Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक

Sambridinews by Sambridinews
शुक्रबार, फाल्गुन ८, २०८२
in FEATURED, TOP STORIES, राजनीति, समाचार
0
नेकपा एमालेको निर्वाचन घोषणापत्र सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

विगतका ट्रयाक रेकर्डले बोल्छ, काम एमालेले मात्र गर्न सक्छः अध्यक्ष ओली
७ फागुन, काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचन–२०८२ को घोषणा पत्र सार्वजनिक गरेको छ । 
‘एमालेले बनाउँछ !’ मूल उद्देश्यसहित तत्काल गर्ने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकताका साथ घोषणा पत्र सार्वजनिक गरिएको छ । 
बिहीबार मध्यान्ह सङ्घीय राजधानी काठमाडौंमा ‘समृद्धिको बहस’ सँगै एमालेले आफ्नो घोषणा पत्र जारी गरेको हो । घोषणा पत्र सार्वजनिक गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो– निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं ।
‘निराशा हटाउन समृद्धिको सपना देख्नु अपराध थिएन, होइन । जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुँदैन, गरिंदैन’, भदौ २३, २४ को राजनीतिक हुण्डरी र विध्वंशपछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– आज हाम्रासामू अर्को जिम्मेवारी थपिएको छ । सिंहदरबार, अदालत, संसद् भवन र अन्य जलाइएका संरचनाहरूको पुनर्निर्माण गर्नुछ । निजी र व्यवसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु छ । शान्ति सुव्यवस्थाप्रति भरोसा फर्काउनु छ । यो काम भावनाले मात्र होइन, अनुशासन, योजना तर्जुमा र त्यसको कार्यान्वयनले हुन्छ । विगतका ट्रयाक रेकर्डले बोल्छ, यी काम एमालेले मात्र गर्न सक्छ ।’
एमालेले सरकारको नेतृत्व गरेदेखिका विगतका अभिलेख रहेको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेसँग विगतका कामका अभिलेखहरू छन् । आन्दोलनमा मात्र होइन, नीति, सुशासन, र विकास निर्माणमा पनि । हाम्रो कार्यशैली पनि जनताले चिनेको छ । लक्ष्य तोक्ने, समयसीमा तोक्ने, काम सुरु गर्ने, काम पूरा गर्ने । कागजमा होइन, व्यवहारमा ।’
‘भदौ २३, २४ को राजनीतिक हुण्डरी र विध्वंशपछि फेरि अनिश्चयको तुवाँलो अझ बाक्लो गरी फैलियो र लामो संघर्षको उपलब्धि संविधान र समग्र व्यवस्थामाथि धावा बोलियो । स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरियो । आज देश यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी छ । भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदै छ’, अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘हामी निर्माणका पक्षमा छौं, उत्तेजनाको पक्षमा होइनौं । हामी स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हौं, त्यसैले कस्तै आक्रमणको बेलामा पनि मौन बस्दैनौं । हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । त्यसैले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं । हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली । हाम्रो सङ्कल्प स्पष्ट छ, सुशासन, विकास, समृद्धि, समानता ।’ 
युवाहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘फेरि अर्को भ्रम हाम्रोसामू चर्चा गरिंदैछ– पुस्तान्तर र अन्तरपुस्ता द्वन्द्व ! म आज स्पष्ट शब्दमा भन्न चाहन्छु– यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन र द्वन्द्वले बन्दैन पनि । देश बनाउनको लागि युवाको ऊर्जा चाहिन्छ– त्यो जोश, त्यो सपना, त्यो हिम्मत जसले जस्तोसुकै कठिन पहाड पनि चढ्न सक्छ । तर सँगसँगै, अनुभवी पुस्ताको दृष्टि पनि चाहिन्छ । त्यो बुद्धि, त्यो संयम, त्यो मार्गदर्शन जसले युवा लड्खडाउँदा भरोसा दिन्छ ।’
फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्व, बलिदानपूर्ण सङ्घर्षका कारण रैतीबाट जनता बनेको दिनलाई स्मरण गर्दै अध्यक्ष ओलीले जहानियाँ शासनविरुद्ध जीवन उत्सर्ग गर्नुहुने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभयो । त्यसका साथै अध्यक्ष ओलीले राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, न्यायपूर्ण समतामूलक समाज निर्माणका निम्ति भएका सबै आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

