Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, November 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

Sambridinews by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
in खेलकुद, जीवन शैली, समाचार
0
क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

कार्तिक २९, काठमाडौं । क्यान्सर रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एन्ट फाउन्डेसनले ‘पेडल फर प्रिभेन्सन’ साइकल र्‍याली सम्पन्न गरेको छ । साइकल र्‍यालीमा ४०० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए । नो सेभेम्बर अभियानअन्तर्गत शनिबार बिहान आयोजित र्‍यालीमा विभिन्न क्षेत्रका व्यक्तिहरूले क्यान्सरविरुद्ध सचेतना, ऐक्यबद्धता र सामूहिक जिम्मेवारीको सन्देश दिएका हुन् ।
सन् २०२६ मा छैटौँ वर्षमा प्रवेश गरेको एन्ट फाउन्डेसनको ‘नो सेभेम्बर’ अभियानअन्तर्गत यस वर्षका कार्यक्रमको सुरुवात ‘पेडल फर प्रिभेन्सन’ बाट गरिएको हो । र्‍यालीमा नौ वर्षसम्मका बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको थियो । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट सुरु भएको र्‍याली उत्तरढोका, नरसिंह चोक, ठहिटी, नागल, इन्द्रचोक, न्युरोड, जुद्ध शालिक, ओमबहाल, लगन, टेकु, कालोपुल, सानेपा चोक, हेरिटेज प्लाजा, झम्सिखेल, द प्लाजा, पुल्चोक हुँदै ललितपुरको मंगलबजारमा पुगेर सम्पन्न भएको थियो ।
प्रख्यात नेपाली माउन्टेन बाइक खेलाडी तथा क्यान्सर विजेताहरू हरक लामा र कविता चित्रकारको नेतृत्वमा सम्पन्न र्‍यालीले क्यान्सरविरुद्धको संघर्षमा साहस, धैर्य र आत्मबलको सन्देश दिएको थियो। कार्यक्रममा एन्ट फाउन्डेसनका सद्भावना दूत मिस नेपाल वर्ल्ड २०२६ दीपमाला ढकाल र मिस टिन युनिभर्स २०२६ सच्चरिना श्रेष्ठको पनि सहभागिता थियो ।
कार्यक्रममा सहभागी जनाउँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एन्ट फाउन्डेसनले अघि बढाएको अभियानमा काठमाडौं महानगरपालिका पनि सहकार्य गर्न तयार रहेको बताउँदै क्यान्सरविरुद्धको सचेतना अभियानलाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रख्यात कोरियोग्राफर, मोडल तथा मेन्टर प्रशान्त ताम्राकारको पहलमा स्थापना भएको एन्ट फाउन्डेसनले सामाजिक कल्याण, सामुदायिक हित र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। फाउन्डेसनले हरेक वर्ष नो सेभेम्बर अभियानमार्फत क्यान्सर रोकथाम, उपचारमा सहयोग तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको छ ।
विश्वव्यापी रूपमा नो सेभेम्बर हरेक वर्ष नोभेम्बर महिनाभर सञ्चालन हुने अभियान हो । यस अभियानमा मानिसहरूलाई दाह्री काट्न छाडेर प्राकृतिक स्वरूपमा रहन प्रोत्साहित गरिन्छ । यसमार्फत क्यान्सरबारे संवाद सुरु गर्ने, जनचेतना फैलाउने तथा अनुसन्धान, शिक्षा र रोकथामका लागि सहयोग जुटाउने उद्देश्य राखिन्छ । सन् २००९ मा अमेरिकाको इलिनोइसस्थित हिल परिवारले आफ्ना बुबा म्याथ्यु हिलको स्मृतिमा यस अभियानलाई गैरनाफामूलक आन्दोलनका रूपमा लोकप्रिय बनाएको थियो। उनको सन् २००७ नोभेम्बरमा कोलोन क्यान्सरका कारण निधन भएको थियो ।
क्यान्सरबाट व्यक्ति, परिवार र समुदाय प्रभावित हुने भए पनि समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, रोकथामसम्बन्धी जानकारी र आवश्यक सहयोगले यसको जोखिम तथा प्रभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। यही सन्देशलाई समुदायसम्म पुर्‍याउने उद्देश्यले आयोजित साइकल र्‍यालीलाई आयोजकले केवल खेलकुद गतिविधि नभई सामाजिक उत्तरदायित्व र सामूहिक अभियानका रूपमा लिएको छ । ‘हरेक पेडल महत्वपूर्ण छ, हरेक आवाजको अर्थ छ र हरेक जीवन मूल्यवान् छ’ भन्ने सन्देशसहित आयोजित र्‍यालीले क्यान्सरविरुद्धको लडाइँमा कोही पनि एक्लो नरहेको र सबैको सामूहिक प्रयासबाट सकारात्मक परिवर्तन सम्भव रहेको सन्देश दिएको छ ।

Related

Previous Post

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

Sambridinews

Sambridinews

Related Posts

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

by Sambridinews
आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

by Sambridinews
शनिबार, कार्तिक २९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

EFS फाइट नाइट ८ ले अन्तर्राष्ट्रिय मुवाँथाई एक्सनका साथ काठमाडौंलाई प्रज्वलित गर्ने

EFS फाइट नाइट ८ ले अन्तर्राष्ट्रिय मुवाँथाई एक्सनका साथ काठमाडौंलाई प्रज्वलित गर्ने

आइतवार, बैशाख २०, २०८३
उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

मङ्लबार, भदौ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश
खेलकुद

क्यान्सर सचेतनाका लागि ४०० भन्दा बढी साइकलयात्रीको र्‍याली‘पेडल फर प्रिभेन्सन’ अभियानमार्फत क्यान्सर रोकथाम र जनचेतनाको सन्देश

आइतवार, कार्तिक ३०, २०८३
हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन
TOP STORIES

हिमालयन जुनियर चेसमा सुहानी र एल्बिक च्याम्पियन

आइतवार, कार्तिक ३०, २०८३
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा
FEATURED

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, बजारको झण्डै आधा हिस्सा कब्जा

आइतवार, कार्तिक ३०, २०८३
विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ
TOP STORIES

विश्व पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरूको बिदाइ

आइतवार, कार्तिक ३०, २०८३
प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
FEATURED

प्रकृति, निष्ठा र आराधनाको पर्व: आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आइतवार, कार्तिक ३०, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

विपद् र निःशुल्क सेवाका बाबजुद नेपाल टेलिकमको खुद नाफामा ३७.३५ प्रतिशतको छलाङ, १ अर्ब ८२ करोड नाफा आर्जन

शनिबार, कार्तिक २९, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In