Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 16, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पहिला सवृद्ध देश ; अनि सातामा दुईदिन बिदा

Sambridinews by Sambridinews
आइतवार, जेष्ठ १७, २०८३
in FEATURED, TOP STORIES
0
पहिला सवृद्ध देश ; अनि सातामा दुईदिन बिदा
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

सरकारले यसअघि असफल भइसकेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने नियम पुनः लागू गरेको छ । यो नियम हाल कार्यान्वयनमा पनि आइसकेको छ । पश्चिम एसियामा अमेरिका, इजरायल – इरान युद्धका कारण इन्धनको मूल्यमा उच्चवृद्धि भएसँगै इन्धनको खपत घटाउन सरकारले हप्तामा दुईदिन सार्वजनिक बिदा दिन लागेको हो । यो निर्णय कार्यान्वयन भएसँगै देशभरीका सरकारी, गैरसरकारी संस्था, वित्तीय तथा शैक्षिक संस्थाहरू शनिबार र आइतबार बन्द हुन थालेका छन् ।

हप्तामा दुईदिन सार्वजनिक बिदा हुन थालेपछि सरकारले शैक्षिक क्यालेन्डरमा वार्षिक विदा, जाडो तथा गर्मी बिदा समायोजन गरेको छ । विद्यालयको शैक्षिक सत्र पुरा नहुने भन्दै केही स्थानीय तहले आइतबार सरकारी विद्यालय खोल्न आह्वान गरेका थिए । आइतबार स्कुल खोल्न थालेका विद्यालयले सरकारले शैक्षिक क्यालेन्डर नै हेरफेर गरेपछि आइतबार फेरि स्कुल बन्द गर्न थालेका छन् । सरकारको तयारी हेर्दा पश्चिम एसियामा जारी द्वन्द्व रोकिएर इन्धनको मूल्य घटेपनि हप्तामा दुईदिन सार्वजनिक बिदा कायम नै रहन्छ जस्तो देखिन्छ ।

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

नेपालको भौगोलिक अवस्था, पारिवारिक संरचना, चाडपर्व तथा रोजगारी र आम्दानीका दृष्टिकोणले हेर्दा साच्चै हप्तामा दुईदिन सार्वजनिक बिदा व्यावहारिक छ त ? यद्यपि युरोप, अमेरिका लगायत विकसित मुलुकमा तीन सिफ्ट काम, घण्टाका आधारमा तलब र हप्तामा दुईदिन बिदा सामान्य हो ।

नेपालमा सरकारी कामकाजका लागि कार्यालयको सेवा सुरु भएदेखि नै १०–५ को समय सुन्दै भोग्दै आएका नेपालीलाई आफ्नै देशमा भने सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि नै कार्यालय समय लागू हुँदा अनौठो जस्तो लाग्नु स्वाभाविक हो ।

एउटा मामूली जागिरे नेपालीको दैनिकीबाट सुरु गरौँ । बिहान ६ बजे उठेर साढे ८ देखि सवा ९ बजेसम्म बालबच्चाहरूलाई स्कुल पठाएर आफु १० बजेको कार्यालय भेट्न दौडिने गर्दथे । अब त्यो दैनिकी फेरिएको छ । बिहान उठेदेखि कार्यालय पुग्दासम्म सबै हतारमा । घरधन्दा, बालबच्चा तथा बाआमाको स्याहार, स्कुल र कार्यालय सबै हतारहतारमा ।

बेलुका ५ बजे कार्यालय सकेकर घर पुग्दा ६ बजिसकेको हुन्छ । उता स्कुल जाने बच्चाहरू ४ बजेनै घर फर्किएर दुई घण्टा देखि मोबाइलमा । कतिपयको घर पुग्दा पौने ७ बजिसकेको हुन्छ । कार्यालयबाट निस्किन ढिला भए त्यसको हिसाबकिताबै छैन । नेपालका सार्वजनिक यातायातको ठेगान छैन । साँझ ७ बजेपछि महानगर भनिएका स्थानमा पनि सार्वजनिक यातायात पाउन मुस्किल पर्छ । ३ बजे छुट्टी हुने शुक्रबार पनि अब कार्यालय ५ बजेसम्मै हुने भइहाल्यो ।

यो त एउटा जागिरेको व्यावहारिक पाटो भयो । हप्तामा दुईदिन सरकारी बिदा हुनथालेपछि सरकारी अस्पतालहरूमा बिरामीको भिडभाड झन बढ्न थालेको छ । अप्रेसनका लागि समय कुरिरहेका बिरामीहरूले पालो पाउन अरु केहीदिन थपिएको छ । सरकारले आइतबार अस्पताल खोल्न भनेपनि अतिरिक्त सुविधा बिना कर्मचारीहरूले आइतबार अस्पतालको सेवा दिन नसकिने भन्दै ओपिडी सेवा बन्द गरेका छन् ।

एउटा कृषकले वित्तीय कारोबार तथा कृषि परामर्श व्यक्ति भेट्न सोमबारदेखि शुक्रबारसम्म भ्याइसक्नुपर्ने छ । गाउँ गाउँबाट सरकारी सेवा तथा उपचारका लागि आउने सर्वसाधारणको सदरमुकाम बसाई केहीदिन लम्बिन सक्छ । बेथिति र भ्रष्टाचार अन्त्यका लागि कडाई गरिरहेको सरकारले सुधारको योजनामै रुमल्लिरहदा पासपोर्ट घरैमा पुर्याउने भन्दा ठुलो परिवर्तन आइसकेको छैन । ट्रायल पासगर्नासाथ सवाली अनुमतिपत्र दिने भनिएपनि कम्तिका एक महिना कुुर्नुपरेको र वितरण सबैभन्दा झुर र अव्यवस्थि रहेको सेवा लिन जानेको भनाइ रहेको छ । सरकारी कर्मचारी शक्तिशाली सरकारसँग उत्तरदायी हुन खोजेको त देखिन्छ तर ठोस योजना र कार्यविभाजन नहुँदा त्यसै रुमल्लिरहेको भान हुन्छ ।

