Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

जनताको आवज नै सरकारको मार्गदर्शन

Sambridinews by Sambridinews
शनिबार, असार २७, २०८३
in FEATURED, विचार
0
जनताको आवज नै सरकारको मार्गदर्शन
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • खगेन्द्र फुयाल

भदौ २३ गतेको नवयुवा (जेनजी) विद्रोहको जगमा झन्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाको (राष्ट्रिय स्वतन्त्र पार्टी) सरकारले नेतृत्व सम्हालेको एक सय दिन पुरा भइसकेको छ । विभिन्न पक्ष, कोण र भुगोलबाट सरकारको सय दिनको समिक्षा गर्ने क्रम आज पनि जारी नै छ ।
विहीबार त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपालीले शरिरमा पेट्रोल खन्याएर आफैलाइ जलाएपछि सरकारको तिब्र आलोचना भईरहेको छ ।

पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायातसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा पैदलयात्री र सवारी चालकलाई ५ सयदेखि एक लाख रुपैयाँसम्म जरिवाना गराउने गरी मस्यौदा गरेको विधेयकका जरिवाना सम्बन्धी प्रावधानहरु सञ्चारमाध्यममा सार्वजनिक भएसंगै गतिलो पूर्वाधार विना महंगो जरिवाना राखिएको भन्दै सर्वसाधारणले यसप्रति असहमती राख्दै आएका छन् । यस्तो अस्वभाविक विधेयकका बारेमा संघीय संसदमा समेत चर्को विरोध भएको छ ।

You might also like

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

महानगरीय प्रहरीसँग मोटरसाइकल पाकिङ्गको विषयमा विवाद भई आवेशमा गणेश नेपालीले आफ्नै शरीरमा आगो लगाँउदा उपचारका क्रममा शुक्रबार अपराह् निधन भएको थियो ।
गणेशको निधन भएको समाचार सार्वजनिक भएसंगै युवाहरुले माइतीघरमा प्रर्दशन गरेका थिए । गणेशको न्यायका लागि शनिबार पनि वीर अस्पताल परिशरमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा युवाहरुले सरकारको आलोना गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा समेत मागेका थिए ।

यस विषयमा गृहमन्त्री सुधन गुरुङले शुक्रबार सदनमा गणेश नेपालीलाई बचाउन सरकारको तर्फबाट गरिएको हर प्रयास बारे विस्तार लगाउदै घटना बारे स्पष्ट पारेका छन् ।
त्रिपुरेश्वरको घटनापछि शुक्रबार सर्लाहीको गोडैता नगरपालिकामा ३५ वर्षीय युवाले आत्मदाहा प्रयास गरेका थिए । शनिबार काठमाडौंको बुद्धनगरमा ४५ वर्षका आश्विन राउतले घर घरायसी विवादका कारण आफ्नै शरिरमा पेट्रोल छर्केर आफैलाइ जलाउने प्रयास गरेको बताइएको छ । बुद्धनगरका घाइते राउतको उपचारका क्रममा वीर अस्पतालमा शनिबार अपराह् निधन भएको छ ।

बुद्धनगर र सर्लाहीमा भएको आत्मदाहा प्रयासका घटना सरकारसँग प्रत्येक्ष जोडिएको नभएपनि यसको पृष्ठभूमि एवं सामाजिक अध्ययन हुनुपर्छ ।
कुनैपनि घटनामा समाजका विभिन्न पक्ष जोडिएको हुन्छ । बसोबास, रोजगारी, मुल्यवृद्धि , शिक्षा तथा स्वास्थ्य लगायतका विषय प्रत्येक्ष अप्रत्यक्ष जोडिएको हुन्छ । यी यस्ता जनताको मौलिक अधिकारको संरक्षण र सम्बोधन गर्नु सरकारको जिम्मेवारी हो ।

लोकतन्त्र प्राप्ति पछि लामो समयसम्म जारी राजनीतिक अस्थिरता, सत्ताका लागि गरिएको खिचातानी, पदको चरम दुरुपयोगले समाज नै संक्रमित भएको छ । पटक पटक नेतृत्व परिवर्तन हुँदा समेत रोजगारी, शिक्षा, स्वास्थ्य एवं आधारभूत मानव अधिकार लागि समेत नेताको दैलो धाउनुपर्ने अवस्था सृजना गरिएको हामीले बिर्सिनु हुदैन ।
भ्रष्टाचार कुशासन र वेथितिलाई नेतृत्वले संरक्षण गर्नुका साथै दलाल विचौलियातन्त्रलाई संस्थागत गरियो ।

