Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, October 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार

Sambridinews by Sambridinews
बुधबार, मंसिर १०, २०८२
in विचार
0
आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

नेपाली कांग्रेस आजको दिनमा एउटा पुरानो विरासत बोकेको विशाल संगठन मात्रै होइन गम्भीर रोगले ग्रस्त भई आईसीयूमा पुगेको राजनीतिक संरचना सरह बनिसकेको छ । लोकतन्त्र स्थापनादेखि संविधान निर्माणसम्मको यात्रामा निर्णायक भूमिका खेलेको यो दल अहिले आन्तरिक अराजकता, नेतृत्वहीनता, गुटगत प्रतिस्पर्धा, वैचारिक अस्पष्टता र संगठनात्मक जर्जर अवस्थाको कारण जनविश्वास तीव्र गतिमा गुमाउँदैछ । यस्तो परिस्थितिमा सामान्य औषधोपचारले कांग्रेस निको हुँदैन । यसको उपचार कन्झर्भेटिभ होइन,जटिल शल्यक्रिया हो,र त्यो पनि उर्जावान, क्षमतावान र दूरदर्शी राजनीतिक सर्जनबाट मात्र सम्भव छ।

विशेष महाधिवेशन अहिले कांग्रेसका लागि विकल्प होइन, बाध्यता बनिसकेको छ। लामो समयदेखि अवरुद्ध भई बसेको संगठनात्मक रक्तसंचार पुनःचालु गर्न, बिथोलिएको आन्तरिक अनुशासनलाई पुनर्जीवन दिन र नेतृत्व संरचनामा आवश्यक टिश्यु रिप्लेसमेन्ट गर्न बिशेष महाधिवेशन नै एकमात्र प्रभावकारी उपकरण हो। किनकि आजको संकट व्यक्ति व्यक्तिको स्वार्थगत द्वन्द्व मात्र होइन । यो संरचनागत रोग हो, जसले पार्टीलाई क्रमशः कोमाको दिशातर्फ धकेलिरहेको छ ।

You might also like

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

जनताको आवज नै सरकारको मार्गदर्शन

नेपाली कांग्रेसमा नयाँ पुस्ताको सक्रियता सतहमा देखिए पनि पुरानो सोचको बर्चस्व अझै बलियो छ। पद र लाभमा आधारित संस्कृतिले पार्टीलाई सिद्धान्तहीन बनाउँदैछ । यथास्थिति र परिवर्तनकारी युवा नेतृत्वको बहस सजिलो देखिए पनि, वास्तविकतामा यो केवल पुस्तान्तरण होइन, संस्कृतिगत रूपान्तरण आवश्यक छ ।

विशेष महाधिवेशनले यही बिन्दु काटछाँट गर्नुपर्छ । रोगग्रस्त सेलको पहिचान गरी हटाउँदै स्वस्थ नेतृत्व संरचना स्थापना गर्नु जरूरी छ । पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाहरू निष्क्रिय छन । विधि र पारदर्शिताको सट्टा गोप्य सिफारिस, भागबण्डा र आन्तरिक तानातान चलेको छ। यही कारण कांग्रेसप्रति मुलुकभर निराशा बढेको छ। तर यो निराशा अवसरमा बदल्न सकिन्छ, यदि बिशेष महाधिवेशनले पार्टीलाई ‘रिफ्रेश मोड’मा लैजान सके। अनुहार मात्र होइन, पद्धति फेरबदल हो,प्रभावशाली, निडर, तथ्यमा आधारित र भविष्यमुखी नेतृत्वलाई संस्थागत बनाउने यही बिशेष महाधिवेशनको अवसर हो।

जटिल शल्यक्रियाका तीन प्रमुख चरणहरू आज कांग्रेसमा अत्यावश्यकीय देखिन्छन्। पहिलो, विचारको स्पष्टता,कांग्रेस कतातिर जाँदैछ? उदार,लोकतान्त्रिक? समाजवादी? अस्पष्टता अहिलेको सबैभन्दा ठूलो राजनीतिक रोग बनेको छ। दोस्रो, संगठनको पुनःनिर्माण,वडा, प्रदेश, क्षेत्रीय संरचनाबाट केन्द्रसम्म विश्वसनीय, सक्रिय र परिणाममुखी नेतृत्व चयन। तेस्रो, पार्टीभित्रको उत्तरदायित्व व्यवस्था,कसले के काम ग¥यो, किन ग¥यो, नतिजा के आयो? भन्ने मूल्यांकन प्रणाली लागू गर्नु।

