Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, July 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 

Sambridinews by Sambridinews
बिहिबार, साउन ७, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोमनी अवार्ड्स फर एक्सिलेन्स २०२६ अन्तर्गत तीन महत्वपूर्ण विधामा सम्मान प्राप्त गरेको छ। बैंकले ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ तथा ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ उपाधि हासिल गरेको जनाएको छ।

बैंकका अनुसार यी अवार्डहरूले नबिल बैंकको वित्तीय सुदृढता, डिजिटल बैंकिङमा नेतृत्व, जिम्मेवार बैंकिङ अभ्यास तथा वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) सम्बन्धी पहलका साथै साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा पुर्‍याएको योगदानलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएका हुन्।

You might also like

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सम्मानले ग्राहक, कर्मचारी, शेयरधनी तथा साझेदारले बैंकमाथि राखेको विश्वासको प्रतिफल भएको बताए। उनका अनुसार यी अवार्डहरूले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको बैंकको प्रतिबद्धतालाई थप सुदृढ बनाएका छन्।

युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई विश्व बैंकिङ क्षेत्रकै प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ। यसमार्फत नवप्रवर्तन, नेतृत्व क्षमता र उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न मुलुकका बैंक तथा वित्तीय संस्थालाई सम्मान गरिन्छ।

बैंकका अनुसार ‘नेपाल्स बेस्ट बैंक’ उपाधिले बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित सेवा, डिजिटल रूपान्तरण र समग्र बैंकिङ उत्कृष्टतालाई मान्यता दिएको छ।

त्यसैगरी, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ अवार्डले दिगो वित्त, हरित लगानी, जिम्मेवार बैंकिङ, वित्तीय समावेशीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको कार्यको मूल्यांकन गरेको जनाएको छ।

यस्तै, ‘नेपाल्स बेस्ट बैंक फर एसएमईज्’ अवार्डले साना तथा मझौला उद्यमलाई लक्षित कर्जा, वित्तीय सेवा र परामर्शमार्फत उद्यमशीलता तथा आर्थिक गतिविधि विस्तारमा बैंकले खेलेको भूमिकालाई सम्मान गरेको बैंकको भनाइ छ।

नबिल बैंकले विगत केही वर्षदेखि डिजिटल बैंकिङ, दिगो बैंकिङ अभ्यास र वित्तीय समावेशीकरणमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। हाल बैंकले देशभर २६४ शाखा र ३१५ एटिएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। साथै, ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणामार्फत समावेशी र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ बैंकले आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।

Related

Previous Post

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

Next Post

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

Sambridinews

Sambridinews

Related Posts

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

by Sambridinews
बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

by Sambridinews
बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक 'वाशर ड्रायर' 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

मन्त्री श्रेष्ठले सार्वजनिक गरे आर्थिक वर्ष २०८० / ८१को मन्त्रालयको प्रगती विवरण

मन्त्री श्रेष्ठले सार्वजनिक गरे आर्थिक वर्ष २०८० / ८१को मन्त्रालयको प्रगती विवरण

सोमवार, पुस २३, २०८०
सरकारले ८७ प्रकारका विषयलाई गोप्य रहनेगरी वर्गिकरण गरेकोप्रति महासंघको ध्यानाकर्षण ; प्रधानमन्त्री प्रचण्डकाे सच्याउने प्रतिवद्धता

सरकारले ८७ प्रकारका विषयलाई गोप्य रहनेगरी वर्गिकरण गरेकोप्रति महासंघको ध्यानाकर्षण ; प्रधानमन्त्री प्रचण्डकाे सच्याउने प्रतिवद्धता

आइतवार, माघ १५, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता
TOP STORIES

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

बिहिबार, साउन ७, २०८३
नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन
TOP STORIES

नयाँ स्वरूपमा नेपाल व्यायाम मन्दिर पुनः सञ्चालन

बिहिबार, साउन ७, २०८३
आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा
TOP STORIES

आइतवार सनवेइयन्स इनोभेसन फेस्ट २०२६ हुँदै, एआईदेखि रोबोटिक्ससम्म अत्याधुनिक प्रविधिको अनुभव एकै ठाउँमा

बिहिबार, साउन ७, २०८३
नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख
FEATURED

नेपाली बजारमा भित्रियो सबैभन्दा ठूलो ब्याट्री क्षमताको इलेक्ट्रिक पिकअप ‘म्याक्सस ई-टेरोन ९ कम्फर्ट’, सुरुवाती मूल्य ८८ लाख

बिहिबार, साउन ७, २०८३
मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 
TOP STORIES

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ 

बिहिबार, साउन ७, २०८३
नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 
FEATURED

नबिल  बैंक  युरोमनी  अवार्डस्  फर  एक्सिलेन्स  २०२६  मा  नेपाल्स  बेस्ट  बैंक  सहित  तीन प्रतिष्ठित अवार्डबाट सम्मानित 

बिहिबार, साउन ७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In