हाल देशमा छत्तीस बर्षका युवा प्रधानमन्त्री बालेन्द्र शाहले देशको नेतृत्व गरिरहनु भएको छ । युवा नेतृत्वको सरकार गठन भएसंगै विगतका सरकारबाट वाक्क भएका जनताले राहत महसुस गर्ने प्रयास गरेका छन् ।

जनताको घरसम्म पुगेको दलीयकरण र त्यसको चरम विसंगतिले वाक्क भएका जनता बालेन्द्र शाहको सरकासंग थोरै भएपनि परिवर्तनको अपेक्षा राखेका छन् । देश र जनताको संवृद्धिका लागि विगतमा नेताहरुले बाढेको सपनामाथि घाँटी निमोठिएको न्यायको आशा जनताले यो सरकारसँग राखेका छन् ।
सरकार गठन भएसंगै सुशासन र जनताको सेवाका लागि सरकारलको सय दिनका सय प्रतिवद्धता प्रति जनताले प्रशंसा गरेका पनि हुन । सरकारको सय दिनको समिक्षा हुदै गर्दा प्रशासनिक सुधारामा झिनो आशा देखिएको पनि छ ।

राहदानी र सवारी लाइसेन्सको सेवामा देखिएको तिब्रताको तारिफ योग्य भए पनि हप्तामा दुई दिनको बिदाले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भद्रगोलको अवस्था यथावत नै छ । सरकारी अस्पतालमा तल्लोतहका कर्मचारीको रुखो व्यवहार, आकस्मिक सेवामा समेत ढिलासुस्ति, शैयाको अभाव र सामान्य परिक्षणका लागि समेत कयौदिन लाग्ने जस्ता समस्या यथावत छन् । कर्मचारीको अटेरी पारा पूर्ण रुपमा हटिसेको छैन ।

सुकुम्बासीहरुले स्थायी समाधानको आशामा जसरी स्वत: स्फूर्त बस्ती खाली गरे, सरकारले जुन गतिमा उनिहरुका बस्तिमा डोजर लगायो । त्यही गतिमा सुकुम्बासीहरुको स्थायी बसोबासको चाजोपाजो सरकारले गर्न सकेन ।

सरकारले ‘पहिला थुन्ने र पछि सुन्ने’ भन्ने आरोप पनि सरकार माथि लागेको छ । सरकरले सबै नागरिक एवं व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । बिना कसुर कसैमाथि धरपकट हुदै भन्ने बारेमा सरकारले ग्यारेन्टि गर्नुपर्छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सरकारको विरोधी भन्दा पनि मार्गदर्शनका रुपमा लिनुपर्छ ।

कानुनको बर्खिलाप जाने विरुद्ध आफ्नो अर्को नभनी निर्मम हुनुपर्छ । शक्तिको संरक्षण भएका तथा हुने गैरकानुनी हर्कतको छानविन तथा कानुनी दायरामा ल्याउनुपर्छ ।
सरकारले हालै ल्याएको बजेटमा शिक्षा र बिजुलीमा कर लगाएको छ । यो निर्णयले सरकार गरीव तथा न्युन आय भएका जनताको हैन कि भन्ने शंका समेत पैदा गरेको छ ।
नेपालमा रोजगारीको अवस्था तथा नेपालीको प्रतिव्यक्ति आय स्तर ख्यालै नगरी ५० यूनिट भन्दा माथिको विजुलीमा पाँच प्रतिशत कर र शिक्षामा तीन प्रतिशत कर हाम्रो संविधानको मर्म र मौलिक हक विरुद्ध समेत रहेको छ ।

सरकारले करको दरले कस्नुभन्दा अगाडी हाम्रो विकासको प्रगति , भौतिक संरचनाको अवस्था र जनताको आयस्तरलाई ख्याल गर्नुपर्छ ।
विगतमा पनि सरकारले ल्याएको कर लगायतका आर्थिक बोझले जनतालाई कस्न खोज्दा त्यसको चर्को विरोध भएको थियो । इम्बोस्ड नम्बर प्लेट जडान र निजी शिक्षामा लगाएको कर जनस्तरबाट विरोध भएपछि ति विषय कार्यान्वयनमा ल्याइएन ।

