- विनोद दाहाल
विद्यमान राजनीतिक व्यवस्थाका लागि योगदान गर्नेहरू सानो संख्याका मानिस हुन । वर्गीय जातीय क्षेत्रीय लैंगिक र सांस्कृतिक शोषण उत्पिडन दमन अत्याचार अन्याय व्यहोरेका सचेत अग्रदस्ताका उनीहरू क्रान्तिकारि थिए । त्यसैले पुराना सत्ताधारि सामन्ती शोषकी जाली फटाहा सुराकी अपराधि सुदखोरहरू यो राज्यव्यवस्था बिरुद्ध खडा हुनेनै भए ।
भ्रम फैलाउने आपराधिक क्रियाकलाप गर्नेहरु अराजक गतिबिधिहरू गर्ने भैहाले । जनक्रान्तिको पछिल्लो चरणमा क्रान्तिकारिको एकलौटी भागिदार हुननदिने र आफ्नो पनि योगदान देखाउन सहयोगी भूमिकामा रहेका संसदवादी दलहरूले पनि जनक्रान्तिबिरुद्ध फैलाइएको भ्रम र अराजकता विरुद्ध भण्डाफोर गर्ने हैसियत नराख्दा पनि समाजमा भ्रम र अराजकता फैलाउनेको मनोबल उठ्न पुगेको छ ।
पछिल्लो चरणमा अनावश्यक बैकल्पिक राजनीतिका नाममा घृणित व्यक्तिवादीहरूले सबै भन्दा बढि भ्रम फैलाउने र अराजकता निम्त्याउने कार्य भैराको स्थिति छ ।
अहिलेको राज्यव्यवस्थामा दलहरू राजनैतिक नेतृत्त्वहरू सबै काम नलाग्ने भैसके । ‘ओल्ड इज गोल्ड’ भन्नुहुन्न, तर यहाँ भनिंदैछ । एक व्यक्तिको देवत्त्वकरण गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गर्दै भीडतन्त्रको राजनीति गर्नेहरू हावी भैराखेका छ । यो देश र जनताको लागि काम लाग्ने कुनै सम्भावना हुँदैन ।
जनताको चाहना, आवश्यकता, वाध्यता र वलिदानबाट यो अवस्थामा हामी छौं । बरू अझ हुनुपर्ने जति भएन, यसमा ककस्को भूमिका केकति छ ? शोषितपिडित जनताको पक्षमा अझ अगाडि जाननचाहनेको मुल्याङ्कन गर्नु र आफू प्रस्तुत हुनसक्नु बुद्धिमानी हुन्छ ।
यो यति स्वार्थी समाज छ कि एक दिन देश र जनताको लागि केही नगरेको घृणित व्यक्तिवादि मानिसले पनि आफ्नो सम्पूर्ण जीवन सम्पत्ति परिवार मायामोह सुनौला अवशरहरू त्यागेर राष्ट्रिय स्वाधिनता जनतन्त्र र जनजिविकाका लागि सङ्गठन निर्माण गर्दै वलिदानीपूर्ण सङ्घर्ष गर्नेहरूलाई सरापिरहेका देखिन्छन ।
ती घृणित तत्त्वहरू जनआन्दोलन जनयुद्ध जनविद्रोहहरू र जनताले न्याय मुक्ति समानता र स्वतन्त्रताका लागि गरेका सङ्घर्षको बिरोध गरिरहेका हुन्छन् । विदेशी तत्त्वहरूले चलाएको भनेर अपमान गरिरहेका हुन्छन । देश जनता र समाजका लागि ती हानिकारक छन भनेर बुझिएन र उनीहरूले नै प्रयोग गरेभने बुझ्नुहोला, आत्माघाती तथा जनबिरोधि भैयो । मानव जीवन व्यर्थ भयो ! अब बाँच्नुको सार सकियो ! यो धर्तीकै बोझ भैयो ! मर्दा अरूले अपुरणीय क्ष्यति भयो नभन्ने स्थितिको भैयो !
सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्तिको आधार नबनाउनु होला ! सामाजिक सञ्जालमार्फत सत्ता गुमेका, अराजक र अपराधिक नियतका मानिसले आफ्नो अभिष्ट पूरा गर्ने गरेका छन ।
हामी हमेशा मिडियालाई आधार बनाएर अभिव्यक्ति दिने अवस्थामा रहनुपर्दछ । मिडियामा पनि शोषक र सामन्त वर्गको स्वामित्त्व र स्वार्थ रहेको हुन्छ, यो पनि सर्वहारा श्रमजिवी वर्गको पक्षमा हुँदैन भनेर पनि बुझ्नुपर्छ । अनि मिडिया नाफाको प्रतिस्पर्धा पनि हो भनेर बुझ्नुपर्छ ।
राजनीति संगठनमार्फत हुने भएकाले त्यसमा व्यक्तिको देवत्त्वकरण हुँदैन । व्यक्तिलाई देवत्त्वकरणले दल भित्रकै अर्को प्रतिस्पर्धिलाई मार्का पर्ने हुनाले दलमा संलघ्न व्यक्तिहरूको सन्तुलन भएको हुन्छ । रवी आएर गर्छ, राजा ल्याएर सबै काम गर्छ भन्ने जस्तो तुच्छ अभिव्यक्ति दिंदै हिंडेकाहरूले कि त राजनीति बुझेका छैनन कि त स्वार्थी समुह हुन भनेर बुझ्दा सहि हुन्छ ।
राप्रपा जस्तो धार्मिक साम्प्रदायिकता बोक्ने समूह त झन अपराध पनि गरिरहेको हुन्छ । त्यस्ताको पक्षमा आफूलाई प्रस्तुत गर्नु त आत्माघाती काम हुनपुग्दछ ।
अहिले खुल्ला र कानुनी शासनव्यवस्था छ । यति हुँदाहुँदै पनि यो जनपक्षीय चाहिँ भएको छैन । कुनै एउटा गडबडि, अपराध वा अन्य केही बेथिति देखियो भने हजार मिडिया र लाख वटा सामाजिक सञ्जालका पोस्टहरूबाट प्रस्तुत भएको हुन्छ । यो देख्दा लाग्छ गडबडि, अपराध र बेथिति व्याप्त छ ।
यस स्थितिलाई मिलाएर बुझिएन भने आफै बधनियतका व्यक्ति र स्वार्थी समुहको भ्रम र उपयोगमा परिन्छ । अहिलेको खुल्ला, स्वतन्त्र र वैधानिक समाजमा आफुलाई व्यवस्थित र अनुकुल गराउन सकिएन भने आफैलाई सबैभन्दा बढि हानी हुनपुग्दछ ।