Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

Sambridinews by Sambridinews
शनिबार, माघ ३, २०८२
in राजनीति, विचार
0
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
592
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

इतिहास आफैमा एउटा जानकारी मुलक शिक्षा पनि हाे। कहिलेकाही यस्ता शिक्षाबाट धेरै कुराहरूकाे ज्ञान सिक्न सकिन्छ। अफ्रिकाको राेवर्ट मुगावे कुनै समय एउटा इसारा मात्र गरेको खण्डमा उनकोपछि जनसागर नै उर्लिन्थ्याे। तर विडम्बना तिनै महान नायक मुगावे सत्ताको माद र तालीकाे गडगडाहटमा यसरी हराए,आफ्नै नागरिकका लागि अभिशाप बन्न पुगे।

आज काठमाडौ महानगर पालिकाका मेयर बालेन साह पनि युवा पुस्तामाझ लाेकप्रिय नै छन। त्यो लाेकप्रियताकाे उचाइ मापन गर्न मेयरबाट राजिनामा दिएर संघीय संसदको निर्वाचनमा हाेमीन झापा क्षेत्र नम्बर ५ राेजेका पनि छन। उनको लाेकप्रियताकाे उचाइ हेरिरहँदा कतै इतिहासकाे धुमिल तस्बिर आँखा अगाडि उभिएको छनक हुन्छ, कतै त्यो राेवर्ट मुगावेकाे तस्विरसँग टासिने त हाेइन? हाे जिम्बावेका राेवर्ट मुगावेकाे शासन बीसौं शताब्दीकाे अन्तिम इतिहासमै कलंकित बन्यो।

You might also like

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

जनताको आवज नै सरकारको मार्गदर्शन

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

सन १९८० मा सत्ताकाे सिडी उक्लिदै गर्दा अफ्रिकी मुलककै ब्लाक आइकन थिए। उनले गाेराहरुकाे एकाधिकार दासत्वबाट मुलुक र नागरिकलाई स्वतन्त्रता दिलाए। शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सुधार पनि गरे। जिम्बावेका नागरिककाे मसिहा नै बने। तर उनलाई लाेकप्रियताकाे नशाले उनीमा अहंकार र घमण्डकाे रुप विस्तारै पलाउदै गयो। घमण्ड र अहंकारले मुगावेलाई संविधान र कानुनलाई कागजको खाेस्टाे बराबर ठान्न थाले। आफुलाई मुलुकको संविधान र कानुन भन्दा माथि छु भन्ने लाग्न थाल्यो। त्यसको नतिजा ३७ बर्षे उनको तानाशाही शासनले निम्त्याएको जिम्बावेकाे आर्थिक टाट पल्टिसकेकाे थियो।

बालेन्द्र साह अब तपाई पनि मेयरबाट राजिनामा दिएर, संघीय संसदको निर्वाचनमा हाेमीन झापा जादै हुनुहुन्छ।

यश अघि तपाईंको उदय पनि परम्परागत राजनीतिकाे फाेहरी खेल विरुद्धकाे एउटा क्रान्ति नै थियोे। तर लाेकप्रियताकाे ऐना यस्तो चिज हाे। जसमा धेरै हेर्दा आफ्नै अनुहार बाहेक अरुको पीडा देखिदैन। तपाई महानगरकाे मेयरमा विजय भएदेखि नै गरिबले ठेलामा तरकारी र सानातिना खुद्रा ब्यापार र चिया व्यवसाय समेत गर्न दिनुभएन। गरिब निमुखाकाे मसिहा बनेर लाेकप्रियता कमाउनु भन्दा सामाजिक संजालकाे भित्ता काेरेर तारिफ कमाउनु भयो।

अहिले तपाईंको वरिपरि एउटा अन्धभक्त समूह तयारी अवस्थामा छन। उनीहरूले तपाईंको हरेक कदमलाई कानुन सम्वध हाेस या गैरकानुनी हाेस,सही मानेर जयजयकार गर्छन्। राेवर्ट मुगावेकाे पतनकाे सुरुवात पनि ठ्याक्कै यसैगरी भएको थियो।