केही वर्ष यता विद्युत उत्पादन बढेसंगै विगतका सरकारले विद्युत उर्जा खपत गर्न जनतालाई प्रोत्साहन गरेको थियो । यो अवस्थामा सरकारले जनतालाइ प्रतिव्यक्ति २० देखि ५० युनिटसम्म विद्युत निशुल्क वा न्यून शुल्कमा दिन सक्नु पर्दथ्यो । त्यसो गर्नुको सट्टा ५० युनिट भन्दा माथि नै कर लगाइएको छ ।
९५ प्रतिशत भन्दा बढी जनताको पहुँचमा पुगेको विद्युतलाइ आजको युगमा विद्युतको आवश्यक्ताका आधारमा कम्तिमा दुई सय युनिट भन्दा कम युनिटमा कर लगाउनु न्यायोचित हुदैन ।

सरकारी विद्यालयको सम्पूर्ण शैक्षिक वातावरण सुदृढ नगरिकनै नीजि विद्यालयमा पढ्नेहरुका लागि ३ प्रतिशत कर लगाउनु बैज्ञानिक एवं व्यवहारीक देखिदैन ।
देशका लागि तिरिने कर शासकको आदेशमा भन्दा पनि देश र जनताको समुन्नती र संवृद्धिका आधारमा तोकिनुपर्छ । जनताका प्रतिनिधि विच घनिभूत छलफल गरिनुपर्छ । सरकारले सबै तह र तप्काका जनताको दुःख सुखलाई आत्मसाथ गर्नसक्नुपर्छ ।

सबै नागरिकलाई एउटै डालोमा हालेर नीति बनाउने भन्दा पनि गरिव एवं पिछडिएका तथा न्यून आय भएका जनतालाई विशेष सहुलियत दिनुका साथै संरक्षण पनि सरकारले गर्नुपर्छ ।

आधुनिक लोकतन्त्रमा न्यून आय भएका घर परिवारवलाई कर छुट दिने वा आर्थिक वर्षको अन्त्यमा उनिहरुले तिरेको करको केहि हिस्सा फिर्ता गर्न पनि सकिन्छ ।
गरिवको सवालमा सरकारको उदारता र आफ्ना नागरिक प्रति मायाभाव पनि देखाउन जरुरी छ । अनि मात्रै सच्चा लोकतन्त्र र जनताको शासन व्यवस्था रहेछ भन्ने जनतालाई आभास हुन्छ ।

दशकौको राजनीतिक अस्थिरता र वेथितिले वाक्क भएका जनतालाई यो शक्तिशाली सरकारले राहतको महसुस गराउन सक्नुपर्छ । सुशासनको महसुस गराइ सामाजिक विकृति अन्त्य तथा सबै वर्ग र समुदायको अभिभावकत्व ग्रहण गर्नुपर्छ ।

वेथिति र भ्रष्टारचार नियन्त्रण गरी देशमा सुशासन कायम तथा रोजगारीको अवसर सृजना हुनुपर्छ । साना लगानिको संरक्षण भयो भने सरकार संसदमा रास्वपाको बहुमत हुँदा मात्र हैन, अरु कयौ वर्षसम्म जनताको साथ पाउने छ ।

हैन भने जनताले फेरी पनि निराशा, अस्थिरता, वेथिति र भ्रष्टाचारको सामना गर्नुपर्ने हुन्छ । देश नागरिक पलायन तथा असफल राज्यको मार्गमा अघि बढ्ने छ । त्यसैले सरकारले जनतालाई सर्वोपरी ठानेर जनताप्रति उत्तरदायी हुनुको विकल्प छैन ।

Related

Previous Post

काठमाडौं माइल सम्पन्न

Next Post

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

Sambridinews

Sambridinews

Related Posts

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

निर्वाचन आयोगद्धारा ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि दल दर्ताका लागिआह्वान

समानूपातिकतर्फका ५५० जना अयोग्य उम्मेदवार आउट

बुधबार, कार्तिक ९, २०७९
 ‘परान’ फिल्मको ट्रेलर रिलिज

 ‘परान’ फिल्मको ट्रेलर रिलिज

आइतवार, कार्तिक ३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ
FEATURED

अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको छ : अध्यक्ष श्रेष्ठ

मङ्लबार, भदौ ९, २०८३
भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड
FEATURED

भृकुटीमण्डपमा स्वर्णजयन्ती विशेष ‘नाडा अटो शो २०२६’ भव्य रूपमा सुरु: अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानी र प्रविधिसँग जोड्न उपराष्ट्रपति यादवको जोड

मङ्लबार, भदौ ९, २०८३
पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास
FEATURED

पिकलबल वर्ल्ड कप २०२६: नेपाल पहिलोपटक ऐतिहासिक अन्तर्राष्ट्रिय यात्रामा, पदक जित्ने बलियो विश्वास

मङ्लबार, भदौ ९, २०८३
नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In