Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

Sambridinews by Sambridinews
मङ्लबार, कार्तिक ७, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

काठमाडौं, कात्तिक ७ ,पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई मंगलबार ऐतिहासिक पदक दिलाएकी छन् ।
चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् । दशैंको मुख्य दिन विजयीदशमीमा पलेशाले एसियाली पारा खेलकुदमा जितेको कांस्य पदक उनको मात्र नभइ नेपालकै लागि पनि अहिलेसम्म पहिलो र एक मात्र पदक हो ।
नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझावमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै ९चौथो० संस्करणदेखि मात्र समावेश गरिएको हो ।
चीनको हाङझावस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वाटरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा काजाकिस्तानकी कामिल्या दास्मोलोभासंग १६–१० ले चुकिन् । सेमिफाइनलमा पराजित भएपनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कांस्य पदक भिडन्तमा पलेशाले बाइ पाएपछि कांस्य पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
पलेशाको स्पर्धामा नेपालसहित चीन, काजाकिस्तान र इरान गरी ४ राष्ट्र ५ खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोश्रो कांस्य पदक भिडन्त चीनका लिटिङ र युजी लिबीच भएको थियो । त्यसमा युजी लिले ८–१ अंकले बाजी मारिन् । युजी लि तिनै खेलाडी हुन् जसले टोकियो पारा ओलम्पिक– २०२२ को कांस्य पदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । फाइनलमा इरानकी रोजा इब्राहिमीले काजाकिस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउदै स्वर्ण चुमिन् ।
केहि महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको सांघाइ गएकी थिइन् । उनी त्यत्तैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाव पुगेकी हुन् ।
पलेशाले २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता २० वर्षीय पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक– २०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् । त्यसबेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० तथा सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउदै चीनकी युजी लिसंग कांस्य पदक भिडन्त पक्का गरेकी थिइन् । कांस्य पदक भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौं भएकी थिइन् । पलेशाले सन् २०१८ मा काठमाडौं भएको दोश्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
जावलाखेलस्थित डिएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेश्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौ भएकी थिइन् ।
काठमाडौं महानगरपालिका वडा २८, बागबजार निवासी पलेशाले २०१७ मा लनडनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौं एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौं स्थान हासिल गरेकी थिइन् । सन् २०१९ मा टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दोमा नवौं भएकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
स्कुलमा अध्ययन गरेका बेला विभिन्न ९ अवार्ड जितेकी पलेशाले तेक्वान्दोमा हासिल गरेको उपलब्धीका लागि विभिन्न संस्थाबाट विभिन्न समयमा १६ अवार्ड हात पारेकी छन् ।
पदक विजेता पलेशाले पदक जितेकोमा खुशी लागेपनि अझै धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने प्रतिक्रिया दिदै ऐतिहासिक दिनमा जितेको ऐतिहासिक पदक राष्ट्रका लागि समर्पण गर्न चाहेको बताइन् ।
‘पदक जितेकोमा खुशी छु । तर, यो भन्दा अझै धेरै गर्न सक्थे । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले वेस्ट इफोर्ट पनि दिएकी हुँ । यहाँ ९सांघाई० मा पनि आएको धेरै भाको छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अली सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो ।’ २ महिनाअघि मात्र सांघाइ आएकी पलेशाले भनिन्– ‘खेल हो । कहिलेकाही यस्तै हुन्छ । ऐतिहासिक विजयदशमीको दिन पदक जित्दा एक्दमै खुशी छु । मैले पाएको पदक राष्ट्रका लागि समर्पण गर्न चाहन्छु ।’
टिम प्रशिक्षक लामाले संगै तयारी प्रशिक्षण गराउन पाएको भए पलेशाले अझ राम्रो गर्न सक्ने बताए ।
‘संगै तयारी प्रशिक्षण गराउन पाएको भए अझ राम्रो नतिजा आउथ्यो होला । म पनि अली अगाडि आएर पलेशालाई सांघाइ मै प्रशिक्षण दिन पाएको भए यो भन्दा राम्रो हुन्थ्यो कि भन्ने हो । अन्तर्राष्ट्रिय लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक लामाले भने– ‘पलेशा पदकको आशा गरिएकी खेलाडी पनि हुन् । आफ्नो चेलीले राष्ट्रलाई ऐतिहासिक पदक दिलाएकोमा ज्यादै खुशी छु । अब सम्बन्धित निकायले पेरिस पारालिम्पिकको तयारीका लागि समयमा नै ध्यान दिनु पर्छ । त्यसो हुने हो भने पारा ओलम्पिकमा पनि पदक टाडाको विषय हो जस्तो लाग्दैन ।’
नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने लामा एक्लैले नै सन् २०१८ देखि पलेशालाई प्रशिक्षण दिइरहेका छन् ।
एसियाली पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् । तेक्वान्दोबाट सहभागी पलेशा एक्ली खेलाडी हुन् । अक्टोबर ८ तारिख हाङझावमै सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक १ रजत र १ कांस्य पदक जितेको थियो । एसियाड इतिहासमै पहिलो पटक नेपालका लागि एरिका गुरुङले करातेमा रजत तथा महिला कबड्डी टिमले कांस्य पदक जितेको थियो ।

Related

Previous Post

दसैँभरी सामान्यतया माैसम सफा रहने

Next Post

नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

Sambridinews

Sambridinews

Related Posts

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

by Sambridinews
शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

by Sambridinews
शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

by Sambridinews
शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

by Sambridinews
शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

by Sambridinews
शुक्रबार, साउन १, २०८३
Next Post
नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

नयाँ पुस्तालाई आफ्नो संस्कृति संरक्षणमा प्रेरित गर्नु अहिलेको प्रमुख आवश्यकता हो : सभामुख घिमिरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

साधारण सभा सम्पन्न

साधारण सभा सम्पन्न

मङ्लबार, पुस १०, २०८०
प्रदेश गृहमन्त्रीहरुको समन्वय बैठक सम्पन्न, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुपर्नेमा जोड

प्रदेश गृहमन्त्रीहरुको समन्वय बैठक सम्पन्न, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुपर्नेमा जोड

शनिबार, फाल्गुन १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In