Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, June 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कार्ल मार्क्सका आरोह अवरोह

Sambridinews by Sambridinews
मङ्लबार, माघ १, २०८१
in विचार
0
कार्ल मार्क्सका आरोह अवरोह
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter
  • भोजराज घिमिरे

कार्ल मार्क्सको जन्म ५ मे सन १८१८ अहिलेको जर्मनीको पियर नगरमा भएको थियो । तर त्यतिबेलासम्म जर्मनीको एकीकरण भइसकेको थिएन ।मार्क्सको गृहनगर पियर पुजिया राज्य तत्कालिन राजतन्त्रात्मक मुलुक थियो । मार्क्सको परिवार यहुदी समुदायमा पर्दथ्यो ।

पुजिया एक राजतन्त्रात्मक मुलुकमा पर्दथ्यो । पुजिया राज्यमा इसाई धर्मलम्बीहरुको ठुलो संख्या थियोे । त्यसैले कार्ल मार्क्सका हजुरबुबा मिन हररी माक्र्सले धर्म परिवर्तन गरि यहुदी धर्म अगालेका थिए ।

You might also like

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

मार्क्सका पिता हेनरी मार्क्स भने ठुला वकिल थिए । उनले आफ्नै जीवनकालमा ज्ञान धन र प्रतिष्ठा आर्जन गरे । कार्ल माक्र्सका पिता हेनरी मार्क्स पियर नगरमा एक धनाड्य र प्रतिष्ठित नागरिक मानिन्थे । हजुरबुबाको पालामा गरिब परिवार मानिएको माक्र्स परिवार बुबाको पालामा सबै कुराको शक्तिशाली परिवार बन्ने पुग्यो ।

कार्ल मार्क्स का नौ दाजुभाइ तथा दिदि बहिनी थिए । त्यसमा मार्क्स जेठो सन्तान थिए । हेनरी मार्क्स र लोर्बिक बोनो वेष्टखालेनबिक्सबीच गहिरो मित्रता थियो ।
वेष्टखालेन उच्च सरकारी अधिकारी थिए । पुजिया राज्यमा खालेन परिवारको राम्रो प्रभाव थियो । लुटबिन बोनो वेष्ट खालेन प्रशासक भएर आएको बेला दुई परिवारको आवतजावत झनै बाक्लो भयो ।

कार्ल मार्क्सकी पत्नी यही परिवारकी थिइन । माक्र्स र वेष्टन खालेन परिवार मित्रताको समय पियर नगरमा शिक्षित र शक्तिशाली परिवारको सम्बन्ध मानिन्थ्यो । मार्क्सको सिद्धान्त र शब्दावलीमा भन्ने हो भने, यी दुई ठुला नगरका बुर्जुवा परिवार थिए ।

बाह्वर्षको हुँदा कार्ल मार्क्स आफ्नै पिताबाट धेरै सिकिसकेका थिए । त्यसपछि उनी पियर नगर माध्यमिक बिधालयमा भर्ना भए । जेनिका एक दाजु इदगर बोनियरका सहपाठी थिए । जेनीका अर्का दाजु एलिनन बोनियर पछि पुजियाको गृहमन्त्री समेत भए । जेनी कार्ल मार्क्स भन्दा जेठी थिइन । पारिवारिक जमघटमा उनीहरु बाल्यकालदेखि नै भेटघाट भइरहन्थ्यो । कार्ल मार्क्सकै शब्दमा भन्दा जेनी त्यो बेलाको पियर नगरमा आकर्षक सुन्दर युवती थिइन ।

सन् १८३६ मा पारिवारिक सल्लाहमै जेनी र कार्ल मार्क्सबीच विवाह पक्का गरिएको थियोे । उनीहरुको विवाह भने पछि १८४३ मा भएको थियोे । पियरको स्कुले शिक्षा पूरा गरेर उच्च शिक्षाका लागि कार्ल माक्र्स १८३५ मा १७ बर्षको उमेरमा बोन विश्वविद्यालय गए ।


उनका पिताको आकाङ्क्षा मार्क्सलाई पनि ठुलो वकिल बनाउने थियो । त्यसै अनुरुप कार्ल माक्र्सले पनि अध्यन गर्न थाले । विस्तारै उनि राजनीतिक र क्लबहरुसँग जोडिन थाले । बोनको पढाइ मार्क्सलाई अलिक ठिक लागेन । जेनी जस्तो एक शिक्षित र सभ्रान्तसँग विवाहको निधो भइसकेको हुँदा योग्य वर बन्नका लागि माक्र्समा शिक्षाको भोक तिब्र हुँदै गयो ।
१८३६ को अक्टोबरमा उनि थप अध्ययनका लागि जर्मनीको बर्लिन विश्वविद्यालय भर्ना भए ।

त्यहा दर्शनशास्त्र बिभागमा विख्यात दार्शनिक जर्ज फ्रीडरिच हिगेलका बिचारहरुको बलियो प्रभाव थियोे । बर्लिनमा माक्र्स हिगेलवादी दर्शन युवा समुहमा सामेल भए । यो समुहमा लोवबिध फायरवाद ब्रुनु वौएरका साथ प्रध्यापकहरु समेत आउने गर्दथे ।

