कात्तिक १३, काठमाडौं । वंगालको खाडीमा उत्पन्न भएको मोन्था चक्रवातको प्रभावले गएरातिदेखि काठमाडौं सहित देशका विभिन्न भागमा वर्षा जारी रहेको छ ।
मौसमविद विनोद पोख्रेलका अनुसार आगानी तीनदिन कोशी , मधेस बागमती र गण्डकी प्रदेशका स्थानहरुमा मध्यमेखि भारी वर्षाको सम्भावना रहेको जनाएका छन् । त्यसैगरी हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जनाइएको छ ।
मोन्था चक्रवात र पश्चिमा वायुको प्रभावले मौसममा प्रतिकुल असर परेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखााले जनाएको छ ।
कृषकहरुलाइ कृषिसम्बन्धी गतिविधि केहीदिनका लागि स्थगित गर्न समेत आग्रह गरेको छ ।