जब समर्थकहरुले आफ्नो नेताले जे गरे पनि ठिक गरे भन्न थाल्छन्। त्यसपछि नेताभित्रकाे लाेकतन्त्रकाे अन्त्य हुन्छ र एउटा तानाशाह बनेर शासन गर्ने भुत सवार हुन्छ।

हाम्रो शुभकामना छ,तपाईंको इतिहास अर्को राेवर्ट मुगावे नबनाेस।

स्टन्ड र सिस्टमकाे दुरी बुझ्नुहाेस, डाेजर चलाएर र Facebook मा काङ्ग्रेस कम्युनिस्टका नेताहरुलाई तिखो स्टाट्स लेखेर क्षणिक ताली त पाइरहेकै हाे। तर यसले सिस्टम बसाल्दैन। मुगावेले पनि सुरु सुरुमा अफ्रिका अफ्रिकीहरुकै हाे भन्थे, पपुलिस्ट नारा लगाएर ताली खाएका थिए। तर पछि त्यही उग्रताले मुलुकलाई खाडलमा जाक्ने काम गरे। आलाेचकलाई शत्रुता नठान्नु हाेला। मुगावेले आफ्नो आलोचना गर्ने जतिलाई देशद्राेही अथवा विदेशीकाे एजेन्ट भन्थे।

तपाईंको सचिवालय र समर्थकले पनि प्रश्न गर्नेलाई दलका झाेलेकाे बिल्ला भिराएर अपमान गर्ने जुन संस्कृति बसालेका छन। त्यो शैली राेवर्ट मुगावे शैलीको पहिलो खुड्किलाे हाे। कानुनी राज्यमा बिधिभन्दा माथि ब्याक्ती हुँदैन। नेपाली राजाहरूमा विधि पद्धति र संविधान र कानुन नमान्दा नै पतन भएका हुन। राज्यको कानुन,संविधान मानेर त्यही परिधिभित्र रहेका भए,राजा र राजसंस्था अन्त्य हुँदैनथ्याे।

लाेकतान्त्रिक गणतन्त्रमा भिड्ले कानुन र संविधानकाे ब्याख्या गर्देन। यदि तपाईले म नागरिककाे लागि गर्देछु,भन्ने विधि र प्रक्रिया अनुसार सिस्टममा चल्नु भयो भने,भाेली आउने अर्को शासकले पनि त्यही अनुसार चल्ने छ। तर तपाईं कानुनकाे परिधिभित्र नबसेर आफुखुसी चल्ने हाे भने,भाेलीकाे अर्को शासकले तपाईंकै घाँटी थिच्न सक्छ।

आज तपाईंको पक्षमा लाग्ने हजारौं हातहरु तपाईंलाई कार्यक्षमता र बिधिकाे कसिमा जाेख्न चाहन्छन् न अन्धविश्वासकाे जगमा। मुगावेले जिम्बावेलाई स्वतन्त्र गरे। तर स्वतन्त्रता कहिल्यै दिएनन् ।

Related

Previous Post

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

Next Post

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

Sambridinews

Sambridinews

Related Posts

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान
FEATURED

ओलीको दबाब अस्वीकार गर्दै कोशीका मुख्यमन्त्री कार्कीद्वारा राजीनामा नदिने अडान

by Sambridinews
बुधबार, साउन २०, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा
FEATURED

विश्व राजनीतिमा न्यायको विजय र इतिहासको साक्षी: राईखस्टागमाथि लाल झण्डा

by Sambridinews
आइतवार, बैशाख २०, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा
FEATURED

नेपाली कांग्रेसका सभापति गगन थापाले दिए पदबाट राजीनामा

by Sambridinews
बिहिबार, चैत्र ५, २०८२
Next Post
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत भ्रमणमा

नयाँ वर्षमा नयाँ सरकार बन्ने प्रचण्डकाे उद्घाेषण

आइतवार, चैत्र ३१, २०८१
सिन्धुलीमा चिकित्सक नहुँदा बिरामी मारमा

गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गरे तीन वर्ष जेल

शुक्रबार, जेष्ठ ८, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In