विकासका लागि पाँच आधारभूत घोषणाः
१.     आर्थिक सामाजिक विकासः 
-७.५ आर्थिक वृद्धि दर । १० लाख नेपाली गरिबीबाट मुक्त । मानव विकास सूचकाङ्कमा पाँच बिन्दुको सुधार ।
२.     भूकम्पपछिको पुनर्निर्माणः
– ८ लाख ५० हजार निजी आवास निर्माण । ७५ सय विद्यालय र १५ सय स्वास्थ्य संस्थाको स्वास्थ्य क्षेत्रका संरचनाको पुनर्निर्माण । सांस्कृतिक सम्पदाको जगेर्ना ।
३.     पूर्वाधार विकासमा क्रान्तिः
– नेकपा (एमाले) नेतृत्व सरकार रहँदा प्रतिदिन पाँच किलोमिटर सडक कालोपत्रे । दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन । आधुनिक रेल र सुरुङमार्गको सुरुवात ।
४.     राष्ट्रिय गौरवका योजनाहरूः
-लोडसेडिङकोे अन्त्य र ऊर्जा निर्यात । अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची आयोजना । सङ्घीय संरचनाहरूको निर्माण ।
५.     डिजिटल नेपाल र सुशासनः
-७७ जिल्लामा फोरजी (द्धन्) सेवा विस्तार । अनुगमनका लागि ‘एक्सन रुम’ । ६५ जिल्लामा स्वास्थ्य बीमाको पहुँच ।

You might also like

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

मन्त्रीपरिषद्को पहिलो बैठकपछि थाल्ने ११ कामः 
१.     १० जिबी इन्टरनेट डाटाः
– १८ देखि २८ वर्ष उमेर समूह युवाहरूलाई एक वर्षका लागि १० जिबी इन्टरनेट डाटा निःशुल्क उपलब्ध ।
२.     युवा र उद्यमीलाई हजार बराबरको डलर कार्डः
– डिजिटल स्वतन्त्रता र विश्वव्यापी पहुँचका लागि स्टार्टअप, आईटी÷टेक उत्पादन, डिजिटल मार्केटिङका लागि । विदेशमा कम्पनी स्थापना गर्न र सेयर खरिद गर्न सहज । १० लाख युवालाई स्वरोजगार ।
३.     वैदेशिक रोजगारीमा रहेकाहरूको खातामा पाँच हजार र सामाजिक सुरक्षामा निरन्तरताः
– विप्रेषण पठाउने श्रमिकको बैङ्क खातामा वार्षिक थप पाँच हजार बोनस । वैदेशिक रोजगारीमा जाने सबै श्रमिकलाई योगदानमा आधारित समाजिक सुरक्षा प्रणालीमा निरन्तरता । 
४.     विद्यार्थीलाई २० लाख निव्र्याजी ऋण, पारिश्रमिकसहित इन्टर्नशीपः
– शिक्षा र अनुभवको ग्यारेन्टी रु. २० लाख प्राविधिक उच्च शिक्षाका लागि निव्र्याजी ऋण । पारिश्रमिकसहितको इन्टर्नशीप । सरकारी सेवा, निजी क्षेत्र र अध्यापन क्षेत्रमा न्यूनतम पारिश्रमिकसहितको व्यवस्था । 
५.     सबै विद्यालयका किशोरीलाई निःशुल्क प्याड । १० कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा ।
६.     श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजारः
– २५ हजार रुपैया मासिक न्यूनतम पारिश्रमिक । श्रमिकहरुको सीप र उत्पादकत्व बढाउने । औपचारिक, अनौपाचारिक, स्वरोजगारी वा ज्याला रोजगारी सबैका लागि ।
७.     शिक्षकको मर्यादा र सामाजिक सुरक्षाः 
– शिक्षकको मर्यादाक्रम तोक्ने । सबै विद्यालयका शिक्षकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने ।
८.     स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता र सामाजिक सरक्षाः
– स्वास्थ्य स्वयंसेविकाको वार्षिक भत्ता २० हजार पु¥याउने । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्ने ।
९.     २० लाखसम्म उद्यमी महिला निव्र्याजी ऋण, २० हजार सुत्केरी महिला भत्ता र पाँच लाखको निःशुल्क जीवन बीमाः
– उद्यमी महिलालाई २० लाख निव्र्याजी ऋण उपलब्ध । २० हजार सुत्केरी पोषण भत्ता । घरदेखि अस्पतालसम्मको यातायात खर्च दोब्बर गरिने 
१०.    २५ हजारसम्मको ऋण मिनाहा, सामाजिक सुरक्षाः
– विपन्न परिवारलाई राहतका लागि २०८२ भदौसम्म राज्यद्वारा गरीब परवारको रूपमा पहिचान भएकाहरुले लिएका २५ हजारसम्मको ऋण मिनाहा । 
११.     सुरक्षाकर्मीको सम्मान र कल्याणः
-बहालवाला तथा अवकाशप्राप्त सुरक्षाकर्मीको सम्मान र कल्याण सुनिश्चत गरिने । पेशागत मर्यादा, स्वास्थ्योपचार र सीप विकास गरिने ।

