Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, July 8, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन ९, २०८२
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उहाँले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको बताउनुभयो । उहाँले विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृङ्खलामा अवरोधको अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उहाँको धारणा थियो । अध्यक्ष ढकालले नेपाल जलविद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताउनुभयो । यस्तै उहाँले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनाहरुमा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराउनुभयो । उहाँले भन्नुभयो “नेपालमा उर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्दछु ।” नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले दीर्घकालीन रुपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधारहरु भइरहेको पनि उल्लेख गर्नुभयो । उहाँले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यवसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको उल्लेख गर्दै अध्यक्ष ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्ताहरुलाई आह्वान पनि गर्नुभयो । उहाँले राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र आपसी विश्वासका आधारमा इन्डो–नेपाल आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास पनि व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, भारत सरकारका सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धिया, संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह सेखावत, भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा लगायत उच्चस्तरीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Related

Previous Post

विद्यावाणी र एकलब्य फाइनलमा

Next Post

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

Sambridinews

Sambridinews

Related Posts

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन
FEATURED

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन

by Sambridinews
मङ्लबार, असार २३, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

by Sambridinews
मङ्लबार, असार २३, २०८३
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
FEATURED

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

by Sambridinews
मङ्लबार, असार २३, २०८३
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
FEATURED

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

by Sambridinews
सोमवार, असार २२, २०८३
सरिनालाई युकेमा स्वर्ण
TOP STORIES

सरिनालाई युकेमा स्वर्ण

by Sambridinews
सोमवार, असार २२, २०८३
Next Post
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक,मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय स्केटबोर्ड शनिबार

राष्ट्रिय स्केटबोर्ड शनिबार

बिहिबार, असार ७, २०८०
खेलाडीलाई उपचार खर्च

खेलाडीलाई उपचार खर्च

सोमवार, अशोज २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन
FEATURED

इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा यहाँ मात्र’ प्यासेन्जर ३६०° क्याम्पेन

मङ्लबार, असार २३, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

मङ्लबार, असार २३, २०८३
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
FEATURED

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

मङ्लबार, असार २३, २०८३
२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन
FEATURED

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

सोमवार, असार २२, २०८३
सरिनालाई युकेमा स्वर्ण
TOP STORIES

सरिनालाई युकेमा स्वर्ण

सोमवार, असार २२, २०८३
राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
TOP STORIES

राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन

सोमवार, असार २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In