. भोजराज घिमिरे
काठमाडौं । माघ ३,इतिहास आफैमा एउटा जानकारी मुलक शिक्षा पनि हाे। कहिलेकाही यस्ता शिक्षाबाट धेरै कुराहरूकाे ज्ञान सिक्न सकिन्छ। अफ्रिकाको राेवर्ट मुगावे कुनै समय एउटा इसारा मात्र गरेको खण्डमा उनकोपछि जनसागर नै उर्लिन्थ्याे। तर विडम्बना तिनै महान नायक मुगावे सत्ताको माद र तालीकाे गडगडाहटमा यसरी हराए,आफ्नै नागरिकका लागि अभिशाप बन्न पुगे। आज काठमाडौ महानगर पालिकाका मेयर बालेन साह पनि युवा पुस्तामाझ लाेकप्रिय नै छन। त्यो लाेकप्रियताकाे उचाइ मापन गर्न मेयरबाट राजिनामा दिएर संघीय संसदको निर्वाचनमा हाेमीन झापा क्षेत्र नम्बर ५ राेजेका पनि छन। उनको लाेकप्रियताकाे उचाइ हेरिरहँदा कतै इतिहासकाे धुमिल तस्बिर आँखा अगाडि उभिएको छनक हुन्छ, कतै त्यो राेवर्ट मुगावेकाे तस्विरसँग टासिने त हाेइन? हाे जिम्बावेका राेवर्ट मुगावेकाे शासन बीसौं शताब्दीकाे अन्तिम इतिहासमै कलंकित बन्यो।
सन १९८० मा सत्ताकाे सिडी उक्लिदै गर्दा अफ्रिकी मुलककै ब्लाक आइकन थिए। उनले गाेराहरुकाे एकाधिकार दासत्वबाट मुलुक र नागरिकलाई स्वतन्त्रता दिलाए। शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सुधार पनि गरे। जिम्बावेका नागरिककाे मसिहा नै बने। तर उनलाई लाेकप्रियताकाे नशाले उनीमा अहंकार र घमण्डकाे रुप विस्तारै पलाउदै गयो। घमण्ड र अहंकारले मुगावेलाई संविधान र कानुनलाई कागजको खाेस्टाे बराबर ठान्न थाले। आफुलाई मुलुकको संविधान र कानुन भन्दा माथि छु भन्ने लाग्न थाल्यो। त्यसको नतिजा ३७ बर्षे उनको तानाशाही शासनले निम्त्याएको जिम्बावेकाे आर्थिक टाट पल्टिसकेकाे थियो।
बालेन्द्र साह अब तपाई पनि मेयरबाट राजिनामा दिएर, संघीय संसदको निर्वाचनमा हाेमीन झापा जादै हुनुहुन्छ।
यश अघि तपाईंको उदय पनि परम्परागत राजनीतिकाे फाेहरी खेल विरुद्धकाे एउटा क्रान्ति नै थियोे। तर लाेकप्रियताकाे ऐना यस्तो चिज हाे। जसमा धेरै हेर्दा आफ्नै अनुहार बाहेक अरुको पीडा देखिदैन। तपाई महानगरकाे मेयरमा विजय भएदेखि नै गरिबले ठेलामा तरकारी र सानातिना खुद्रा ब्यापार र चिया व्यवसाय समेत गर्न दिनुभएन। गरिब निमुखाकाे मसिहा बनेर लाेकप्रियता कमाउनु भन्दा सामाजिक संजालकाे भित्ता काेरेर तारिफ कमाउनु भयो। अहिले तपाईंको वरिपरि एउटा अन्धभक्त समूह तयारी अवस्थामा छन। उनीहरूले तपाईंको हरेक कदमलाई कानुन सम्वध हाेस या गैरकानुनी हाेस,सही मानेर जयजयकार गर्छन्। राेवर्ट मुगावेकाे पतनकाे सुरुवात पनि ठ्याक्कै यसैगरी भएको थियो।
जब समर्थकहरुले आफ्नो नेताले जे गरे पनि ठिक गरे भन्न थाल्छन्। त्यसपछि नेताभित्रकाे लाेकतन्त्रकाे अन्त्य हुन्छ र एउटा तानाशाह बनेर शासन गर्ने भुत सवार हुन्छ।
हाम्रो शुभकामना छ,तपाईंको इतिहास अर्को राेवर्ट मुगावे नबनाेस।
स्टन्ड र सिस्टमकाे दुरी बुझ्नुहाेस, डाेजर चलाएर र Facebook मा काङ्ग्रेस कम्युनिस्टका नेताहरुलाई तिखो स्टाट्स लेखेर क्षणिक ताली त पाइरहेकै हाे। तर यसले सिस्टम बसाल्दैन। मुगावेले पनि सुरु सुरुमा अफ्रिका अफ्रिकीहरुकै हाे भन्थे, पपुलिस्ट नारा लगाएर ताली खाएका थिए। तर पछि त्यही उग्रताले मुलुकलाई खाडलमा जाक्ने काम गरे। आलाेचकलाई शत्रुता नठान्नु हाेला। मुगावेले आफ्नो आलोचना गर्ने जतिलाई देशद्राेही अथवा विदेशीकाे एजेन्ट भन्थे। तपाईंको सचिवालय र समर्थकले पनि प्रश्न गर्नेलाई दलका झाेलेकाे बिल्ला भिराएर अपमान गर्ने जुन संस्कृति बसालेका छन। त्यो शैली राेवर्ट मुगावे शैलीको पहिलो खुड्किलाे हाे। कानुनी राज्यमा बिधिभन्दा माथि ब्याक्ती हुँदैन। नेपाली राजाहरूमा विधि पद्धति र संविधान र कानुन नमान्दा नै पतन भएका हुन। राज्यको कानुन,संविधान मानेर त्यही परिधिभित्र रहेका भए,राजा र राजसंस्था अन्त्य हुँदैनथ्याे।
लाेकतान्त्रिक गणतन्त्रमा भिड्ले कानुन र संविधानकाे ब्याख्या गर्देन। यदि तपाईले म नागरिककाे लागि गर्देछु,भन्ने विधि र प्रक्रिया अनुसार सिस्टममा चल्नु भयो भने,भाेली आउने अर्को शासकले पनि त्यही अनुसार चल्ने छ। तर तपाईं कानुनकाे परिधिभित्र नबसेर आफुखुसी चल्ने हाे भने,भाेलीकाे अर्को शासकले तपाईंकै घाँटी थिच्न सक्छ। आज तपाईंको पक्षमा लाग्ने हजारौं हातहरु तपाईंलाई कार्यक्षमता र बिधिकाे कसिमा जाेख्न चाहन्छन् न अन्धविश्वासकाे जगमा। मुगावेले जिम्बावेलाई स्वतन्त्र गरे। तर स्वतन्त्रता कहिल्यै दिएनन् ।














