Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, January 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

Sambridinews by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
in विचार
0
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

पौष २६ देखि २८ सम्म हुन लागेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल पार्टीको संगठनात्मक औपचारिकता मात्र होइन । राजनीतिक रूपान्तरणको निर्णायक मोड हो । खासगरी युवापुस्ताका लागि यो महाधिवेशन ‘अर्जुन दृष्टि’ जस्तै लक्ष्यमा केन्द्रित विचलित नहुने र आगामी दशकको नेपाली राजनीति कता मोडिन सक्छ भन्ने रोडम्याप कोर्ने अवसर बनेको छ।

गत केही वर्षयता कांग्रेसभित्र उभिएको युवा दृढतापुर्बक यतिबेला महाधिवेशनमार्फत स्पष्ट राजनीतिक दिशा लिन खोजिरहेको छ। ७५ वर्ष पुरानो पार्टीमा संरचनागत चुनौतिहरू, पुरानाका प्राथमिकता र समयानुकूल नबनेको कार्यशैलीले युवाहरूमा गम्भीर असन्तोष बढाएको छ। तर यही असन्तोषले नै नयाँ नेतृत्व नयाँ सोच र उत्तरदायी पार्टी निर्माणको मागलाई तिखारिदिएको छ । यस कारण महाधिवेशन केवल नेतृत्व चयनको होइन, पार्टीलाई भावी पुस्ताको आकांक्षाअनुसार रि–ईन्भेशन गर्ने प्रक्रियाको परीक्षण हो।

You might also like

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार

युवाहरूको अर्जुन दृष्टि तीन मूल बिन्दुमा केन्द्रित हुनु पर्छ,नीतिगत स्पष्टता, संगठनात्मक रूपान्तरण र नेतृत्वको पुस्तान्तरण।
पहिलो, नीतिगत स्पष्टता। कांग्रेस अझै लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको पार्टी हो भन्ने पहिचान मजबूत छ, तर समकालीन चुनौती,बेरोजगारी, युवा विदेशगमन, आर्थिक संकट, भ्रष्टाचार, सामाजिक असमानता,उपर ठोस नीतिगत विकल्प प्रस्तुत गर्न पार्टी चुकेको धारणा बलियो छ। युवाहरूको दृष्टिमा १५औँ महाधिवेशनले आर्थिक रूपान्तरण, शासन सुधार र डिजिटल लोकतन्त्रका पाटामा दूरदर्शी नीतिगत रणनिति स्थापित गर्नुपर्छ ।

दोस्रो, संगठनात्मक रूपान्तरण। कांग्रेसको स्थानीय संरचना कमजोर हुँदै गएको, संगठनले जनतासँगको सम्बन्ध गुमाउँदै गएको र प्रतिस्पर्धी दलहरूले घेर्दै लगेका क्षेत्रहरूमा पुनः प्रवेश गर्न कठिन बनेको यथार्थ युवाहरूले प्रष्ट बुझिरहेका छन्। उनीहरूको अर्जुन दृष्टि स्पष्ट छ,पार्टीलाई टोलदेखि केन्द्रीय तहसम्म पारदर्शी, परिणाममुखी र कार्यसम्पादनमा आधारित बनाइनुपर्छ। सदस्यता नवीकरणदेखि उम्मेदवार छानोटसम्म सबै प्रक्रिया व्यवस्थित, खुला र जिम्मेवारीसहित हुनु आवश्यक छ।

तेस्रो, नेतृत्वको पुस्तान्तरण। यही बिन्दुले सबैभन्दा ठूलो ऊर्जा र बहस उत्पन्न गरिरहेको छ। कांग्रेसभित्र युवा पुस्ताले अब नेतृत्वमा दाबी गर्नु केवल ‘स्लोगन’ होइन, ऐतिहासिक आवश्यकता भएको छ। देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या ४० वर्षभन्दा तलको उमेर समूहमा छ, तर पार्टी नेतृत्वमा युवाको उपस्थिति अत्यन्त न्यून छ। गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखक जस्ता समकालीन मध्यम,युवा पुस्ताको भूमिकाले पार्टीभित्र सम्भावनाको ढोका खोलिदिएको छ, तर ती भूमिकालाई संस्थागत तहमा पु¥याउन महाधिवेशन निर्णायक मोड हो।

युवाहरूको अर्जुन दृष्टि एउटै बुँदामा टेकिन्छ,विश्वसनीय, सक्षम र परिवर्तनकारी कांग्रेस निर्माण। उनीहरूको आकांक्षा कुनै व्यक्तिको पक्ष वा विपक्षमा मात्र सीमित छैन; यो नयाँ राजनीतिक संस्कार निर्माणको सामूहिक चाहना हो। महाधिवेशनले यदि संरचनात्मक सुधार, निष्क्रिय,अप्रासंगिक नेतृत्वबाट पार्टीलाई मुक्त गर्ने र कार्यकर्तामुखी नेतृत्व उठाउने निर्णय गर्छ भने कांग्रेस पुनर्जीवनको बाटोमा अगाडि बढ्न सक्छ। नत्र यसैबीच रहेका असन्तोष, अविश्वास र संगठनात्मक थकानले कांग्रेसलाई अझै कमजोर बनाउने खतरा छ।

पौष २६–२८ को तीन दिन १५ औँ महाधिवेशन र युवाहरूको अर्जुन दृष्टि यी सबै मिलेर कांग्रेसको आगामी दशकको दिशा निर्धारण हुने छ। युवापुस्ताको स्पष्ट दृष्टि अडान र परिवर्तनको आकांक्षा अब पार्टीका नया चुनिएर आएका महाधिबेशन प्रतिनिधिहरूले कत्तिको सुन्ने र आत्मसात् गर्ने हो, यही महाधिवेशनको ऐतिहासिक मूल्यांकन हुनेछ।

Related

Previous Post

प्रेस काउन्सिल नेपालको अध्यक्षमा डा.कुमार शर्मा नियुक्त

Next Post

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

Sambridinews

Sambridinews

Related Posts

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार
विचार

आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार

by Sambridinews
बुधबार, मंसिर ११, २०८२
जंगबहादुरले जोडेको मुलुक
विचार

जंगबहादुरले जोडेको मुलुक

by Sambridinews
मङ्लबार, मंसिर १०, २०८२
नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन
विचार

नेपाली वामपन्थीहरुले तेस्रो महाधिवेशनका कमजोरी आत्मालोचना गरुन

by Sambridinews
मङ्लबार, मंसिर ३, २०८२
Next Post
एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा २० प्रतिशतसम्म छुट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सलमान खानलाइ ज्यान मार्ने धम्की

सलमान खानलाइ ज्यान मार्ने धम्की

सोमवार, बैशाख १, २०८२
शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने

प्रधानमन्त्री प्रचण्डको तीन बर्ष अघिको अभिव्यक्तिलाई लिएर सर्वोच्चमा रिट दर्ता

मङ्लबार, फाल्गुन २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२
हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित
TOP STORIES

हिमालयन च्यालेन्जर्समा अभिकको लगातार पाँचौं जित

शुक्रबार, माघ ३, २०८२
एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल
FEATURED

एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो सम्पत्ति लिलाम बिक्री सम्बन्धी जानकारी पोर्टल

शुक्रबार, माघ ३, २०८२
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा
TOP STORIES

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको (NLG) २०औँ वार्षिक साधारण सभा

शुक्रबार, माघ ३, २०८२
आजदेखि डिजेल, मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो
FEATURED

पेट्रोल, डिजेल र मट्टितेलकाे मूल्य घट्याे

शुक्रबार, माघ ३, २०८२
नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभा सम्पन्न

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In