Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, July 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टीआरसी विधेयकका पाटा पक्षहरू

Sambridinews by Sambridinews
शुक्रबार, साउन ३२, २०८१
in विचार
0
टीआरसी विधेयकका पाटा पक्षहरू
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • विनाेद दाहाल

टीआरसी विधेयक सर्वसम्मतिले नेपालको संसदबाट पारित भएको छ । यसो गर्न संसदमा घनीभूत ढङ्गले छलफल भैराखेको थियो ।

जनयुद्धका क्रममा माओवादीले युद्धसम्बन्धि जेनेभा अन्तर्राष्ट्रिय महासन्धिप्रति प्रतिबद्ध रहेको पटकपटक जनाएको थियो भने राज्यले सन्धिको पक्षराष्ट्र भएर सन्धि गरेको थियो ।
यसले गर्दा युद्धका दौरान मानव अधिकारको उल्लङ्घन हुनुनपर्ने हो तर पनि यहाँ द्वन्द्वपीडित हुँ भनी सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६७ हजारजति उजुरि र वेपत्ता व्यक्ति छानविन आयोगमा ३२०० उजुरि रहेको बताइएको छ । उक्त उजुरिहरूको छानविन गरि न्याय प्रदान गर्नु उक्त विधेयकको लक्ष्य रहेको छ ।

You might also like

जनताको आवज नै सरकारको मार्गदर्शन

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

नेपाली जनक्रान्ति अर्थात महान् जनयुद्ध सामन्तवादलाई पन्छाएर दलाल पुँजीपति वर्गसँग संझौता गर्दै र शान्ति संझौतामा हस्ताक्षर गर्दै अन्त्य भयो । त्यसलाई अन्तरिम संविधानमार्फत अघि बढाईयो भने २०६४ को संविधानसभामार्फत जनअनुमोदित गरियो । त्यसपछि वर्गसमन्वयको सिद्धान्तको आधारमा नेपालमा नयाँ राजनीतिक व्यवस्था स्थापना भएको छ ।

यो व्यवस्थामा मानव अधिकारको सुनिश्चितता गर्न र युद्धरत पक्षको यस विषयमा प्रतिबद्धता देखाउन छोडेनन् । दुबै पक्षले आआफ्नो पक्षको द्वन्द्वकालिन मानव अधिकारको हनन् भएको विषय स्वभाविक माने । अन्य असम्बन्धित पक्षको लागि संक्रमणकालिन न्याय सम्बन्धि कानुन बनाउने प्रतिबद्धता अनुरुप यो विधेक तयार पारिएको अवस्था हो ।

राज्यपक्षबाट संविधान, कानुन, ऐन विपरितका कार्यहरू गरेर युद्धसँग असम्बन्धित व्यक्ति वा युद्धबन्दीहरूमाथि गरिएका अपराध कर्महरू मानव अधिकारको गम्भीर उल्लङ्घन हो । त्यसैगरी विद्रोहीका घोषित नीतिहरू विपरीत गरिएका गतिबिधिहरूबाट भएका घटनाहरूबाट पिडित भएकाहरूका अधिकारहरू विषय संक्रमणकालिन न्याय अन्तर्गत राखिएको छ ।
यो कसले खोजेको हो ? द्वन्द्वपीडितले हो कि, राज्यपक्षले ? कि बिद्रोही पक्षले ? यी दुबै पक्षले माग गर्ने विषय हैन यो । कि युएनको जेनेभा सन्धि अनुसारको अंग भएकाले खोजियो ? अन्तर्राष्ट्रिय चासोको विषय भएकाले यो उनीहरूको पनि माग हो । कि अनमिनले ? कि शक्तिराष्ट्रहरूले ? यी दुबैले मागेका थिए भन्न सकिन्छ ।

जेहोस्, यहाँ युद्धमा पनि मानव अधिकारको हनन् हुनुहुँदैन भन्ने मान्यतालाई सम्बोधन गर्ने प्रयत्न गरिएको छ र भनिएको छ । यस विषयमा माओवादीले पटकपटक आफूहरू जेनेभा सन्धि अनुसार प्रतिबद्ध रहने र सोहीअनुसार व्यवहार गर्ने गरेको जनाउने गर्दथ्यो भन्ने बिर्सनु हुँदैन ।