२०८२ साउनदेखि लागू हुने गरी सरकार आफैँले तोकेको श्रमिकको न्यूनतम ज्याला मासिक १९ हजार ५ सय रुपैयाँ रहेको छ । यसवर्षको अर्थ मन्त्रालयद्वारा आर्थिक सर्वेक्षण २०८२÷८३ अनुसार नेपालीको औसत मासिक कमाई १ सय २६ अमेरिकी डलर अर्थात् जेठ १३ गतेको विनिमय दर अनुसार १९ हजार १ सय ५२ रुपैयाँ रहेको छ । नयाँ बजेट भाषण्मा सरकारी कर्मचारीको तलब ४० हजारदेखि एकलाखसम्म हुने अर्थमन्त्रीले घोषणा गरेका छन् । १५.४ प्रतिशत नेपाली औपचारिक क्षेत्रमा सेवारत छन् भने बाँकी ८४.६ प्रतिशत नेपाली कृषि, मजदुरी, व्यापार, स्वरोजगारी तथा मजदुरीका क्रममा विदेशमा रहेका छन् । जसको मासिक आम्दानी एकलाखा भन्दा कम रहेको छ ।

नेपालमा औसत जनसंख्याले कमाएको १५ प्रतिशत आम्दानी पनि जोगाउन मुस्किल छ । पश्चिम एसियामा जारी युद्धले थपेको महँगीको भार, कोभिड १९ पछि जारी आर्थिक सुस्तता, जलवायु परिवर्तनको असर, समयानुकूल पारिश्रमिकब वृद्धि नहुनु जस्ता विविध कारणले धेरै नेपालीलाइ दैनिकी चलाउन पनि गारो छ । सीमित कमाइ, खर्चिलो दैनिकी, महंगो स्वास्थ्य सेवा र शिक्षाले न्यून आय भएका नेपालीको आर्थिक प्रगतिमा अवरोध गरेको छ ।

यो महंगीमा सरकारले दिएको हप्ताको दुईदिने सार्वजनिक बिदामा अत्यावश्यक बाहेक उत्साहमा बजार भर्न निस्कने अवस्था छैन । यो सुविधा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि अवसर त हुन सक्छ । तर, सीमित रोजगारी, न्यून आम्दानी भएको हाम्रो जस्तो देशका लागि हप्तामा दुईदिनको बिदा कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तो छ । दुईदिनको बिदामा घुमफिर गर्न चुस्त आम्दानी, पूर्वाधार विकास र मानव जिउधनको सुरक्षाको ग्यारेन्टि हुनुपर्छ ।

सरकारले २०८३ सालका लागि चाडपर्व तथा शनिबारको बिदा गरी एक सय ९ दिन तोकेको छ । यो आइतबार बाहेकको संख्या हो । २०८२ फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त संख्या तोकेको हो । आइतबारको बिदा समेत जोड्दा २०८३ सालमा सार्वजनिक बिदा मात्रै १ सय ६१ दिन हुने देखिन्छ । ३ सय ६५ दिनमा यति धेरै सार्वजनिक बिदा मात्रै दिने हो भने रेमिट्यान्समा चलेको हाम्रो अर्थतन्त्रको अवस्था के होला ? सार्वजनिक ऋण तथा वैदेशिक व्यापार घाटा कहाँ पुग्ला ?

विश्वमा गरिब अर्थतन्त्रका रूपमा परिचित हाम्रो देशले संवृद्धिका र आर्थिक उन्नतिका लागि बिदा दिएर हैन सार्वजनिक हितमा धेरैभन्दा धेरै काम गर्नुपर्ने छ । सरकारी कार्यलयको सेवाप्रतिको जनविश्वास र भोगाइमा परिवतर्न ल्याउनु छ । भ्रष्टाचार, बेथिति र दलाल कमिसनखोरदेखि वाक्क भएका नवयुवाको विद्रोह र त्यसैको जनमतका आधारमा बनेको यो सरकारले वर्षौँदेखि थुप्रिएको बेथितिको चाङ पर्गेल्नुपर्ने छ । देशमा रहेका पुराना उद्योग कलकारखाना तथा कृषि कर्मलाई आधुनिकीकरण गरी देशमा धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्नुछ ।
संविधानको संरक्षण गर्दै कानुनी जटिलता हटाएर जनतालाई धेरैभन्दा धेरै अधिकार दिनुपर्ने छ । देखासेखीका आधारमा नयाँ नियम लगाउने भन्दापनि हाम्रो भूगोल, परम्परा र सामाजिक विविधताका आधारमा विधि र संरचनाहरू विकास गर्नुपर्छ । जनताको मर्म र भावना अनुसार वैज्ञानिक पक्षका आधारमा नियम बनाउन सकियो भने त्यो नै संवृद्ध नेपालको प्रस्थानबिन्दु हुनेछ ।

Related

Previous Post

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

Next Post

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ २, २०८२
सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

सदभाव प्रतियोगिता खेल्न‌ र प्रशिक्षण गर्न अमेरिका प्रस्थान

बिहिबार, असार २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In