यदि यी तीन पक्षमा निर्णायक निर्णय भएन भने कांग्रेस केवल बाहिरी रूपमा ‘अस्पतालबाट डिस्चार्ज त होला, तर वास्तविक उपचार भने पूरा हुँदैन। विशेष महाधिवेशनले त्यसैले गहन र दीर्घकालीन समाधानमा केन्द्रित हुनुपर्छ। उर्जाहीन नेतृत्वले अब संकट टार्न सक्दैन। पार्टीलाई उग्र शब्द होइन, दृष्टि, साहस र नवीन कार्यशैली चाहिएको छ।

आईसीयूमा रहेको कांग्रेसलाई जटिल शल्यक्रिया मार्फत नयाँ जीवन दिन सक्नेहरुले नै पार्टीको भविष्य निर्माण गर्नेछन्। कांग्रेस पुनर्जीवित हुन्छ कि कोमामा जान्Þछ बिशेष महाधिवेशनले गर्ने निर्णयमा निर्भर छ। यदि सही सर्जन, सही प्रक्रिया र सही मनोवृत्ति रह्यो भने काँग्रेस फेरि पनि नेपाली राजनीतिमा राष्ट्रिय आशाका रूपमा फर्किन सक्छ। नभए, इतिहासका पानामा एउटा ठूलो दलको पतन अध्याय मात्रै थपिनेछ।

Related

Previous Post

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज सकिँदै

Next Post

सरकारी सवारी साधन दुरुपयोगपछि सतर्कता केन्द्रको सतर्कता

Sambridinews

Sambridinews

Related Posts

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग
विचार

मार्क्सवाद, युरो कम्युनिज्म र नेपालको मौलिक प्रयोग

by Sambridinews
शनिबार, अशोज १७, २०८३
तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
TOP STORIES

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

by Sambridinews
सोमवार, भदौ २९, २०८३
जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १८, २०८२
Next Post
स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक

सरकारी सवारी साधन दुरुपयोगपछि सतर्कता केन्द्रको सतर्कता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

म्याद थपका लागि दुर्गा प्रसाईँलाई अदालत लगिँदै

म्याद थपका लागि दुर्गा प्रसाईँलाई अदालत लगिँदै

बुधबार, मंसिर ५, २०८१
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर बचत २ खर्ब ७३ अर्ब ५२ करोड

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक र तीन फाइनान्स कम्पनीलाई कारबाही

बुधबार, फाल्गुन २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक
FEATURED

नेपाल टेलिकमले बडा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकहरूका लागि आकर्षक ‘दसैँ तिहार अफर २०८३’ सार्वजनिक

आइतवार, अशोज २५, २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित
FEATURED

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आठौँ वार्षिक साधारण सभा सम्पन्न : ५.२६३२ प्रतिशत नगद लाभांश पारित

शनिबार, अशोज २४, २०८३
दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल
TOP STORIES

दार्चुला पावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न: आईपीओ निष्कासन, पुँजी वृद्धि र नयाँ आयोजना विकासका प्रस्तावमाथि व्यापक छलफल

शनिबार, अशोज २४, २०८३
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता
FEATURED

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको २०औँ वार्षिक साधारणसभा सम्पन्न : सञ्चालक समितिमा सञ्जीव न्यौपानेको निरन्तरता

शनिबार, अशोज २४, २०८३
नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FEATURED

नेपाल रिकन्डिसन अटो व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

शनिबार, अशोज २४, २०८३
असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड
FEATURED

असोज २५ गतेदेखि ‘तेस्रो पक्कु फेस्टिभल–२०८३’ आयोजना हुँदै, रैथाने स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

शनिबार, अशोज २४, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In