यहाँ केही सन्देह देखिन्छ, उवेलामा संविधान र कानुन विपरितका घटना माओवादी र शाही सेनाबाट भएको सप्रमाण खुलेको छ । माओवादी पक्षबाट भएका घटनाहरू लुक्ने अवस्था थिएन र छैन किनकि राज्यपक्षले त्यसलाई उजागर गर्नेगर्दथ्यो र उजुरी दिने निकाय बनाएको थियो ।
ती सबैजसो उजागर भैसकेका छन् । राज्यपक्षबाट हुने घटनामा जनताले न्याय पाउने वा कुरा उठाउन नपाउने स्थिति भएकाले आयोगहरूमार्फत ती पीडितका उजुरीहरू आएका छन् ।

त्यस्ता कार्यहरूमा मुख्यतः गृहप्रशासनको नियन्त्रणमा रहेका युद्ध बन्दीहरू हिरासत पनि नहुने शाही सैनिकको व्यारेकमा लगेर अमानवीय व्यवहार गरिएको थियो । आफैले फिल्डबाट अपहरण गरेर ल्याईएका बन्दीहरूमाथि पनि अमानवीय र आपराधिक व्यवहार भएको पुष्टि भएका छन् ।

युद्ध बन्धिहरूलाई त झनै अमानवीय व्यवहार हुन्थ्यो वा त्यो खुलेको अवस्थामा ज्यानलिने कार्यहरू भएका थिए । नागरिक बन्दी रहेका र योद्धाहरू बन्दी भएको अवस्थामा व्यारेक भित्रै यातना दिएर हत्या गर्नेदेखि वेपत्ता पार्नेसम्मका घटनाहरू भएका छन् ।

के ती सेनाले मानव अधिकारको छानविनको लागि सहयोग पुर्याउला ? नियम अनुसार तत्कालिन शाही सेना अपराधिहरूलाई कारवाही गर्न तयार होलान् ? युद्धरत पक्ष भए पनि नियन्त्रणमा रहेका नागरिक र युद्धबन्दीमाथि भएका असंवैधानिक, गैरकानुनी र मानवअधिकार बिरोधि कार्यमा सम्लघ्नहरू संक्रमणकालिन न्याय अन्तर्गत कारवाहीको दायरामाआउलान् त !

यसमा सन्देह छ ! राज्यको तर्फबाट भएका यस्ता घटनाहरू संविधान, ऐनकानुन र जेनेभासन्धि विपरीतका आपराधिक कार्यबाट भएका पीडित पक्षले न्याय पाउने सम्भावना हुन्छ ? यो एउटा जटिल पक्ष हो । आयोगले वेपत्ता नागरिकहरू र युद्धबन्दीहरू माथि शाही सेनाबाट भएकाहरूको छानविनको कार्यलाई थन्क्याएर अरू फाइल हेरिरहेको बताएको थियो । अहिले ती फाइलको काम थालिसके कि अझै थन्क्याएकै होलान् ? सायद अहिले पनि आयोग ती सेनासँग सहयोग लिन पुगेको छैन ।
अन्य केही युद्धको बेला परीबन्धनमा परी घटना भएर पीडित हुन पुगेका छन् । असावधानिका कारण भएका आफ्नै वा दुस्मनको पक्षमा भएका क्षतिको परिपुरण पनि जटिल विषय बनेको छ ।

जनयुद्धको अन्त्यतिर विविध कारणले क्यान्टोनमेन्टमा पुग्न छुटेका जनसेनाहरू रित्तै अवस्थामा परे । त्यस्तै शाही सेनाका जवानहरू जनसत्ताको दवावले र आह्वानलाई स्वीकारेर जनसेना हुन पुगेका वा अन्यत्र लागेकाको जागिर वा भरणपोषण खोसिएको छ । उनिहरु पनि रित्तै भए ।

