Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार

Sambridinews by Sambridinews
बुधबार, मंसिर ११, २०८२
in विचार
0
आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

नेपाली कांग्रेस आजको दिनमा एउटा पुरानो विरासत बोकेको विशाल संगठन मात्रै होइन गम्भीर रोगले ग्रस्त भई आईसीयूमा पुगेको राजनीतिक संरचना सरह बनिसकेको छ । लोकतन्त्र स्थापनादेखि संविधान निर्माणसम्मको यात्रामा निर्णायक भूमिका खेलेको यो दल अहिले आन्तरिक अराजकता, नेतृत्वहीनता, गुटगत प्रतिस्पर्धा, वैचारिक अस्पष्टता र संगठनात्मक जर्जर अवस्थाको कारण जनविश्वास तीव्र गतिमा गुमाउँदैछ । यस्तो परिस्थितिमा सामान्य औषधोपचारले कांग्रेस निको हुँदैन । यसको उपचार कन्झर्भेटिभ होइन,जटिल शल्यक्रिया हो,र त्यो पनि उर्जावान, क्षमतावान र दूरदर्शी राजनीतिक सर्जनबाट मात्र सम्भव छ।

विशेष महाधिवेशन अहिले कांग्रेसका लागि विकल्प होइन, बाध्यता बनिसकेको छ। लामो समयदेखि अवरुद्ध भई बसेको संगठनात्मक रक्तसंचार पुनःचालु गर्न, बिथोलिएको आन्तरिक अनुशासनलाई पुनर्जीवन दिन र नेतृत्व संरचनामा आवश्यक टिश्यु रिप्लेसमेन्ट गर्न बिशेष महाधिवेशन नै एकमात्र प्रभावकारी उपकरण हो। किनकि आजको संकट व्यक्ति व्यक्तिको स्वार्थगत द्वन्द्व मात्र होइन । यो संरचनागत रोग हो, जसले पार्टीलाई क्रमशः कोमाको दिशातर्फ धकेलिरहेको छ ।

You might also like

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

नेपाली कांग्रेसमा नयाँ पुस्ताको सक्रियता सतहमा देखिए पनि पुरानो सोचको बर्चस्व अझै बलियो छ। पद र लाभमा आधारित संस्कृतिले पार्टीलाई सिद्धान्तहीन बनाउँदैछ । यथास्थिति र परिवर्तनकारी युवा नेतृत्वको बहस सजिलो देखिए पनि, वास्तविकतामा यो केवल पुस्तान्तरण होइन, संस्कृतिगत रूपान्तरण आवश्यक छ ।

विशेष महाधिवेशनले यही बिन्दु काटछाँट गर्नुपर्छ । रोगग्रस्त सेलको पहिचान गरी हटाउँदै स्वस्थ नेतृत्व संरचना स्थापना गर्नु जरूरी छ । पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाहरू निष्क्रिय छन । विधि र पारदर्शिताको सट्टा गोप्य सिफारिस, भागबण्डा र आन्तरिक तानातान चलेको छ। यही कारण कांग्रेसप्रति मुलुकभर निराशा बढेको छ। तर यो निराशा अवसरमा बदल्न सकिन्छ, यदि बिशेष महाधिवेशनले पार्टीलाई ‘रिफ्रेश मोड’मा लैजान सके। अनुहार मात्र होइन, पद्धति फेरबदल हो,प्रभावशाली, निडर, तथ्यमा आधारित र भविष्यमुखी नेतृत्वलाई संस्थागत बनाउने यही बिशेष महाधिवेशनको अवसर हो।

जटिल शल्यक्रियाका तीन प्रमुख चरणहरू आज कांग्रेसमा अत्यावश्यकीय देखिन्छन्। पहिलो, विचारको स्पष्टता,कांग्रेस कतातिर जाँदैछ? उदार,लोकतान्त्रिक? समाजवादी? अस्पष्टता अहिलेको सबैभन्दा ठूलो राजनीतिक रोग बनेको छ। दोस्रो, संगठनको पुनःनिर्माण,वडा, प्रदेश, क्षेत्रीय संरचनाबाट केन्द्रसम्म विश्वसनीय, सक्रिय र परिणाममुखी नेतृत्व चयन। तेस्रो, पार्टीभित्रको उत्तरदायित्व व्यवस्था,कसले के काम ग¥यो, किन ग¥यो, नतिजा के आयो? भन्ने मूल्यांकन प्रणाली लागू गर्नु।

यदि यी तीन पक्षमा निर्णायक निर्णय भएन भने कांग्रेस केवल बाहिरी रूपमा ‘अस्पतालबाट डिस्चार्ज त होला, तर वास्तविक उपचार भने पूरा हुँदैन। विशेष महाधिवेशनले त्यसैले गहन र दीर्घकालीन समाधानमा केन्द्रित हुनुपर्छ। उर्जाहीन नेतृत्वले अब संकट टार्न सक्दैन। पार्टीलाई उग्र शब्द होइन, दृष्टि, साहस र नवीन कार्यशैली चाहिएको छ।

आईसीयूमा रहेको कांग्रेसलाई जटिल शल्यक्रिया मार्फत नयाँ जीवन दिन सक्नेहरुले नै पार्टीको भविष्य निर्माण गर्नेछन्। कांग्रेस पुनर्जीवित हुन्छ कि कोमामा जान्Þछ बिशेष महाधिवेशनले गर्ने निर्णयमा निर्भर छ। यदि सही सर्जन, सही प्रक्रिया र सही मनोवृत्ति रह्यो भने काँग्रेस फेरि पनि नेपाली राजनीतिमा राष्ट्रिय आशाका रूपमा फर्किन सक्छ। नभए, इतिहासका पानामा एउटा ठूलो दलको पतन अध्याय मात्रै थपिनेछ।

Related

Previous Post

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै

Next Post

सरकारी सवारी साधन दुरुपयोगपछि सतर्कता केन्द्रको सतर्कता

Sambridinews

Sambridinews

Related Posts

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
जंगबहादुरले जोडेको मुलुक
विचार

जंगबहादुरले जोडेको मुलुक

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन
विचार

नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक

सरकारी सवारी साधन दुरुपयोगपछि सतर्कता केन्द्रको सतर्कता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

आइतवार, असार १, २०८२
अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

बुधबार, अशोज ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

शनिबार, पुस २६, २०८२
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

शनिबार, पुस २६, २०८२
पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन
TOP STORIES

पूर्वसांसद तथा कांग्रेस नेता दाहालको निधन

शनिबार, पुस २६, २०८२
TOP STORIES

जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, पुस २५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In