मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडिया (CG Meridia) ले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’
काठमाडौँ – वर्षायाम (मनसुन) सुरु भएसँगै लगातारको झरी र घाम नलाग्ने समस्याले लुगा धुने र सुकाउने काम हरेक घरका लागि टाउको दुखाइको विषय बन्ने गर्छ। ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने आम समस्यालाई मध्यनजर गर्दै, सिजीको प्रिमियम ब्रान्ड 'सिजी मेरिडिया' (CG MERIDIA - Signature Series) ले अत्याधुनिक प्रविधिसहितको नयाँ 'फ्रन्ट लोड वाशर ड्रायर' (Front Load Washer Dryer - Model: CGMWD107DD) नेपाली बजारमा सार्वजनिक गरेको छ। यस नयाँ वाशर ड्रायरले लुगा धुने र पूर्ण रूपमा सुकाउने दुवै काम एकै मेसिनबाट गर्ने हुँदा मनसुनको समयमा यो हरेक घरका लागि उत्कृष्ट र भरपर्दो समाधान बनेको छ। १० केजी धुने (Washer) र ७ केजी सुकाउने (Dryer) उच्च क्षमता रहेको यस मेसिनमा अत्याधुनिक 'डाइरेक्ट ड्राइभ' (Direct Drive - DD) मोटर को प्रयोग गरिएको छ। बेल्ट र पुल्लीको प्रयोग नभएको यस DD मोटरले आवाज र कम्पन (Vibration) निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी प्रदान गरेको छ। मनसुनका लागि विशेष र अत्याधुनिक सुविधाहरू: ∙स्मार्ट ड्राइङ सिस्टम (Smart Drying System): बाहिर जस्तोसुकै झरी परे पनि यस प्रविधिले लुगालाई मेसिनभित्रै पूर्ण रूपमा सुकाएर सिधै लगाउन वा पट्याएर दराजमा राख्न मिल्ने बनाउँछ। ∙उच्च कीटाणुनाशक प्रविधि (Health & Hygiene): मनसुनको ओसिलो मौसममा लुगामा ब्याक्टेरिया र ढुसीको गन्ध आउने समस्यालाई पूर्ण रूपमा हटाउन यसमा Ag+ Sterilization र UV Light Sterilization जस्ता अत्याधुनिक प्रविधिहरू समावेश छन्। साथै, एन्टी-ब्याक्टेरिया ग्यास्केट (Anti-Bacteria Gasket) ले मेसिनको ढोकामा फंगस लाग्न ...


















