Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, September 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान

Sambridinews by Sambridinews
बुधबार, साउन ६, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
सबित्री धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ,  एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै अमरावती बुटिक होटलले सबित्री धामीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा अमरावती बुटिक होटलले धामीलाई नगद ५० हजार प्रदान गर्दै सम्मान गरेको हो ।
धामीले एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको सर्वाधिक रनकर्ता बन्न सफल भएकी थिइन् । उनले प्रतियोगिताभर २ सय ५६ रन जोड्दै नेपाली महिला यू–१९ क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरिन् ।
उनले प्रतियोगितामा लगातार तीन अर्धशतक प्रहार गर्दै नेपाली महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धशतक बनाउने पहिलो खेलाडीको रूपमा इतिहास रचेकी छन्। प्रतियोगितामा उनको उत्कृष्ट व्यक्तिगत स्कोर अपराजित ७८ रन रह्यो, जुन उनले सिंगापुर यू–१९ महिला टोलीविरुद्ध बनाएकी थिइन्।

सबित्री धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटल परिवारप्रति हार्दिक आभार व्यक्त गरिन्। उनले उक्त सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन्। साथै उनले उक्त सम्मान आफ्ना प्रशिक्षक, टोलीका साथीहरू, परिवार तथा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूलाई समर्पण गर्दै भविष्यमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसैगरी, अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सबित्री धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा सावित हुने बताए। उनले प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्दै लगातार तीन अर्धशतक प्रहार गरेर इतिहास रचेकी धामीको प्रदर्शन सम्पूर्ण नेपाली क्रिकेटका लागि प्रेरणादायी रहेको बताए। श्रेष्ठले यस्ता प्रतिभावान खेलाडीहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुद, विशेषगरी महिला क्रिकेटको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि अमरावती बुटिक होटल निरन्तर सहकार्य र समर्थनमा रहने प्रतिबद्धता जनाए।
उनको उपलब्धिको सम्मानस्वरूप अमरावती बुटिक होटलले प्रदान गरेको सम्मानले युवा खेलाडीहरूलाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।
धामीले प्रतियोगिताभर उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नेपाललाई एसीसी महिला यू–१९ एसिया कपमा स्थान बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन्। जापानविरुद्धको क्वार्टरफाइनलमा उनले ४१ रनको योगदानले नेपालले जित दर्ता गर्दै एसीसी महिला यू–१९ एसिया कपमा स्थान सुरक्षित गरेको थियो। प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो।

You might also like

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

Related

Previous Post

२३औं संस्करणको पल्सर स्पोर्टस् अवार्डको मिति तय: भदौ १८ गते हुने, गोल्छा ग्रुपको साथ निरन्तर

Next Post

उद्योग वाणिज्य महासंघका वस्तुगत परिषद् गठननिजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय स्थापित गर्नु पर्नेमा उद्यागी व्यवसायीको जोड

Sambridinews

Sambridinews

Related Posts

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

by Sambridinews
शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

by Sambridinews
मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

by Sambridinews
सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एमालेले लगायो मन्त्रीहरूको टुङ्गो

एमालेले लगायो मन्त्रीहरूको टुङ्गो

सोमवार, असार ३१, २०८१
आधिकारिक रुपमा नेपाल भित्रियो अउडी

आधिकारिक रुपमा नेपाल भित्रियो अउडी

शुक्रबार, भदौ ८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित
FEATURED

काबेली हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, १६.३२% लाभांश पारित

शनिबार, भदौ २७, २०८३
भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग
FEATURED

भन्सार एजेन्ट संघद्वारा बाढीपीडितको राहतका लागि २ लाख सहयोग

मङ्लबार, भदौ १६, २०८३
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह
FEATURED

विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको अपिलउपभोक्तालाई राहत र भरोसा दिने कार्यमा एकजुट भई लाग्न चेम्बरको आग्रह

सोमवार, भदौ १५, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In