माओवादीले उपचार गराईरहेका र खर्च दिईराखेका घाईते वीरवीरङ्गनाहरू राज्यले जिम्मा लिएपछि उपचार र खर्च राज्यबाट प्राप्त हुन्छ भन्दै गर्दा ऋणको पासोमा परेर धेरै समस्याहरू खेप्न वाध्य भए । ती योद्धाहरूले ऋण तिर्न र थप उपचार तथा सहयोग पाउने व्यवस्था के कसरी हुने होला ? यावत प्रश्नहरू अनुत्तरित नै छन् ।

यो विधेयकले पनि न्याय दिननसक्ने केही पक्षहरू छन् । जस्तो, गाउँका चौकीमा दङ्गा नामका प्रहरीहरू हुँदा धेरै महिला शहर लगेर अलपत्र छोडिदिए । कति त गाउँमै अलपत्र परे । पछि सशस्त्र प्रहरिका नाममा त्यसरी नै पुगेका प्रहरिले पनि त्यस्तै व्यवहार देखाए ।

यही क्रममा धेरै जना बेवारिसे वालवालिका भएका छन् । बाउको ठेगान नभएका त्यस्ता वालवालिकाले कसरी न्याय पाउने ?
राज्यले सिमाहीन झैं अधिकार दिएर पठाएका ती अनमत्ता प्रहरीहरूले गरेका अत्याचार र उवेलाको बलत्कारका घटनालाई आयोगसामु कसरी उजुरीका रुपमा पोख्नसक्छन् र न्याय मिल्ला ?
जनसरकार चलाएका माओवादीले त गाउँमा उजुरी दिन पाउने व्यवस्था गरेकाले आफ्ना पक्षबाट भएका अपराधका घटनाहरूमा जनतासामु कारवाही नै गरेर देखाउने र न्यायको प्रत्याभुति गर्न पाउने व्यवस्था थियो तर राज्यका निकायबाट भएका घटनाका उजुरी जनअदालतमा थन्किएरै बसे । अब जनअदालतका उजुरीहरू पनि थन्किएर बसे । पीडितले न्याय पाउने सुनिश्चितता अझै पनि कहाँ छ र ?

Related

Previous Post

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु (अपडेट )

Next Post

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

जनताको आवज नै सरकारको मार्गदर्शन
FEATURED

जनताको आवज नै सरकारको मार्गदर्शन

by Sambridinews
शनिबार, असार २७, २०८३
अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
Next Post
ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

मङ्लबार, भदौ १९, २०८०
सरकारी निकायका वेबसाइटमा रहेका पुराना लिंक हटाउन निर्देशन

इजरायल आक्रमणमा मृत्यु भएका १० नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शोकको घोषणा

सोमवार, अशोज २२, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 
TOP STORIES

११औं आइसिटी अवार्ड २०२६ को नोमिनेसन, अन्तरास्ट्रिय अवार्ड सहित १६ विधा सार्वजनिक 

शुक्रबार, साउन १, २०८३
गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक
FEATURED

गरिमा विकास बैंकद्वारा नयाँ आर्थिक वर्षको अवसरमा एकैसाथ तीन डिजिटल बैंकिङ सेवा सार्वजनिक

शुक्रबार, साउन १, २०८३
मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि
FEATURED

मुगुको सोरुकोट र बाजुराको बिच्छ्या एवं कुवाडीमा नेपाल टेलिकमको फोरजी सेवा सुरु: स्थानीयका लागि ऐतिहासिक उपलब्धि

शुक्रबार, साउन १, २०८३
हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
TOP STORIES

हराएको वा बिग्रिएको सिमका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

शुक्रबार, साउन १, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद गठन प्रक्रियाले पूर्णता पायो

शुक्रबार, साउन १, २०८३
आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता
FEATURED

आजदेखि नयाँ बजेट कार्यान्वयनमा ; महंगीकाे मारमा जनता

शुक्रबार, साउन १, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In