Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, February 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
in विचार
0
नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

बीसौं शताब्दीको कम्युनिस्ट आन्दोलनमा सन १९५० देखि ६० को दशक निर्णायक चरण थियोे । दोस्रो विश्वयुद्धपछि शीतयुद्धको सुरुवाती चरणमा सोभियत संघको शक्तिशाली उपस्थिति र चीनमा सन १९४९ मा सम्पन्न जनवादी क्रान्ति र कहिल्यै नदेखिएको समाजवादी मोर्चाको विस्तारले, विश्व राजनीति नयाँ दिशातर्फ उन्मुख भयो ।

तर यही समयमा सोभियत संघका शक्तिशाली नेता, निकिता खुश्चेभ र चिनियाँ नेता माओत्सेतुङवीच उत्पन्न वैचारिक मतभेदले मात्र विश्व कम्युनिस्ट आन्दोलन दुई धारमा विभाजित मात्र भएन, यसको प्रभाव नेपालजस्ता विकशील मुलुकमा पनि देखा पर्यो। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २२ अप्रिल सन १९४९ ( २००६ साल वैशाख १०) गते भएको थियोे।

You might also like

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

विशेषगरी नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन सन् १९६२ ( विस २०१९ ) साल पछि, पार्टीभित्रको आन्तरिक मतभेद र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखिएको द्वन्द्वको प्रतिछाँया पर्यो । सन १९५३ मा शक्तिशाली सोभियत नेता जोसेफ स्टालीनको निधन पश्चात् सोभियत सत्तामा उदाएका, निकिता खुश्चेभले सन १९५६ को पार्टीको बीसौं महाधिवेशनमा,स्टालीनको ब्याक्तीपुजाप्रति आलोचना र अश्लील गाली गर्दे उनले नयाँ निति अघि सारे ।

शान्तिपूर्ण सहअस्तित्व, पुँजीवादी समाजवादी राष्ट्रबीच सहकार्य र सशस्त्र क्रान्ति भन्दा, सुधारवादी मार्गमा जोड दिए ।
यसलाई चिनियाँ पक्ष माओत्सेतुङले चिनियाँ क्रान्तिको आत्मा कमजोर पार्ने संशोधनवादी बाटो हो भनेर कडा शब्दमा आलोचना गरे।

माओले भन्ने पनि गर्दथे, साम्राज्यवाद अझै शक्तिशाली छ र वर्गसंघर्ष निरन्तर चलिरहन्छ । उपनिवेश वा अर्ध उपनिवेश मुलुकले सशस्त्र संघर्षमार्फत क्रान्ति पूरा गर्नुपर्छ ।
यही भिन्न दृष्टिकोणले सोभियत संघ र चीनबीच वैचारिक मतभेद बढ्दै गयो। जसलाई क्ष्लय – क्यखष्भत क्उष्ति भनेर चिनिन्छ । खुश्चेभ र माओ विवादले विश्वभरका कम्युनिस्ट दललाई दुई धारमा उभ्याउन बाध्य पार्यो ।

सोभियत पक्ष :
शान्तिपूर्ण संक्रमण,संसदीय सहभागीता र राष्ट्रिय लोकतान्त्रिक विकासको चरण।

चिनियाँ पक्ष :
साम्राज्यवादविरुद्ध क्रान्तिकारी संघर्ष, सशस्त्र जनविद्रोह र ग्रामीण जनतालाई आधारित क्रान्ति थियोे।
यसरी विश्व कम्युनिस्ट आन्दोलन सोभियत – आधारित संशोधनवादी र चिनियाँ क्रान्तिकारी धारमा विभाजित भयो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा यसको प्रभाव र पार्टीको तेस्रो महाधिवेशन विस २०१९ साल वैशाख ४ गतेदेखि १५ गतेसम्म बनारसको मयुरगञ्जको मोतीहलमा चलेको थियोे ।

पार्टीले जनवादी क्रान्तिलाई आफ्नो लक्ष्य भने पनि, त्यो कुनै स्पस्ट वैचारिक ढाँचामा आधारित थिएन । यसै कारण पार्टीभित्र संसदीय मार्ग र क्रान्तिकारी मार्गबीच चलेको घनिभुत बहसलाई मतदानमा लैजाँदा तुलसीलालको पक्षमा ८२ प्रतिशत मत खसेको थियोे । पुष्पलालको पक्षमा दुई मत र मोहन बिक्रम सिंहको पक्षमा एक मत मात्र परेको थियोे। मोहोन बिक्रम सिंह जेलमा भएका कारण उनको प्रतिनिधित्व बलराम उपाध्यायले गरेका थिए।
नेपालमा धेरै नेताहरु तत्कालीन सोभियत संघ र चीन दुवैसँग वैचारिक निकटता थिए । त्यसमा केही नेताहरू सोभियत शान्तिपूर्ण मार्गतर्फ आकर्षित भए। त्यसमा तुलसीलाल अमात्य ।

