Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाही तथा भावी योजनासम्बन्धमा छलफल

Sambridinews by Sambridinews
शुक्रबार, अशोज २६, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक


२६ असोज , राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरु र प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति बिच आज राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाही तथा भावी योजना सम्बन्धमा संघीय संसदको मानव अधिकार समितिमा छलफल भएको छ ।
छलफलको क्रममा आयोगका माननीय अध्यक्ष तपबहादुर मगरले मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोग निरन्तर क्रियाशील रहेको बताउँदै उजुरीउपर छानविन, कारबाही, सिफारिस, तथा विभिन्न विषयमा अनुगमन लगायतका कार्यहरु भइरहेको जानकारी गराउनुभयो । उहाँले पेरिस सिद्धान्तबमोजिम हुने गरी राष्ट्रिय मानव अधिकार आयोग ऐनको निर्माण गरी कर्मचारीको सेवा सुविधा, संस्थागत सुदृढीकरणलगायतका विषय सम्बोधन हुन आवश्यक रहेको बताउनुभयो । संक्रमणकालीन न्यायका साथै, मानव अधिकारका नविनतम आयामहरुलाई केन्द्रबिन्दुमा राखी आयोग अगाडि बढिरहेको भनाई उहाँले राख्नुभयो । आयोगका माननीय सदस्य डा. सूर्य ढुंगेलले आयोगको स्तर निर्धारण र संक्रमणकालीन न्यायको सम्बोधनका विषयमा आफ्ना धारणा राख्नुभयो ।
आयोगका माननीय सदस्य लिली थापाले आयोगमा लैङ्गिक तथा सामाजिक समावेशीकरण नीति तयार गरी लागू, आयोगमा अभिलेखालय केन्द्र स्थापना र मानव अधिकार रक्षकहरुको सुरक्षासम्बन्धी नीति तयार गरिएको बताउनुभयो । कानूनमन्त्री धनराज गुरुङले आयोगको ऐन निर्माणको कार्यलाई सरकारले तदारुकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लीलादेवी गर्तौलाले पेरिससिद्धान्त बमोजिम हुने गरी राष्ट्रिय मानव अधिकार आयोगको ऐन निर्माण प्रक्रिया तथा हालसम्मको प्रगतिबारे जानकारी गराउनुभयो ।
छलफलको अन्त्यमा कानुन, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति विमला सुवेदीले आयोगको ऐन संविधान अनुकुल एवम् अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम निर्माण गर्न प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिनुभयो । माननीय सांसदहरुले आयोगको सिफारिस कार्यान्वयन चिन्ताजनक रहेको, छुवाछूत तथा विभेदका घटनाहरुमा आयोगले छानविन गरेको भए पनि निर्णय हुन नसकेकोमा चासो व्यक्त गर्नुका साथै, आयोगको स्तर ‘ए’ श्रेणी कायम गर्ने विषयमा समिति प्रतिबद्ध रहेको भनाई राख्नुभएको थियो ।
छलफलमा संघीय संसदका माननीय सदस्यहरु सन्तोष परियार, जीवन परियार, सोविता गौतम, रञ्जु ठाकुर, सुुशिला थिङ, चन्द्रबहादुर विष्ट, पूर्णबहादुर घर्ती तथा आयोगका का.मु. सचिव मुरारिप्रसाद खरेल र सहसचिव डा. टीकाराम पोखरेल समेतको सहभागिता रहेको थियो ।

Related

Previous Post

दसैँको अवसर पारेर भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला ‘ग्रान्ड सेल’ सुरु

Next Post

नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

Sambridinews

Sambridinews

Related Posts

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

by Sambridinews
सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
शनिबार, जेष्ठ १६, २०८३
Next Post
नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलको पशुपति क्याम्पसमा

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ३० करोड

आइतवार, बैशाख ९, २०८१
‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

‘बजाज ग्रान्ड कार्निभल’ २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन

मङ्लबार, बैशाख १६, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In