Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, April 21, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

Sambridinews by Sambridinews
शनिबार, मंसिर २१, २०८२
in विचार
0
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

संसारकै गरिब राष्ट्रपतिको पहिचान बनाएका उरुग्वेका पुर्व राष्ट्रपति जोसे अल्बर्टो पेपे मुजिका एक दुर्लभ व्यक्ति थिए । उनले एक्काइसौं शताब्दीको राजनीतिक नेतृत्वमा सादगीको परिभाषा बदलदियो ।
उनको जीवनशैलीले विश्वभरका कम्युनिस्ट माक्र्सवादीलाई त्यसमा पनि नेपालका कम्युनिस्ट हौ भन्ने सरकार प्रमुक भएर सत्ता भोग गरको गरिसकेको नेताहरु खड्गप्रसाद ओली, पुष्पकमल दाहाल लगायत नेपालमा नाम चलेका कम्युनिस्ट नेताहरुलाई मुजिकाको सादगी ऐनमा उभिएर विगतको दुः ख कष्ट र वर्तमान सुख सुविधामा रमाएको आफ्नै अनुहार हेर्दा ति तमाम गरिबी सुकुम्बासी श्रमजीवी सर्वहाराको मुद्दा विदेशी र स्वदेशी पुँजीपति ब्यापारीलाई बेचेको प्रति आत्माग्लानी लाग्नुपर्ने होइन र ?

नेपाली जनताको दुःख, अथक प्रयास र क्रान्तिको रापतापबाट उदाएका कम्युनिस्ट नेताहरुले जनतालाई मुक्तिको सपना देखाए दलाल पुँजीवादी सत्ताको भर्याङ्ग चढेर शिखर चुमे तर विगतका भनाइ र त्याग समर्पण आदर्शको बाटो पुरै त्यागेर विलासिता र शक्तिमोहको यात्रामा लाग्दा जेनजीको आन्दोलनमा हेलिकप्टर चेढेर भाग्नु परेको दृश्य अहिले पनि हाम्रो मन मस्तिष्कमा ताजै छ । जोसे पेपे मुजिकाको जीवनशैलीलाई केन्द्रमा राखेर गरिएको यो खोजी अनुसन्धानत्मक प्रस्तुतिले नेपाली कम्युनिस्ट नेतृत्वको निष्ठा र ब्यवहारबीचको खाडललाई छर्लङ्ग पारेको छ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

जोसे पेपे मुजिका आफ्नो राष्ट्रपति कार्यकालको अवधिभर राजधानी बाहिरको एउटा जीर्ण फार्म हाउसमा बस्थे । पुरानो फोक्सन गाडी चढ्थे र आफुले पाउँने सुविधाको ९० प्रतिशत गरिब दःुखीलाई दान गर्दथे ।

उनको सन्देश स्पस्ट थियो राजनीति नेतृत्व र पद मात्र होइन जिम्मेवारी पनि हो । यसको ठिक विपरीत नेपालका कम्युनिस्ट नेतृत्वको जीवनशैली अचम्मको छ । बस्न दरबार चाहिन्छ, कुटी नामाकरण गर्छन । आफ्नो प्रधानमन्त्री बने जनताको सरकार हुन्छ, विपक्षी बने दलाल विदेशीको सरकार हुन्छ ।
नेताहरुका खुमलटार कोटेश्वर बालकोट ( भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनकारीले आगो लगाउनु अघि ) लगायत निवासहरुमा २४ सै घण्टा सुरक्षा ब्यवस्थाको सुविधाबाट सर्वसाधारण नागरिकभन्दा पृथक र धेरै टाढा पु¥याएको थियो ।

मुजिका एक सामान्य मजदुर किसान जसरी नै सर्वसाधारणसँग घुलमिल गर्थे साधारण पहिरनमा हिड्डुल गर्थे । नेताहरु महंगो गाडीमा अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर लगाएर साइरन बजाउँदै हिड्थे । यो राजसी ठाँटले कम्युनिस्ट नेता र सामन्ती राजाबीच कुनै भिन्नता रहेन ।

मुजिकाले इमानदारीताको नमुना प्रस्तुत गरे । हाम्रा नेताहरुको सम्पत्तिको स्रोत र पारदर्शिताप्रति प्रश्न उठ्छ । सम्पत्तिको बढ्दो ग्राफले गरिबको मुक्तिको नारा लगाउने नेता चै आफै कसरी करोडौंपतिका मालिक भए भन्ने नैतिक प्रश्न उठिरहेको छ।
कम्युनिस्ट नेतालाई जनताको सधै एउटा प्रशन हुनेगर्दछ ः म जीवनभर गाँस बाँस कपासको लागि काम गर्छु र यसैको निम्ति जीवनलाई नै गुमाउँछु । साँचो गरिब त्यो हो, जो परिवार र आफू बाँच्नको लागि धेरै चिजको कल्पना गर्छ ।

