- भोजराज घिमिरे
जनताले आफ्नो सम्मान र अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु स्वाभाविक मानिन्छ । सन १७८९ मा बहुसंख्यक किसान मध्यम वर्ग र गरिवले राजा र सामन्तवाद विरुद्ध एकैपटक विद्रोह गर्नु पक्कै सामान्य थिएन । १० बर्ष चलेको पहिलो फ्रान्सेली क्रान्तिको मुल नारा थियोे ‘समानता स्वतन्त्रता र बन्धुत्व’ । यो क्रान्ति हुनुका मुख्य तीन कारण थिए । आम जनतामा देखिएको राजनीतिक जागरण, आर्थिक संकट र विभेदकारी संरचना । राजनीतिमा प्रगतिशील र दक्षिणपन्थी अवधारणा यहीँ क्रान्तिले जन्माएको थियो ।
राजनीतिक इतिहास सधै वृतकारले घुम्छ । क्रान्ति संविधान अस्थिरता र पुनः सत्ता केन्द्रीकरणको चक्रमा फ्रान्सको राज्यक्रान्ति सुरु भएको थियोे । यो चक्र आज नेपालको राजनीतिमा पनि स्पस्ट रुपमा झल्किदै छ ।
संविधान निर्माणले मात्र स्थायित्व ल्याउछ भन्ने मान्यता असफल भएका घटनाको हामी साक्षी छौ । अहिलेसम्म सातवटा संविधान बनिसके । ६ वटा खारेज र एउटा संविधानसभाबाट निर्माण भएको संविधान धरमरको अवस्थामा छ।
सन १७८९ मा फ्रान्सेली जनताले निरंकुश राजतन्त्रविरुद्ध ठुलो जनविद्रोह गरे । तल्लो वर्गका जनतामाथि थोपरेको भारीमात्रको कर उत्पादनको चार प्रतिशत मध्ये तीन प्रतिशत राजा र चर्चलाई बाँकी एक प्रतिशतले वर्षभरी खान नपुग्दाको भोकमरीले ग्रसित जनताले स्वतन्त्रता समानता र भातृत्वको नारा लगाएका थिए । राजाको निरंकुश तानाशाही शासन जनताप्रति असंवेदनशील र सामन्ती दमनले समाज विस्फाेट भएकाे थियो ।
अशान्त समाजकैबीच फ्रान्समा पहिलो संविधानसभा गठन भयो। यही संविधानसभाले सन १७९१ मा निरंकुश तानाशाही राजालाई सन १६८८ को बेलायती मोडेलको संवैधानिक राजसंस्था र लोकतान्त्रिक मुल्यमान्यतामा चल्ने राजाको कल्पना गरेका थिए । यो संविधानले कार्यपालिका न्यायपालिकाबीच शक्ति सन्तुलन कायम गर्ने प्रयास गर्याे । तर संविधान कार्यान्वयनमा नआउँदै राजनीतिमा अविश्वास देखा पर्न थाले ।
राजा लुइस सोह्रौले संविधानमा हस्ताक्षर गरे पनि उनको भित्री मनसाय राजकीय अधिकार पुनः प्राप्त गर्न सुसुराली मुलुक अष्ट्रियाबाट आफ्ना शुभचिन्तक मार्फत षड्यन्त्र गर्न थाले । त्यसैको परिणामत उनलाई २१ जनवरी सन १७९३ मा जिलेटीन मेशिनमा राखेर दुई टुक्रा पारियो ।
यो घटनाबाट फ्रान्समा राजनीतिक स्थायित्व ल्याउन सकेन । स्मरण रहोस फ्रान्समा राजनीतिक स्थायित्व आउन ८० बर्ष लागेको थियो । सन १८७१ मा ७२ दिन सञ्चालन भएको पेरिस कम्युन असफल भएपछिको बर्षदेखि मात्र राजनीतिले विस्तारै स्थायित्व लिएको थियो । यो हिसाबले नेपालमा २००७ सालदेखिको गणना गर्दा राजनीतिले स्थायित्व लिन अझै ७ बर्ष बाँकी छ ।
यसले नेपालको वर्तमान राजनीति जस्तै त्यस समय फ्रान्समा राजनीतिक अराजकता बढ्दै गयो । राजतन्त्रको पतनपछि फ्रान्स गणतन्त्रतर्फ रुपान्तरण त भयो तर सत्तामा अनेक किसिमका समुह र गुटबन्दी झाङ्गीदै गयो । जेकोविन जिरोन्डिन र थार्मिडोरियन समुहबीच वैचारिक मतभेदको कारण कमजोर बनायो ।
