Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, March 26, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव

Sambridinews by Sambridinews
सोमवार, कार्तिक २५, २०८२
in विचार
0
जेनजी विद्रोह पछि कांग्रेसमा नेतृत्व पुस्तान्तरणको दवाव
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • राजकुमार लामा

नेतृत्व पुस्तान्तरण, युवालाई नेतृत्वमा अवसर, नयाँ विचार, नयाँ जोश र दृढ इच्छाशक्ति यी नै जेनजी पुस्ताको आवाज हुन्। लामो समयदेखि उनीहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमार्फत आवाज उठाउदै आएका थिए । दलका पुराना नेताहरूले ती आवाजलाई हल्का रूपमा लिए, “युवाहरू अधैर्य छन् भनेर अवमूल्यन गरे। तर जब शासन र दलहरूमा सुधारको कुनै संकेत देखिएन, भ्रष्टाचार र अहंकारले सीमाना नाघ्यो, तब यही मौन पुस्ता सडकमा उत्रियो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन केवल एक दिनको आक्रोश थिएन; यो लामो समयदेखि सञ्चित असन्तोषको विस्फोट थियो। जब प्रधानमन्त्रीदेखि मन्त्री र जनप्रतिनिधिसम्ममा भ्रष्टाचारका कथा सामान्य बने । जब जवाफदेहिता हरायो र नागरिकका आवाजहरू सुन्ने कोही रहेनन्, तब यो पुस्ताले विद्रोहलाई आफ्नो भाषा बनायो। जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्धको प्रतिरोधलाई सांकेतिक होइन, प्रत्यक्ष रूप दिएको छ । जहाँ युवाले असहाय क्रोधलाई कार्यमा रूपान्तरण गरेका छन्।

You might also like

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

लोकतन्त्रको अधिनायकवादी मोड
लोकतन्त्रको नाममा राजनीतिक दलहरू अधिनायकवादी शैलीमा सञ्चालन भइरहेका छन्। पार्टी अध्यक्षहरूलाई सर्वशक्तिमान बनाइयो । निर्णय प्रक्रियामा सहभागिता घटाइयो र आलोचनालाई असहिष्णु रूपमा व्यवहार गरियो । दलहरू लोकतान्त्रिक मूल्यका संरक्षक होइन, निजी सञ्जाल र स्वार्थ समूहका प्रवक्ता बने।

नेपाली कांग्रेस, जसले लोकतन्त्रका लागि आफ्नो इतिहास समर्पित गरेको थियो । आज त्यही मूल्यको रक्षा गर्न असफल देखिन्छ । पार्टीभित्र छलफल, आत्मसमीक्षा र उत्तरदायित्वको संस्कृतिको स्थान गुटगत सौदाबाजीले लिएको छ। कमिसन, पद र सत्ताको खेलले कांग्रेसलाई सिद्धान्तविहीन बनाइरहेको छ । यही कारणले जनविश्वास गुम्दै गएको छ र नयाँ पुस्ता यो दलप्रति दिग्भ्रमित देखिन्छ।

जेनजी पुस्ताको चेतावनी
जेनजी पुस्ताले एउटा स्पष्ट सन्देश दिएको छ । अब पुरानो ढर्राले देश चल्दैन । नेतृत्व पुस्तान्तरणको माग उनीहरूको व्यक्तिगत आकांक्षा होइन; यो देशको स्थायित्व र पुनर्जागरणको आवश्यकता हो। युवाले केवल नेतृत्वको अवसर होइन, नीतिगत रूपान्तरण, पारदर्शिता र सुशासनको संस्कृति मागिरहेका छन्।

यो आन्दोलनले के देखायो भने देशको राजनीतिक मूलधारले जब नागरिकका आवाजलाई बेवास्ता गर्छ, तब सडकले निर्णय गर्छ। यही हो जेनजीको चेतावनीः लोकतन्त्र जनताको लागि हो । नेताको स्वार्थको लागि होइन।

नेपाली कांग्रेस अलमलमा बस्ने अवस्था छैन। यसले आफ्नै ऐतिहासिक जिम्मेवारी सम्झिनुपर्छ । लोकतन्त्रलाई पुनर्जीवित गर्ने दल बन्ने कि इतिहासको बोझ बनेर हराउने । कांग्रेसले महाधिवेशनलाई टार्दै जाने प्रवृत्ति त्याग्नुपर्छ । यसले शीघ्र निर्वाचन र महाधिवेशनको तयारी गरेर नयाँ पुस्तालाई अवसर दिने निर्णय लिनुपर्छ ।