नेपाली कम्युनिस्ट नेताहरुले जीवनको कुन गरिबी रोजे ? भौतिक सुखको दासता कि सिद्धान्तको स्वतन्त्रता ? मुजिकाको शासनकाल प्रगतिशील सामाजिक सुधार र भ्रष्टाचारमुक्त प्रशासनको पर्याय बन्यो ।
उनले आफ्नो सिद्धान्त कुनै विदेशीलाई बिक्री गरेनन् । कुनै पुँजीपतिलाई पार्टीको सदस्यता दिएर धन कमाउने दिशामा लागेनन । छिमेकी गुहारेर सत्ता टिकाउने हतियार बनाएनन । जनताको हितमा प्रयोग गरे।

हाम्रो देशमा भने शिर्ष नेताहरुमा सत्ताको मोह यति हावी भयो कि यसले पार्टीको सिद्धान्त र जनताप्रतिको निष्ठालाई गौण बनायो । नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकार अथवा दल होस् त्यसमा शक्ति केन्द्रित मात्रै थिएन, प्रतिशोध साध्ने गरेको पनि आरोप लागेकै हो । उनले पार्टीभित्र र बाहिर शक्तिसंघर्षलाई प्राथमिकता दिदा जनताको एजेन्डा ओझेलमा पारेकै थियो ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको राजनीतिक स्थिरताभन्दा बढी परिवर्तन र गठबन्धनको वरिपरि घुमेको थियो । सत्ता प्राप्तिको लागि बारम्बार आफ्नो वैचारिक कित्ता परिवर्तन गर्न पछि नपर्ने उनको सिद्धान्तप्रतिको प्रतिबद्धता माथि नै प्रश्न उठाउने ठाउँ दिएको छ ।

मुजिकाको व्यक्तित्वले राष्ट्रप्रति सम्मान गर्नु भनेको जनताको हितलाई पद र गुटभन्दा माथि राख्नुपर्छ भन्ने हामीलाइ दिने एक मात्र सन्देश हो । जब नेताहरु सत्ताको खेलमा लाग्छन् तब जनताको विश्वास मात्र होइन कम्युनिस्ट आन्दोलनको गरिमा समेत गुँमाउन पुग्छन । नेपालको कम्युनिस्ट आन्दोलनले परिवर्तनको नेतृत्व गरे पनि आज यसले गम्भीर विश्वासको संकट भोगेको छ।

मुजिकाको जीवनशैली एक शक्तिशाली नैतिक शिक्षा समेत हो। जसले नेपाली नेताहरुलाई एउटा गहकिलो शिक्षा दिएको छ । उनको सादगीले साँचो नेतृत्व गर्नका लागि विलासिता होइन निष्ठा नैतिकता र साहस चाहिन्छ। जोसे पेपे मुजिकाको जीवनबाट पाठ सिकेर आफ्नो आचरण र जीवनशैलीमा लाल क्रान्ति फर्काउँन सकेनन् भने विलासिताको बोझ सधैं रहिरहने छ ।

Related

Previous Post

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूलाई विशेष छुट

Next Post

विहानै दार्चुला केन्द्रविन्दु भएर भूकम्प

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
Next Post
मध्य रातमा भूकम्पको धक्का मकवानपुर केन्द्रविन्दु

विहानै दार्चुला केन्द्रविन्दु भएर भूकम्प

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते माघमा

मङ्लबार, पुस ३, २०८०
दरबारको कानुन सार्वजनिक

दरबारको कानुन सार्वजनिक

आइतवार, पुस २०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल
FEATURED

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका सम्भावनाबारे छलफल

मङ्लबार, बैशाख ८, २०८३
लण्डनमा भक्तपुरकाे विस्का
FEATURED

लण्डनमा भक्तपुरकाे विस्का

मङ्लबार, बैशाख ८, २०८३
मुगुकाे सदरमुकाम गमगढी बजारमा आगलागी
FEATURED

आगलागीमा परी उदयपुरमा २ जनाकाे मृत्यु

मङ्लबार, बैशाख ८, २०८३
कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’
TOP STORIES

कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

सोमवार, बैशाख ७, २०८३
अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि
TOP STORIES

अर्जुन कुलूङ र आङ फुर्बालाई मञ्जुश्री ट्रृेल रेसको उपाधि

सोमवार, बैशाख ७, २०८३
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 
TOP STORIES

आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडल मार्फत मेन्टर शिप देखि इन्भेस्टमेन्ट सम्मको सहयोग 

सोमवार, बैशाख ७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In