आन्तरिक विद्रोहको कारण राष्ट्रियता कमजोर वाह्य युद्ध र आर्थिक संकटको कारण मुलुक अस्तव्यस्त बनायो । यसबाट क्रान्तिले ल्याएको परिवर्तनप्रति जनताको आशाभरोसा घट्दै गयो । येस्तै किसिमको अराजनीतिको पर्खाईमा बसेका सैनिक जनरल नेपोलियन बोनापार्ट फ्रान्सेली राजनीतिमा नायकको रुपमा उदाए ।
यो अवधिमा इटाली र इजिप्टमा फ्रान्सले हासिल गरेको विजयको जस युवा जनरल नेपोलियन बोनापार्टले लिएका थिए । क्रान्तिको नेतृत्व गरेका नेतासँग वाक्कदिक्क भइसकेका आमफ्रान्सेलीले नेपोलियनलाई राष्ट्रका सच्चा बफादारका रुपमा हेर्न थाले । अक्टोबर सन १७९९ इजिप्टबाट फर्कदा सर्वसाधारण जनताले उनलाई भब्य स्वागत समेत गरे। त्यही बखत उनले सैनिक कु गरि फस्र्ट कन्सुलेट स्थापना गरी गणतन्त्र संरक्षकको नाममा सम्पुर्ण सार्वभौम सत्ता आफैमा केन्द्रित गरे ।
सन १८०४ मा आफुले आफैलाई फ्रान्सको सत्रौं सम्राट घोषणा गरेर संविधानप्रति गर्व गर्ने फ्रान्सेली जनतामा पुनः निरंकुशतातर्फ पर्कनुपरेको थियोे । नेपोलियनको शासनले मुलुकलाई प्रशासनिक सुधार कानुनी एकरुपता र राष्ट्रिय गौरवत दियो । राजनीतिक स्वतन्त्रता जनताको मौलिक हकअधिकार पुनः खुम्चियो । यसले जनताको नाममा राजनीतिक गर्ने राजनीतिक दल र नेताको प्रवृत्तिको कारण इतिहासमा कालो धब्बा लाग्यो।
नेपालले पनि आफ्नै ऐतिहासिक जनआन्दोलन र नेकपा माओवादीको १० बर्षे सशस्त्र जनविद्रोहको रापतापले दोस्रो संविधानसभाको निर्वाचन पछि २०७२ साल असोज ३ गते हामीले बहुप्रतिक्षित संविधान पायौं । विसं २०६५ साल जेठ १५ गते विधिपुर्वक २४० बर्षे निरंकुश सामन्ती राजतन्त्रको अन्त्य र धर्मनिरपेक्षा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको मुद्दा २००७ सालदेखि थाती रहेको संविधानसभाको पहिलो निर्वाचन २०६४ साल चैत्रमा भएको पहिलो संविधानसभाको निर्वाचनबाट पुर्णता पाएको थियोे ।
इतिहासको अर्को पाटो केलाउँदा नेताहरू राजनीतिप्रति इमानदारी नहुँदा संविधानसभाबाट जारी भएको नेपालको संविधान २०७२ यतिबेला धर्मर अवस्थामा छ । यसो हुनुको मुख्य कारण दलका नेताहरू जनउत्तरदायी बन्नुपर्नेमा उल्टै श्रीपेच बिनाका महराज बन्ने लिगलिगे दौडमा लागे ।
दलको विचार सिद्धान्तलाई धुलिसात बनाएर सत्ताको जोडघटाउँमा सिमित हुँदा आक्रोशित हुदाँ भदौ २३ र २४ को घटना हाम्रा सामुह रहेको छ । जेनजीहरुको आन्दोलनले धोनटोपी दुर्हतिहाइ बहुमत भएका एमाले काग्रेस गठबन्धनका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेताहरु ज्यान बचाउन सैनिक हेलिकप्टर चढेर सैनिक ब्यारेक भाग्नु परेको इतिहास लेखिसकियो ।
सत्ताकै लागि राजनीतिक गठबन्धन गरी भाग शान्तिको नाउँमा न्यायलय र प्रशास लगायत राज्यका निकायलाई दलीयकरण गरी जनतालाई पंगु बनाउँदाको परिणाम अराजकता र दण्डहीनताले सिमा नाघेको थियोे। यस्तो अवस्थामा जनताको विश्वास र संविधानको आत्मा दुवै कमजोर भइ कुशासनले हावी हुँदै गएको थियो ।
