Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

Sambridinews by Sambridinews
सोमवार, भदौ १५, २०८३
in TOP STORIES, खेलकुद, समाचार
0
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, भदौ १४– नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औं संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५÷५ मनोनयन सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनित भएका छन् ।

You might also like

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

यसैगरी वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश भएका छन् । वर्ष प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेट स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री मनोनयनमा रहेको मञ्चले आज आइतवार आयोजित कार्यक्रममा जनाएको छ ।

२३औं संस्करणको अवार्ड भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब स्थित ब्लु पभेलियनमा आयोजना हुुँदै छ । वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । २०८२ सालभित्र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र नतिजा नै छनोटका आधार रहेको मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीले जानकारी दिए । उक्त समितिका सदस्यहरुमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्रचार्य, प्रजित शाक्य र विराटजंग रायमाझी छन् ।

अवार्ड बाढी पीडितमा समर्पित
घोषणा कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्षसमेत रहेका छनोट समितिका सदस्य राजवंशीले देशमा आएको विनासकारी बाढी तथा प्राकृतिक प्रकोपमा जुझिरहेको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने र मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै २३औं संस्करण आयोजना गर्न लागेको बताए ।

देश पीडामा रहेको बेला अवार्ड उत्सब मनाउने नभई खेलकुद क्षेत्र र खेलाडीको तर्फबाट यो विषम परिस्थितिमा साथ दिनु अवार्डको वास्तविक सन्देश हुने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आएको छ । यसपल्ट पनि कुल ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुँदैछन् । तीमध्ये पिपल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आर्ट्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन् । अन्य विधा लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा भदौ १८ गते नै गरिनेछ ।

यस विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहेको छ । नासा सेक्युरिटिजले अवार्डमा सहप्रायोजन गर्नेछ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, आइएमई बाई खल्ती, रोयल सिंगी होटल, केल्मी, इमेजिङ, प्लाजा होटल ग्रुप, इम्बार्क कलेज रहेका छन् भने सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।

Related

Previous Post

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

Next Post

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

Sambridinews

Sambridinews

Related Posts

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

by Sambridinews
शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

by Sambridinews
बिहिबार, अशोज २९, २०८३
Next Post
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कांग्रेसले बागी उम्मेेदवारलाइ ५ बर्ष पाटीबाट निस्कासन गर्ने

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन पोखरामा

मङ्लबार, पुस ३, २०८०
टुटफुट सत्ता र व्यक्तिवादमा व्यस्त कम्युनिस्टहरु

टुटफुट सत्ता र व्यक्तिवादमा व्यस्त कम्युनिस्टहरु

सोमवार, असार ३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन
FEATURED

टक्सार पिखुवा खोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, ४ जना संचालक चयन

शुक्रबार, अशोज ३०, २०८३
विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित
FEATURED

विकास हाइड्रोपावरको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न: १० प्रतिशत बोनस सेयर पारित

शुक्रबार, अशोज ३०, २०८३
यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
TOP STORIES

यस दशैं, Elica सँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी

शुक्रबार, अशोज ३०, २०८३
नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा
FEATURED

नबिल बैंकद्वारा ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा

शुक्रबार, अशोज ३०, २०८३
इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
FEATURED

इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

बिहिबार, अशोज २९, २०८३
सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने
TOP STORIES

सुदूरपश्चिम रोयल्सले फ्यानलाई एथरको स्कुटर उपहार दिने

बिहिबार, अशोज २९, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In