्बन्ध तोड्नुपर्छ ।

डिजिटल भुक्क्तानीलाई प्रोत्साहन गर्नुका साथै यातायात मजदुरको पेशा व्यवसायलाई सम्मानित एवं जिम्मेवार बनाउनुपर्छ । उनिहरुको पेशागत सुरक्षाको ग्यारेन्टि गर्नुका साथै उनिहरुलाई पेशामा टिकाइराख्न पनि आवश्यक छ । अनुभवी चालक तथा सहचालकलाई प्रोत्साहन गर्नुका साथै ऐन कानुन बनाएर यात्रु तथा यातायात मजदुरको अधिकार सुनिश्चित गर्नुपर्छ ।

Related

Previous Post

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

by Sambridinews
शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुगौली सन्धि र १९५० को सन्धि के हो ?

सुगौली सन्धि र १९५० को सन्धि के हो ?

शनिबार, असार ९, २०८०
पाटनमा सुरू भयो प्रदेशस्तरीय श्रमाधान मेला

पाटनमा सुरू भयो प्रदेशस्तरीय श्रमाधान मेला

मङ्लबार, जेष्ठ २९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दसैं तिहारका बेलामा सार्वजनिक यातायात
FEATURED

दसैं तिहारका बेलामा सार्वजनिक यातायात

शनिबार, कार्तिक १, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

३० एमबीपीएस इन्टरनेट प्याकेजबारे फैलिएको भ्रमप्रति नेपाल टेलिकमको आपत्ति

शनिबार, कार्तिक १, २०८३
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि
FEATURED

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारणसभा सम्पन्न: खुद मुनाफामा ५१.७८ प्रतिशतले वृद्धि

शनिबार, कार्तिक १, २०८३
टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In