अर्कोतर्फ चीनको क्रान्तिकारी विद्रोही तर्फ,नयाँ जनवादी क्रान्तिको लाईन पुष्पलाल श्रेष्ठ।
यही कारण पार्टीभित्र वैचारिक ध्रुवीकरण बढ्दै गयो। सन १९६०( २०१७ ) सालमा राजा महेन्द्रले गरेको सैन्य कु मार्फत लादिएको निर्दलीय पञ्चायती ब्यवस्था लागु गरेपछि, नेपाल कम्युनिस्ट पार्टी भुमिगत भयो ।

सोभियत सत्तालाई समर्थक गर्नेहरुले विधिसम्मत प्रतिरोधमा जोड दिन्थे,भने चिनियाँ लाईन समर्थकले माओवाद,सशस्त्र प्रतिरोध र दीर्घकालीन जनयुद्ध तथा क्रान्तिकारी कार्यदिशा अपनाउन आग्रह गरेका थिए ।

अन्ततः विश्व कम्युनिस्ट आन्दोलनको धुर्विकरणसँगै,नेपाली कम्युनिस्ट आन्दोलन पनि विभाजन भयो।
तुलसीलाल अमात्य सोभियत लाइन, पुष्पलाल श्रेष्ठ चिनियाँ लाइन र मोहन बिक्रम सिंह पनि चिनियाँ लाइनमा थिए। तर उनलाई राजा महेन्द्रले २०१७ सालको काण्डपछि, शान्ति सुरक्षाको कारण देखाएर जेलमा राखेका थिए ।
यसरी पार्टीको तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलन विभाजन भयो । विभाजन हुँनुमा आन्तरिक शक्ति संघर्ष मात्रै थिएन । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखा परेको दुई लाईनको संघर्ष थियोे। सोभियत नेता निकिता खुश्चेभ र चिनियाँ नेता माओत्सेतुङबीचको वैचारिक द्वन्द्वको प्रत्यक्ष प्रभाव परेको थियो ।

सोभियत संघका निकिता खुश्चेभ र चीनका माओत्सेतुङबीच उत्पन्न वैचारिक संघर्षले विश्व कम्युनिस्ट आन्दोलनलाई दुई भागमा विभाजित गरेको ऐतिहासिक तथ्य थियोे ।

यही विभाजनको प्रभाव नेपालमा पनि सशक्त रुपमा पर्यो । नेपाली कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनपछि देखिएको विभाजन र नेतृत्वबीचको वैचारिक संघर्ष, सशस्त्र जनयुद्ध र संसदीय मार्गका बहस सबै अन्तर्राष्ट्रिय बैचारिक ध्रुवीकरणकै छाँया विकसित भएको हो ।

अब पुनः नेपाली कम्युनिस्ट आन्दोलन एकीकृत बनेर अगाडि बढ्न तेस्रो महाधिवेशनमा भएका कमीकमजोरीप्रति आत्मालोचना गरेर अगाडि बढ्न सक्छन् । नत्र हिजोकै नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मिलन जस्तो मात्रै हुनेछ । त्यस्तो अब नहोस ।

Related

Previous Post

गोलन्जोर अस्पतालमा चौबीसैघण्टा सेवा शुरु

Next Post

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

Sambridinews

Sambridinews

Related Posts

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
Next Post
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

दुई कर्मचारी एक लाख रुपियाँ घुससहित अख्तियारकाे नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता  

ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता  

आइतवार, भदौ ८, २०८२
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

मङ्लबार, कार्तिक ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
FEATURED

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

शनिबार, फाल्गुन ९, २०८२
विद्यावाणी र एकलब्य फाइनलमा
TOP STORIES

विद्यावाणी र एकलब्य फाइनलमा

शनिबार, फाल्गुन ९, २०८२
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
FEATURED

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

शुक्रबार, फाल्गुन ८, २०८२
केनिशलाई स्वर्ण
TOP STORIES

केनिशलाई स्वर्ण

बिहिबार, फाल्गुन ७, २०८२
राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने
FEATURED

राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनका विषयमा चेम्बर र तथ्याङ्क कार्यालयबीच सहकार्य हुने

बिहिबार, फाल्गुन ७, २०८२
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल
FEATURED

प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल पुगोस् : राष्ट्रपति पौडेल

बिहिबार, फाल्गुन ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In