महामन्त्री गगन थापाले पेश गरेको कार्यतालिका त्यस दिशाको एक सकारात्मक खाका हो। त्यसलाई टेकेर केन्द्रीय समितिले तत्काल निर्णय गर्नुपर्छ । यो केवल संगठनात्मक कार्यतालिका होइन, कांग्रेसको आत्मा पुनर्जीवित गर्ने रोडम्याप हो।

गगन थापाको प्रस्तावमा दलभित्रको लोकतान्त्रिक अभ्यास पुनस्र्थापनाको प्रयास देखिन्छ,जहाँ हरेक निर्णयमा सहभागिता, पारदर्शिता र जवाफदेहिताको मर्म समावेश छ । यो कार्यतालिका अनुमोदन गर्नु कांग्रेसको अस्तित्व र भविष्यसँग जोडिएको विषय हो।

पुनर्जागरणको बाटो
कांग्रेसले अब आत्मसमीक्षाको साहस देखाउनैपर्छ। पुराना नेताहरूले युवालाई प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा हेर्नुपर्छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलेर मात्रै पार्टीको पुनर्जागरण सम्भव छ।

लोकतान्त्रिक मूल्य र जनताको विश्वास पुनः प्राप्त गर्न कांग्रेसले “दलभित्रको लोकतन्त्र” पुनस्र्थापना गर्नुपर्छ। महाधिवेशन नै त्यसको पहिलो कदम हो,जहाँ नयाँ नेतृत्व, नयाँ सोच र नयाँ दिशासँग पार्टीको आत्मा पुनर्जीवित हुन्छ।

देश अब स्थायित्व र सुशासनको बाटो खोज्दैछ। त्यसको नेतृत्व गर्ने ऐतिहासिक अवसर फेरि पनि कांग्रेसकै हातमा छ। तर त्यसका लागि उसले समयको संकेत बुझ्नुपर्छ,जनताको धड्कन जेनजी पुस्ताको आवाजमा गुन्जिएको छ।

कांग्रेसले यदि यो आवाजलाई आत्मसात गर्न सक्यो भने, त्यो केवल पार्टीको पुनर्जन्म होइन, देशको लोकतान्त्रिक पुनर्जागरणको सुरुवात हुनेछ।

Related

Previous Post

सिन्धुलीगढीमा विजय असाेज १५ गते : विजयत्सव कात्तिक २४ मा

Next Post

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

Sambridinews

Sambridinews

Related Posts

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’
विचार

आसन्न कांग्रेसको महाधिवेशनमा युवाहरूको ‘अर्जुन दृष्टि’

by Sambridinews
मङ्लबार, मंसिर १७, २०८२
Next Post
वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

वर्ल्डलिंकले ल्यायो ‘सिक्स जी’ इन्टरनेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

चीनले जारी गरेकाे नक्साबारे कूटनीतिक माध्यमबाट समस्या हल गर्नुपर्नेमा माओवादी भनाइ

शुक्रबार, भदौ १५, २०८०
सिन्धुलीकोमा  बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिन्धुलीकोमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सोमवार, पुस ९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह
TOP STORIES

बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह

बिहिबार, चैत्र १२, २०८२
मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल
TOP STORIES

मिरा सफ्टवेयरमा कर्जा व्यवस्थापन सुविधा थपियो, स्वीकृतिदेखि धितो व्यवस्थापनसम्म सबै डिजिटल

बिहिबार, चैत्र १२, २०८२
“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल
FEATURED

“राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव छैन​,”: अध्यक्ष अग्रवाल

बिहिबार, चैत्र १२, २०८२
पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार
TOP STORIES

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रायल रेस शनिबार

बुधबार, चैत्र ११, २०८२
भूपेन्द्र र सुजन सम्मानित
TOP STORIES

भूपेन्द्र र सुजन सम्मानित

मङ्लबार, चैत्र १०, २०८२
एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट
TOP STORIES

एनआईसी एशिया बैंकका ग्राहकलाई स्तुपा कम्युनिटी हस्पिटलमा १५ प्रतिशत छुट

मङ्लबार, चैत्र १०, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In