- भोजराज घिमिरे
संसारकै गरिब राष्ट्रपतिको पहिचान बनाएका उरुग्वेका पुर्व राष्ट्रपति जोसे अल्बर्टो पेपे मुजिका एक दुर्लभ व्यक्ति थिए । उनले एक्काइसौं शताब्दीको राजनीतिक नेतृत्वमा सादगीको परिभाषा बदलदियो ।
उनको जीवनशैलीले विश्वभरका कम्युनिस्ट माक्र्सवादीलाई त्यसमा पनि नेपालका कम्युनिस्ट हौ भन्ने सरकार प्रमुक भएर सत्ता भोग गरको गरिसकेको नेताहरु खड्गप्रसाद ओली, पुष्पकमल दाहाल लगायत नेपालमा नाम चलेका कम्युनिस्ट नेताहरुलाई मुजिकाको सादगी ऐनमा उभिएर विगतको दुः ख कष्ट र वर्तमान सुख सुविधामा रमाएको आफ्नै अनुहार हेर्दा ति तमाम गरिबी सुकुम्बासी श्रमजीवी सर्वहाराको मुद्दा विदेशी र स्वदेशी पुँजीपति ब्यापारीलाई बेचेको प्रति आत्माग्लानी लाग्नुपर्ने होइन र ?
नेपाली जनताको दुःख, अथक प्रयास र क्रान्तिको रापतापबाट उदाएका कम्युनिस्ट नेताहरुले जनतालाई मुक्तिको सपना देखाए दलाल पुँजीवादी सत्ताको भर्याङ्ग चढेर शिखर चुमे तर विगतका भनाइ र त्याग समर्पण आदर्शको बाटो पुरै त्यागेर विलासिता र शक्तिमोहको यात्रामा लाग्दा जेनजीको आन्दोलनमा हेलिकप्टर चेढेर भाग्नु परेको दृश्य अहिले पनि हाम्रो मन मस्तिष्कमा ताजै छ । जोसे पेपे मुजिकाको जीवनशैलीलाई केन्द्रमा राखेर गरिएको यो खोजी अनुसन्धानत्मक प्रस्तुतिले नेपाली कम्युनिस्ट नेतृत्वको निष्ठा र ब्यवहारबीचको खाडललाई छर्लङ्ग पारेको छ।
जोसे पेपे मुजिका आफ्नो राष्ट्रपति कार्यकालको अवधिभर राजधानी बाहिरको एउटा जीर्ण फार्म हाउसमा बस्थे । पुरानो फोक्सन गाडी चढ्थे र आफुले पाउँने सुविधाको ९० प्रतिशत गरिब दःुखीलाई दान गर्दथे ।
उनको सन्देश स्पस्ट थियो राजनीति नेतृत्व र पद मात्र होइन जिम्मेवारी पनि हो । यसको ठिक विपरीत नेपालका कम्युनिस्ट नेतृत्वको जीवनशैली अचम्मको छ । बस्न दरबार चाहिन्छ, कुटी नामाकरण गर्छन । आफ्नो प्रधानमन्त्री बने जनताको सरकार हुन्छ, विपक्षी बने दलाल विदेशीको सरकार हुन्छ ।
नेताहरुका खुमलटार कोटेश्वर बालकोट ( भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनकारीले आगो लगाउनु अघि ) लगायत निवासहरुमा २४ सै घण्टा सुरक्षा ब्यवस्थाको सुविधाबाट सर्वसाधारण नागरिकभन्दा पृथक र धेरै टाढा पु¥याएको थियो ।
मुजिका एक सामान्य मजदुर किसान जसरी नै सर्वसाधारणसँग घुलमिल गर्थे साधारण पहिरनमा हिड्डुल गर्थे । नेताहरु महंगो गाडीमा अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर लगाएर साइरन बजाउँदै हिड्थे । यो राजसी ठाँटले कम्युनिस्ट नेता र सामन्ती राजाबीच कुनै भिन्नता रहेन ।