नेपालमा राजनीतिक अस्थिरताको घटना कुनै नौलो होइन । २००७ सालदेखि २०८२ साल भदौसम्म देखिएको राजनीति घटना क्रममा दलहरूका पनि थुप्रै कमीकमजोरी भेट्टिन्छन। त्यस मध्ये नेपालको भुराजनीति पनि त्यतिकै संवेदनशील छ। उत्तरको कम्युनिस्ट शासित मुलुक चीन र दक्षिणको लोकतान्त्रिक र विस्तारवादी मिचाहा मुलुक भारत त छदैछ । अहिले पश्चिमा मुलुक युरोपेली युनियन र अमेरिकी गुपियाहरुको स्वार्थ नमिल्दा नेपाल जस्तोसुकै राजनीति संकटमा फस्ने देखिन्छ ।
२०१७ सालको काण्ड आउनुमा राजा महेन्द्र मात्रै थिएनन् त्यसमा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु तत्कालीन सोभिय संघका राष्ट्रपति निकिता खुश्चेभले विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको दुईतिहाइको सरकारले इजरायललाई मान्यता दिनु र उसको राजदुतावास नेपालमा स्थापना गर्न दिदा उनले पदबाट अपदस्त हुनु परेको मानिन्छ ।
विभिन्न कालखण्डका घटनाबाट पाठ सिक्न नचाहने हाम्रा तीन टाउके नेताहरू पुष्पकमल खड्गप्रसाद र देउवाहरुकै कारण सिर्जना गरेको समस्या हो।
यस्तै अराजनीतिक गतिविधिकैकारण फ्रान्समा नेपोलियन वोनापार्ट जन्मिएका थिए। जब जनताले आफुलाई असुरक्षित महसुस गर्न थाल्छन् त्यसबेला कोही उद्धारकर्ता बनेर फुत्त झ्यालबाट आयो भनेपनि त्यसैलाई भगवान सम्झन्छन् । अहिले नेपाली राजनीतिमा त्यही भइरहेको छ। न कुनै राजनीतिक संगठन न कुनै विचर, एउटा धार्मिक अतिवादको कुरा गर्ने अराजकतावादीलाई किन प्रश्रय दिने ? वेरोजगार युवालाई भड्काएर आफ्नो ब्याक्तिगत लाभ मात्रै लिएका छन ।
फ्रान्सको पहिलो संविधान असफल हुँदा दोष कागजमा थिएन दोष नेताहरूको मानिसकतामा थियोे । जसले मुलुकलाई शक्तिकेन्द्रको रुपमा हेर्ने गर्दथे । संविधानको संस्थागत विकास र कार्यान्वयनको पक्षमा भन्दा पनि गुटबन्दीमा रमाउथे । आज हामीपनि त्यस्तै मोडमा उभिएका छौ ।
यत्रो राजनीतिक घटना मुलुकमा घटिसक्दा पनि नेताहरुको अझै चेत खुलेको छैन।
विगतमा नेताहरुले संविधानलाई कागजी अधिकारपत्रमा सिमित राख्दा जनताको नागरिक बन्ने अधिकार कुण्ठित भए।
अहिलेको असहज राजनीतिको मौका कुरेर बसेका हिजोका दही मोथेपछि नौनी चोर्न सिपालु राजावादी मण्डले कुण्डले भिजिलान्ते पुर्वदरबारका दास र रैतीहरु नयाँ धोती फेरेर राजनीति स्थायित्वको नाममा नेपाली सेनाले कु गरोस र पुर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा बसालेर नयाँ राजमहलको सपना बुन्दैछन।
संविधान केवल एउटा कानुनी दस्तावेज मात्रै होइन । मुलुकको राजनीतिक आत्मा पनि हो। यसको रक्षा सत्ता समिकरणले मात्र होइन राजनीतिक संस्कारले गर्ने हो । फ्रान्सेली इतिहासले यही पाठ सिकाएको छ । जसले संघर्षको मर्म बुझ्दैन समाजमा स्थायित्वको नाममा स्वतन्त्रता बलिदान हुन्छ ।














