- विनोद दाहाल
पोखरा पर्यटनवर्ष उद्घाटनका क्रममा अनपेक्षित र अनौठो खालको दुर्घटना भयो । यहीक्रममा उपप्रधानमन्त्रि तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखर महानगरका मेयर जलनमा परेर दुःखद स्थिति आइलाग्यो । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना छ ।
यही घटनालाई लिएर राजनीतिक दुराग्रह राखेर प्रतिक्रियाहरू पनि आए । यो झन् दुःखदायी कुरा हो । मानवीय सम्वेदना नै हराएको जस्तो लाग्नेगरि आएका त्यस्ता अभिव्यक्तिहरू मानवीय दुर्गुण हुन् ।
दुर्घटनाहरू मानिसको नियन्त्रण भन्दा बाहिरका सवाल हुन् । यसमा धनजनको हताहती र खती हुनसक्छ । यसमा रमाउने मानवीय प्रबृत्ति हैन । पोखरा महोत्सवमा जुन दुर्घटना भयो त्यो दुःखद भयो, त्यसले केही पाठ सिकायो ।
हामी वर्गीय समाजमा छौं । मानिसमा समवेदनाको पनि वर्गीय स्वभाव अभिव्यक्त हुन्छन् । दुर्घटनामा मानिस परेको घटनमा को र कस्तो मानिस परे भनेर मानिसको चासो हुन्छ ।
व्यक्तित्व र पद अनुसार सम्वेदना व्यक्त हुन्छन् ।
दुर्घटनामा मानिसमा पर्ने समवेदनाको ईकाई पनि फरक पर्ने गर्छन् । तर जोकोही मानिसमा पनि खुसियाली व्यक्त हुँदैन ।
वर्ग संघर्षमा पनि यही अभिव्यक्त भएको हुन्छ । वर्गीय समाजमा घटनाहरू अनिवार्य हुने गर्छन् वा बनेका हुन्छन् । यसमा पनि दुःखद घठनाहरू भएका हुन्छन् । घटना गराउने पक्षबाट पनि भएका घटनाहरूको व्याख्या त हुन्छन् तर खुसियाली व्यक्त भएका हुँदैनन् । घटनाहरूको मुल परिणामसँग सम्बन्धित भएर मात्र मानिसमा दुःख र खुसियाली अभिव्यक्त भएका हुन्छन् ।
हामी वर्गीय समाजमा छौं । वर्गीय समाज बनेदेखि शोषक र शासक वर्गको दमन, उत्पिडन, अत्याचार, अन्याय, थिचोमिचो, विभेदको प्रतिरोध गर्दै जनताले कठोर सङ्घर्ष गर्दै आएका छन् ।
शोषक र शासक वर्गको दमन र शोषितपिडित जनताको प्रतिरोधको परिणामले सँधै समाजलाई सकारात्मक परिणाममा पुर्याईरहेको र शासक र शोषक वर्ग हार खाएर लुटको स्वर्ग जोगाउन नयाँ नयाँ हतकण्डा अपनाउन पुगेको हामी सबैले बुझ्न सक्छौं ।
जनताले वलिदानीपूर्ण सङ्घर्ष गर्नुपर्ने वाध्यात्मक अवस्था आएको हुनाले वर्गसङ्घर्षका दौरान ठूलो धनजनको क्ष्यति भएका हुन्छन् । यस्तो अवस्थामा जोकोही मानिस पनि रमाउ वा खुसियाली भाव प्रकट गर्न सक्दैनन् ।
यदि कोहीले जनताको त्यो त्याग, वीरता, साहस र वलिदानको सम्मान गर्ने गर्दछन् । यसलाई अपमान गर्ने प्रवृत्तिलाई अमानवीय मानिन्छ । सके आफूले पनि योगदान गर्ने, नसके जनताले प्रतिरोधमार्फत गरेको परिवर्तनको अपमान नगर्ने मान्यता हुन्छ । प्रतिकार त झन् अति नै तुच्छ, घृणित कार्य हुन् भन्न सकिन्छ ।
नेपालमा १० वर्ष लामो जनयुद्ध भयो । त्यो जनताको प्रतिरोधको वलिदानी र लामो गौरवशाली ईतिहास हो । यसले नेपाली समाजलाई बदलिदिएको छ । यसले नेपालमा राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गरेको छ ।
नेपाली समाजमा भएका सङ्घर्षहरूमध्ये सबैभन्दा सम्मान गर्न लायकको घटना यही हो । यसको अपमान गर्नेहरू समाजका अमानवीय र घृणित हुन् ।