आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
काठमाडौं । प्रविधिको भविष्यलाई नजिकबाट अनुभव गराउने उद्देश्यसहित सनवेइयन्स इनोभेसन फेस्ट २०२६ आयोजना हुने भएको छ। विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका साथ आयोजना हुन लागेको यो कार्यक्रम यहि साउन १० गते अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेट्नेछ। कार्यक्रममा सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाउन सक्नेछन्। कार्यक्रमको प्रमुख आकर्षणमध्ये रोबोटिक्स तथा ड्रोन वर्कसप रहनेछ, जहाँ सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै त्यसको प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्ने सन्वे कलेजका प्रिन्सिपल खुशल रेग्मीले जानकारी दिए। त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता पनि कार्यक्रमको विशेष आकर्षण हुनेछ। यसमार्फत सहभागीहरूले आधुनिक एआई उपकरणको प्रयोग गर्दै छिटो, प्रभावकारी तथा सिर्जनात्मक रूपमा सफ्टवेयर विकास गर्ने सीप सिक्ने अवसर पाउनेछन्। कार्यक्रममा एआईको बढ्दो प्रभावबारे केन्द्रित विभिन्न प्यानल छलफलसमेत आयोजना गरिनेछ। एआई इन जर्नालिजम तथा फिजिकल एआई विषयमा हुने छलफलमा सञ्चार, प्रविधि तथा अनुसन्धान क्षेत्रका विज्ञहरूले एआईले पत्रकारिता, उद्योग तथा दैनिक जीवनमा ल्याइरहेको परिवर्तनबारे आफ्ना अनुभव र दृष्टिकोण सार्बजनिक गर्नेछन्। त्यसैगरी एआई फर प्रोडक्टिभिटी तथा एआई टक सिरिज अन्तर्गत बौद्धिक सम्पत्ति अधिकार (आईपी ल), ...


