समृद्धिका २५ स्तम्भहरूः
१.     हाम्रो अर्थः आधा दशकमा सय खर्ब– एक दशकमा दुई सय खर्ब 
२.     मर्यादित श्रमः स्वदेशमै रोजगारी, स्वदेशमै काम
३.     सुरक्षित, सम्मानजनक वासः आधुनिक, नागरिकमैत्री आवास
४.     गतिशील गाउँ, आधुनिक सहर–आर्थिक विकासको नयाँ लहर
५.     सहरको स्वच्छता, पूर्वाधारको पूर्णता–सम्मुनत सहर हाम्रो प्रतिबद्धता
६.     स्वच्छ पानी, सफा आँगन–स्वस्थ नेपाली हाम्रो अभियान
७.     उद्योग क्षेत्रको विस्तार, उत्पादनमा बृद्धि–२० प्रतिशत योगदान, राष्ट्रको समृद्धि
८.     आयात घटाउने, निर्यात बढाउने–भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने
९.     आधुनिक खेती, उन्नत व्यवसायः कृषिमै रोजगारी, पर्याप्त आय
१०.हरियो बन, समुदायको धन–संरक्षण, उपयोग, दिगो व्यवस्थापन
११.     सहकारीमा सुशासन र पारदर्शिता–बचतकर्ताको हित, हाम्रो प्रतिबद्धता
१२.     पर्यटकको बृद्धि, लामा बसाइ–गाउँ, सहरमा काम र कमाइ
१३.     खेतीयोग्य जमिनमा कुलो र नहर–बाह्रै महिना सिँचाइ, खाद्यन्नमा आत्मनिर्भर
१४.     गुणस्तरीय शिक्षा, उन्नत प्रविधि–ज्ञानयुक्त नागरिक, देशका निधि
१५.     स्वस्थ खाना, योग÷व्यायाम–निरोगी नेपालको महाअभियान
१६.     डिजिटल पूर्वाधार–विकास र सुशासनको आधार 
१७.     सुरक्षित यातायात, आधुनिक पूर्वाधार–दिगो विकास, समृद्धिको आधार
१८.    स्वच्छ ऊर्जा, स्वदेशमा खपतः हरित विकास, विदेशमा निर्यात
१९.   पुननिर्माण र नयाँ निर्माण
२०.   सुदृढ वित्तीय प्रणालीः उत्पादनशील लगानी 
२१.    सिर्जनशीलता युवा, नवीन विचार–समाज रुपान्तरणको सुदृढ आधार
२२.    ऊर्जावान् खेलाडी, देशको शान–खेलकुदको विकास, राष्ट्रको मान
२३.    सफा हात, स्वच्छ प्रशासन–गुणास्तरीय सेवा, जनप्रिय शासन
२४.   सबैसँग मित्रता, छैन कसैसँग शत्रुता
२५.   नेपालका सद्भाव दूत, एनआरएनको सम्मानः मातृभूमिको विकासमा सार्थक योगदान

