- विनाेद दाहाल
गएको भदौ २२ गते साँझ चोकमा भएकामध्ये सन्तोष र मैंले भोलीको जेनजी प्रदर्शनमा माइतिघर ढाक्नेगरी युवा–विद्यार्थी जम्मा हुनेछन् भन्ने निश्कर्ष निकालेका थियौं ।
उक्त प्रदर्शनमा नआउने आश्वासन दिएर युवा–विद्यार्थीलाई निषेधित क्षेत्रतिर डोहोर्याएर वानेश्वरको व्यारियर तोड्ने काममा लगाए ।
युवा–विद्यार्थीलाई विद्रोही बनाइदिए । उनीहरूलाई संसद भवनमा पुर्याएर विध्वंसकारी बनाइदिए । जब विध्वंसात्मक कार्य हुनथाल्यो तब भीडका बीचबीचमा मानिस गोलीले ढल्न थाले । स्थिति नरसंहारमा बदलिएको भान भयो । त्यसपछिको स्थिति देश अहिले अस्तित्वको संकट झेल्दैछ ।
गाउँकै चोकको एक चियापसलमा जम्मा भएर सुशिला सरकारले बनाएका मन्त्रिहरूको बिषयमा प्रसंगबस कुराकानीमा माईतिघरको चोकमा जेनजी जम्मा हुने ठाउँमा खटिएका एकजना सई पनि सामेल थिए ।
उनले भने, “निर्धारित समय भन्दा १ घण्टापछिसम्म पनि चोकमा साँडे ३ सयदेखि ४ सय जति मात्र जेनजी थिए । जब माइतिघरबाट उनीहरू वानेश्वरतिर हिंडे एकाएक ठाउँठाउँबाट अरू नै थपिएर धेरै पो देखिए । वानेश्वरतिर जाने कुरा हामीलाई जानकारि गराइएको थिएन ।“
अपदस्थ प्रधानमन्त्री खड्गप्रसादले राजनीतिको एउटा पाटो कुटनीतिक सम्बन्ध बारेमा राम्रो नजान्दा सबै वाह्य शक्तिकेन्द्रहरू उत्तेजित भएर गतिविधि गरिरहेका छन् भने बिचरा ती केटाकेटी बुझेका हुन्छन् वा उनीहरूले जे गरेका छन् त्यो राजनीति गरेका हुन् भनेर बुझ्नुपर्ने हुन्छ त ?
राजनीतिमा संगठन हुन्छ र सत्तासँग सम्बन्धित हुनुपर्ने जनकारी नभएर विदेशी शक्तिले वर्षौ लगाएर र अर्बौं खर्चेर मज्जाले प्रयोग गरिदिएको अझै बुझेका छैनन् ।
जेनजीलाई राजनीतिक सम्बोधन गर्नेहरू मूर्ख हुन् कि त बदनियतका हुन् । तिनीहरूलाई उमेर समुहमा राख्ने कुरा पनि अवैज्ञानिक छ । १३–१४ वर्षका बालक हुन् भने २७–२८ वर्षका जो छन् ती परिपक्व युवा हुन् । परिपक्व युवा पनि राजनीतिसँग यिनीहरूको साइनो जोडिएको मात्र हुन्छ र अनुभवमा कमजोर नै हुन्छन् ।
यिनीहरूलाई भजाएर रोटिसेक्नेहरू राम्रो नियतका हैनन् । जे विषयमा र जोसुकैले जेनजीलाई बहाना बनाएर आफ्ना स्वार्थका रोटि सेक्नु बेइमानीपन हो । सरकार नै जेनजीले बनाएको बुझ्नु त झन् कच्ची राजनीतिको पराकाष्ट हो ।
दलहरूसँग बदला लिन पायौं वा दलहरूको भूमिका सकियो भन्ठान्नु भयङ्कर ठुलो भ्रम हो ।
दलहरू फरकफरक नियत र अवस्थाका छन् । एमाले–कांग्रेसलाई यो घटनाले अैचित्य सकाएका दलहरूको रुपमा पुष्टि गरेको छ । तर माओवादी केन्द्रलाई यसले सवक सिकाएको छैन वा भुल गरेको स्थितिमा देखाउदैन । माओवादी केन्द्रका लागि नयाँ चुनौति र सुवर्ण अवसर पनि हुनसक्छ ।
माओवादी आन्दोलन शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा रक्षात्मक बनेका सबै घटकहरूले नयाँ आधारमा नयाँ निश्कर्षमा पुग्ने स्थिति आएको छ ।
अहिले राजनीतिक शक्ति सन्तुलनमा फेरबदलको अवस्था आउनसक्छ । वैदेशिक हस्तक्षेप झ्याप्पै बढेको र कुटनीतिक चातुर्यता देखाएर वर्गीय आन्दोलनलाई प्रधान बनाउने बेला आएको छ । यतिखेर हाम्रो देशको राष्ट्रियता प्रमुख चुनौतिको रुपमा देखिएको छ । यसको लडाईं बेग्लै खालको हुन्छ ।