मुजिकाले इमानदारीताको नमुना प्रस्तुत गरे । हाम्रा नेताहरुको सम्पत्तिको स्रोत र पारदर्शिताप्रति प्रश्न उठ्छ । सम्पत्तिको बढ्दो ग्राफले गरिबको मुक्तिको नारा लगाउने नेता चै आफै कसरी करोडौंपतिका मालिक भए भन्ने नैतिक प्रश्न उठिरहेको छ।
कम्युनिस्ट नेतालाई जनताको सधै एउटा प्रशन हुनेगर्दछ ः म जीवनभर गाँस बाँस कपासको लागि काम गर्छु र यसैको निम्ति जीवनलाई नै गुमाउँछु । साँचो गरिब त्यो हो, जो परिवार र आफू बाँच्नको लागि धेरै चिजको कल्पना गर्छ ।
नेपाली कम्युनिस्ट नेताहरुले जीवनको कुन गरिबी रोजे ? भौतिक सुखको दासता कि सिद्धान्तको स्वतन्त्रता ? मुजिकाको शासनकाल प्रगतिशील सामाजिक सुधार र भ्रष्टाचारमुक्त प्रशासनको पर्याय बन्यो ।
उनले आफ्नो सिद्धान्त कुनै विदेशीलाई बिक्री गरेनन् । कुनै पुँजीपतिलाई पार्टीको सदस्यता दिएर धन कमाउने दिशामा लागेनन । छिमेकी गुहारेर सत्ता टिकाउने हतियार बनाएनन । जनताको हितमा प्रयोग गरे।
हाम्रो देशमा भने शिर्ष नेताहरुमा सत्ताको मोह यति हावी भयो कि यसले पार्टीको सिद्धान्त र जनताप्रतिको निष्ठालाई गौण बनायो । नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वको सरकार अथवा दल होस् त्यसमा शक्ति केन्द्रित मात्रै थिएन, प्रतिशोध साध्ने गरेको पनि आरोप लागेकै हो । उनले पार्टीभित्र र बाहिर शक्तिसंघर्षलाई प्राथमिकता दिदा जनताको एजेन्डा ओझेलमा पारेकै थियो ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालको राजनीतिक स्थिरताभन्दा बढी परिवर्तन र गठबन्धनको वरिपरि घुमेको थियो । सत्ता प्राप्तिको लागि बारम्बार आफ्नो वैचारिक कित्ता परिवर्तन गर्न पछि नपर्ने उनको सिद्धान्तप्रतिको प्रतिबद्धता माथि नै प्रश्न उठाउने ठाउँ दिएको छ ।
मुजिकाको व्यक्तित्वले राष्ट्रप्रति सम्मान गर्नु भनेको जनताको हितलाई पद र गुटभन्दा माथि राख्नुपर्छ भन्ने हामीलाइ दिने एक मात्र सन्देश हो । जब नेताहरु सत्ताको खेलमा लाग्छन् तब जनताको विश्वास मात्र होइन कम्युनिस्ट आन्दोलनको गरिमा समेत गुँमाउन पुग्छन । नेपालको कम्युनिस्ट आन्दोलनले परिवर्तनको नेतृत्व गरे पनि आज यसले गम्भीर विश्वासको संकट भोगेको छ।
मुजिकाको जीवनशैली एक शक्तिशाली नैतिक शिक्षा समेत हो। जसले नेपाली नेताहरुलाई एउटा गहकिलो शिक्षा दिएको छ । उनको सादगीले साँचो नेतृत्व गर्नका लागि विलासिता होइन निष्ठा नैतिकता र साहस चाहिन्छ। जोसे पेपे मुजिकाको जीवनबाट पाठ सिकेर आफ्नो आचरण र जीवनशैलीमा लाल क्रान्ति फर्काउँन सकेनन् भने विलासिताको बोझ सधैं रहिरहने छ ।