समृद्धिको बहसः
घोषणा पत्र सार्वजनिकसँगै कान्तिपुर टेलिभिजनका समाचार सम्पादक तथा चर्चित टेलिभिजन प्रस्तोता रूपेश श्रेष्ठले ‘समृद्धिको बहस’का लागि मध्यस्थ गर्नुभएको थियो । नेकपा (एमाले) को ‘समृद्ध नेपाल, सुखी 
नेपाली’ राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ मूल नारामा केन्द्रित समृद्धिको बहसमा डा. युवराज खतिवडा, डा. शिवराज अधिकारी, डा. पुष्प कँडेल र डा. यमुना घलेले घोषणा पत्रसम्बन्धी विविध विषयमा बहस गर्नुभएको थियो ।
घोषणा पत्र सार्वजनिकीकरणमा उपाध्यक्षद्वय रामबहादुर थापा, रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय लेखराज भट्ट, योगेश भट्टराई, पूूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिवहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, डा. राजन भट्टराई, महेश बस्नेतसहित दलका नेता, आमन्त्रित युवा तथा महिला उम्मेदवार र उपत्यकामा उपलब्ध उम्मेदवारको सहभागिता थियो । पार्टीद्वारा आमन्त्रित उद्योगी तथा व्यवसायी, बौद्धिक समूह, कानुन व्यवसायी, पत्रकार, मानवअधिकारकर्मी र युवापुस्ताको उल्लेख्य उपस्थिति थियो । 

Related

Previous Post

केनिशलाई स्वर्ण

Next Post

विद्यावाणी र एकलब्य फाइनलमा

Sambridinews

Sambridinews

Related Posts

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

by Sambridinews
बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

by Sambridinews
बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

by Sambridinews
बुधबार, भदौ ३, २०८३
Next Post
विद्यावाणी र एकलब्य फाइनलमा

विद्यावाणी र एकलब्य फाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

टर्कीमा शाक्तिशाली भुकम्पबाट सैयौको मृत्यु

टर्किमा पुन ६.३ म्याग्नेच्युडको भूकम्प ; तीनजनाकाे मृत्यु

मङ्लबार, फाल्गुन ९, २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूकम्प प्रभावितहरुको उद्दार र उपचारका प्रभावकारी रुपमा काम गर्न निर्देशन

सुदूरपश्चिमका मुख्यमन्त्रीले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी

आइतवार, फाल्गुन २१, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार
TOP STORIES

नेस स्पोर्ट ग्लोबल बन्यो सुदूरपश्चिम रोयल्सको रणनीतिक साझेदार

बुधबार, भदौ ३, २०८३
नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
FEATURED

नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने

बुधबार, भदौ ३, २०८३
गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 
TOP STORIES

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२६: शीर्ष ६ फाइनलिस्ट घोषणा 

बुधबार, भदौ ३, २०८३
नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम
TOP STORIES

नाइमाको अफरमा ४४ वटा म्याक्सस ई–टेरेन बुकिङ, भदौ १५ सम्म छुट कायम

बुधबार, भदौ ३, २०८३
टाटा कार्निभलको चौथो संस्करण 
FEATURED

टाटा कार्निभलको चौथो संस्करण 

बुधबार, भदौ ३, २०८३
नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड
FEATURED

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

बुधबार, भदौ ३, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In