काठमाडौं । भाद्र २७, काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा बिहान १०:०० बजे द एभरेस्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा सम्पन्न भएको छ।
काबेली हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभामा अध्यक्षले सम्बोधन गर्दै कम्पनीको आगामी दिशा, दीर्घकालीन रणनीति तथा प्राकृतिक विपत्तिमा राहत सहयोगबारे महत्वपूर्ण घोषणा गर्नुभएको छ।अध्यक्षले विगतका चुनौतीहरूलाई पार गर्दै सफलता हासिल गर्नुमा शेयरधनीहरूको निरन्तर सहयात्रा र अटूट विश्वास नै कम्पनीको ऊर्जाको मुख्य स्रोत रहेको बताउनुभयो। बाढीपीडितलाई आर्थिक सहयोग र समवेदनासम्बोधनका क्रममा अध्यक्षले हालै हिमपहिरो तथा प्राकृतिक विपत्तिका कारण आएको विनाशकारी बाढीबाट क्षति व्यहोर्नुपरेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ।साधारण सभामा सञ्चालक समितिको तर्फबाट पेस गर्दै आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ।
सभाका मुख्य प्रस्तावहरु : लाभांश प्रस्ताव
आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट सेयरधनीहरूलाई १६.३2 प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको छ ।
सञ्चालक भत्ता पुनरावलोकन : सञ्चालक समितिको बैठक भत्ता पुनरावलोकनरसमायोजन गरेको छ।
लेखापरीक्षक नियुक्ति : आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण समेत गरेको छ ।
ऋण तथा ओभरड्राफ्ट अनुमोदन : एनएमबि बैंक लिमिटेडबाट लिने तथा ओभरड्राफ्ट खाता नवीकरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको छ ।जलविद्युत लगानी अख्तियारी : कम्पनीले अन्य जलविद्युत आयोजना वा अन्य कम्पनीहरूमा सेयर लगानी गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
बाढीका कारण जनधनका साथै जलविद्युत् आयोजनाहरूमा ठूलो भौतिक क्षति पुगेको उल्लेख गर्दै उहाँले प्रभावित आयोजनाहरूको शीघ्र पुनर्निर्माण र द्रुत पुनरुत्थानको कामना गर्नुभयो।कम्पनीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपत्तिको यस संवेदनशील घडीमा उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराएको जानकारी गराउनुभयो।जलविद्युत् क्षेत्रमा सुरक्षित लगानीको अवसरजलविद्युत् क्षेत्रलाई देशको विकास र लगानीका लागि सबैभन्दा भरपर्दो माध्यमका रूपमा प्रस्तुत गर्दै अध्यक्षले निम्नलिखित मुख्य विषयहरूमा जोड दिनुभयो:
बजारको निश्चितता: नेपाल विद्युत् प्राधिकरणसँग गरिएको विद्युत् खरिद बिक्री सम्झौता (PPA) ले कम्पनीको दीर्घकालीन आम्दानीलाई सुनिश्चित गरेको छ।
दीर्घकालीन प्रतिफल: जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेपछि सामान्य सञ्चालन खर्चमा दशकौंसम्म निरन्तर प्रतिफल दिइरहने क्षमता राख्छ।
भावी पुस्ता र राष्ट्रिय स्वाभिमान: यो लगानी केवल एउटा आयोजनामा मात्र सीमित नभई देशको उज्ज्वल भविष्य, भावी पुस्ताको उज्यालो र राष्ट्रिय स्वाभिमानसँग जोडिएको छ।सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको प्रगति र विपद् व्यवस्थापनमा देखाएको तत्परताको सराहना गरेका छन्।














