Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, November 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

Sambridinews by Sambridinews
शनिबार, कार्तिक २९, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्राकृतिक विपद्का कारण सेवा अवरुद्ध हुनुका साथै प्रभावित क्षेत्रमा निःशुल्क सेवा उपलब्ध गराउँदा पनि नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण (Unaudited) अनुसार टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.३५ प्रतिशत अर्थात् ४९ करोड ४९ लाख रुपैयाँले वृद्धि भई १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासिकमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

You might also like

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

नाफामा आएको उल्लेख्य सुधारसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ ।

खर्च कटौतीले बढायो नाफा समीक्षा अवधिमा कम्पनीको कर अघिको मुनाफा ३.६५ प्रतिशत (१० करोड ५२ लाख रुपैयाँ) ले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यद्यपि, ब्याज, कर तथा ह्रासकट्टी अघिको नाफा (EBITDA) भने ६.१३ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।

कर्मचारीको तलब स्केल वृद्धिका कारण प्रशासनिक खर्च बढे पनि ह्रास खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजन (Impairment Reversal) का कारण समग्र खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ (५.९० प्रतिशत) ले घटेको छ । खर्चमा आएको यही नियन्त्रणले खुद नाफामा उच्च वृद्धि देखिएको हो ।

कुल आय ९ अर्ब ४७ करोड माथि कम्पनीको कुल आय गत वर्षको तुलनामा ०.०७ प्रतिशत (६६ लाख ४६ हजार रुपैयाँ) ले वृद्धि भई ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यस्तै, कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

टेलिकमका अनुसार कम मूल्यका ठूला डेटा प्याकेजको बढ्दो प्रयोगका कारण जीएसएम (GSM) तर्फ १० लाख १६ हजार रुपैयाँ र एफटीटीएच (FTTH) तर्फ ४ करोड ४० लाख रुपैयाँले कार्यसञ्चालन राजस्व वृद्धि भएको छ ।

बाढीपहिरो र निःशुल्क सेवाको असर चालु आवको पहिलो त्रैमासिकमा रसुवाको भोटेकोशी (भदौ १०) र बुढीगण्डकी (असोज २५) क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण टेलिकमको सेवा र व्यावसायिक गतिविधिमा नकारात्मक असर परेको थियो । भोटेकोशी बाढी प्रभावित सेवाग्राहीलाई टेलिकमले १७ दिनसम्म निःशुल्क भ्वाइस तथा डेटा सेवा उपलब्ध गराउँदा सेवा बिक्रीबाट प्राप्त हुने राजस्वमा केही संकुचन आएको कम्पनीले जनाएको छ ।

कम प्रतिफल आउने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै टेलिकमले आफ्नो वित्तीय सन्तुलन मजबुत बनाइराखेको देखिएको छ ।

वित्तीय विवरणको मुख्य झलक (प्रथम त्रैमासिक तुलना):

विवरणआव २०८२/८३ (प्रथम त्रैमास)आव २०८३/८४ (प्रथम त्रैमास)परिवर्तन
कुल आयरु. ९ अर्ब ४७ करोड १० लाखरु. ९ अर्ब ४७ करोड ७६ लाख+०.०७%
कुल सञ्चालन आयरु. ८ अर्ब ६७ करोड ९५ लाखरु. ८ अर्ब ६७ करोड ८२ लाख-०.०१%
EBITDAरु. ४ अर्ब ७५ करोड ४ लाखरु. ४ अर्ब ४५ करोड ९० लाख-६.१३%
कर अघिको नाफारु. २ अर्ब ८८ करोड २१ लाखरु. २ अर्ब ९८ करोड ७४ लाख+३.६५%
खुद नाफारु. १ अर्ब ३२ करोड ५१ लाखरु. १ अर्ब ८२ करोड १ लाख+३७.३५%
प्रतिशेयर आम्दानी (वार्षिक)—रु. ४०.४५—

Related

Previous Post

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

Sambridinews

Sambridinews

Related Posts

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

by Sambridinews
शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

by Sambridinews
बिहिबार, कार्तिक २७, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित

सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित

बिहिबार, कार्तिक २३, २०८०
सुनको मूल्यमा नयाँ रेकर्ड ; बिहीबार एकै दिन तोलामा २ हजार वृद्धि

सुनचाँदीकाे मुल्य लगातार घट्दै

आइतवार, मंसिर २३, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

शनिबार, कार्तिक २९, २०८३
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध
TOP STORIES

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

शुक्रबार, कार्तिक २८, २०८३
प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड
FEATURED

प्रोटोन ई.मास ५ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

शुक्रबार, कार्तिक २८, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकमद्वारा ३० एमबीपीएस एनटी फाइबर र मेस एपी अफरको अवधि पुस ३० सम्म थप

शुक्रबार, कार्तिक २८, २०८३
आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक
TOP STORIES

आइआइटिए अनलाइन विश्वकपमा नेपालका शेखर थापालाई स्वर्ण पदक

बिहिबार, कार्तिक २७, २०८३
काठमाडौंबाट पोखरा जान लागेको माइक्रो नुवाकोटमा दुर्घटना
TOP STORIES

मकवानपुरको चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिबार, कार्तिक २७, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In