Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल

Sambridinews by Sambridinews
मङ्लबार, साउन ५, २०८३
in TOP STORIES, अर्थ, समाचार
0
डिजिटल पहलले सुनचाँदी व्यवसाय आधुनिक र व्यवस्थित बन्नेछ : चेम्बर अध्यक्ष अग्रवाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन ५ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको डिजिटल पहलले सुनचाँदी व्यवसायलाई आधुनिक, पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आयोजित वेबसाइट तथा मोबाइल एप शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अग्रवालले सुनचाँदी व्यवसाय केवल व्यापार मात्र नभई नेपालको इतिहास, संस्कृति, परम्परा, कला र सभ्यतासँग जोडिएको जीवन्त सम्पदा भएको उल्लेख गरे। उनले नेपाली कालिगढहरूको सीप, मौलिक कला र परम्परागत डिजाइनलाई आधुनिक प्रविधि, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सके मेड इन नेपाल गहनाले विश्व बजारमा विशिष्ट पहिचान बनाउन सक्ने धारणा राखे।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

अध्यक्ष अग्रवालले विश्व बजारमा सुनको मूल्य निरन्तर बढ्दै जाँदा त्यसको सकारात्मक र नकारात्मक दुवै असर व्यवसायमा परेको बताए। सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत सुन, चाँदी तथा तिनबाट निर्मित गहनाको बिक्रीमा थप ०.५ प्रतिशत कर वृद्धि गरेको निर्णयले वैधानिक व्यवसायमा थप दबाब सिर्जना गर्ने भन्दै उनले करको दायरा विस्तार, प्रभावकारी कर प्रशासन तथा अवैध कारोबार नियन्त्रणमा जोड दिनुपर्ने बताए।

उनले दक्ष कालिगढको अभाव, विदेश पलायन, सुरक्षा जोखिम तथा सुन तस्करीलाई पनि व्यवसायका प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै व्यवसायी, बैंक, बीमा कम्पनी तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै नेपाल चेम्बर अफ कमर्स व्यवसायमैत्री नीति, स्थिर कर प्रणाली, कालिगढ संरक्षण तथा नेपाली हस्तकलाको प्रवर्द्धनका लागि निरन्तर सहकार्य गर्न प्रतिबद्ध रहेको उनले बताए।

सोही अवसरमा अध्यक्ष अग्रवालले महासंघको नयाँ वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गरेका थिए।

महासंघका अध्यक्ष किसान सुनारले परम्परागत सुनचाँदी व्यवसायलाई आधुनिक, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले वेबसाइट र मोबाइल एप सञ्चालनमा ल्याइएको बताए। उनले महासंघ, प्रदेश र जिल्ला संघलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गरी सदस्यहरूको विवरण, सूचना प्रवाह, प्रशासनिक कार्य तथा तथ्यांक व्यवस्थापनलाई प्रविधिमार्फत सहज बनाउने लक्ष्य राखिएको जानकारी दिए।

उनका अनुसार नयाँ प्रणालीमार्फत प्रत्येक जिल्ला र प्रदेश संघको आफ्नै वेबसाइट सञ्चालन हुनेछ भने सदस्यता नवीकरण, परिचयपत्र, प्रमाणपत्र तथा अन्य प्रशासनिक सेवा डिजिटल माध्यमबाट उपलब्ध हुनेछन्। एसएमएसमार्फत सूचना पठाउँदा लाग्ने खर्चसमेत उल्लेखनीय रूपमा घट्ने उनले बताए।

अध्यक्ष सुनारका अनुसार मोबाइल एपमार्फत सदस्यहरूले किन्ने वा बेच्ने सामान तथा सेवाको विवरण पोस्ट गर्न, व्यवसायीबीच प्रत्यक्ष व्यापारिक सम्पर्क स्थापित गर्न, सुन, चाँदी तथा अमेरिकी डलरको विगतका मूल्यहरूको विश्लेषण गर्न तथा केही सेकेन्डमै अनुमानित बिल तयार गरी ग्राहकको व्हाट्सएपमा पठाउन सक्ने सुविधा उपलब्ध हुनेछ।

महासंघले यो डिजिटल प्लेटफर्मले सदस्य सेवा, बजार सूचना, व्यवसायिक पारदर्शिता, व्यापार प्रवर्द्धन तथा नेपाली सुनचाँदी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Related

Previous Post

नेपालमा प्रोटोन इमास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख रुपैयाँ

Next Post

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
Next Post
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पूर्वराजा ज्ञानेन्द्रकाे राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव

पूर्वराजा ज्ञानेन्द्रकाे राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव

आइतवार, फाल्गुन ७, २०७९
इन्धनमा उच्च नाफा, उपभोक्ता मारमा

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि

बिहिबार, भदौ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In