१८३८ मा मार्क्सका पिताको निधन भयो । यसले उनको परिवारमा आर्थिक जिम्मेवारी बढ्न थाल्यो, तथापि उनले आफ्नो अध्यन छोडेनन् । २३ बर्षको उमेरमा उनले दर्शनशास्त्रमा विद्यावारिधी गरे । त्यसपछि उनको लेखन तथा समिक्षकतर्फको यात्रा सुरु भयो ।


१८४२ देखि कार्ल मार्क्सले पत्रकारको रुपमा समेत कामगर्न थाले । माक्र्सको विचार क्रान्तिकारी हुन्थ्यो र लेखन त्यत्तिकै बौद्धिक र तिखो हुनेगदएथ्यो ।
माक्र्स विध्यमान राजनीतिक व्यवस्था र अर्थतन्त्रमाथि तिखा टिप्पणीहरु लेख्दथे । जसले पाठकहरुबीच एक किसिमको तरंग ल्याउथ्यो । सरकाले त्यस्ता विचारहरु सहजै पचाउन सकेन । १८४३ मा रुसी सम्राट जार निकोलसको विरुद्धमा एक दमदार लेख लेखे । जसले गर्दा केहीदिनमा नै माक्र्सले काम गर्ने पत्रिका राईट लेट्युङलाइ प्रतिबन्ध लगायो ।

अर्नाडलुङ नामका अर्कन पत्रकारसँग मिलेर कार्ल माक्र्सले अर्को पत्रिका प्रकाशन गर्ने योजना बनाए । तर पुजियाबाट यो प्रकाशन गर्ने सम्भावना थिएन । तसर्थ कार्ल माक्र्सले पत्नी जेनीलाई लिएर फ्रान्सको राजधानी पेरिस गए । १८४४ माक्र्स दम्पतीको पहिलो सन्तान जिन प्यारोडीना जन्मिन । फ्रान्स सरकारले कार्ल माक्र्सले लेख्ने पत्रिको दोस्रो अंक देखि बन्द गरायो । उक्त पत्रिकामा

कार्ल माक्र्सको लेख मात्र लेख्थे पत्रिकाको स्वामीत्व अर्का व्यक्तिको थियो । १८४४ अगष्ट २८ मा कार्ल माक्र्सको भेट अर्का जर्मनीका फेडरिक एङगेल्शसँग भयो । यी दुईको मित्रता खुब जमेको थियो । तिनीहरू आजीवन एक अर्काका अभिन्न मित्र बने । त्यही बर्षको नोभेम्वरमा सयुक्त पुस्तक द होली फेमेली प्रकाशन गरे ।

पेरिसको बसाइ असहज हुदै गएपछि मार्क्स परिवार १८४५ मा बेल्जियमको ब्रसेल्समा झ¥यो । त्यो बेला युरोपका क्रान्तिकारीहरु तथा समाजवादी अभियान्ताहरु निर्वासित जीवन बिताइरहेका थिए । फ्रेडरिक एङगेल्श जर्मनीको बर्लिनका थिए । माक्र्स परिवार ब्रसेल्स सरेकै बेला एङगेल्श पनि बर्लिन बाट ब्रसेल्स आए । त्यतिबेलासम्म माक्र्स र एङगेल्श लिग फोर समाजवादी संगठनका सदस्य भइसकेका थिए ।

१८४५ जुलाईमा माक्र्स र हेगेल्श लन्डन गए । यो मार्क्सको पहिलो लन्डन भ्रमण थियो । उनलाई यो थाहा थिएन कि यहीँ सहरमा उनको बाँकी जीवन बित्ने छ र चिहान समेत यही सहर बन्ने छ भन्ने ।

यो भ्रमणको उदेश्य बेलायती चार्टिस आन्दोलनकारीहरुसँग भेट गर्ने थियो । बेलायतमा समाजवादी आन्दोलनको स्थिति बारे जानकारी लिनु थियो । यसबीच माक्र्स र एङगेल्शले जर्मन विचारधारा र दर्शन दरिद्रता भन्ने पुस्तकमा काम गरेका थिए । कार्ल मार्क्स र फ्रेडरिकको प्रवेशले लिक फर जस्टिले सानो र भुमिगत संगठन विस्तार हुदै गयो ।

पछि यसको नाम परिवर्तनगरि कम्युनिस्ट लिग बनाइयो । यसको घोषणापत्र लेख्ने जिम्मेवारी माक्र्स र एङगेल्शलाई दिइयो । करिब दुई महिनाभित्र उनीहरूले कम्युनिस्ट घोषणापत्र लेखे ।
१८४८ को फ्रेअवरी २१ का दिन पहिलोपटक कम्युनिस्ट घोषणापत्र प्रकाशित भयो । यो नै विश्व कम्युनिस्ट आन्दोलनको पहिलो र महत्तवपूर्ण आधिकारीक पुस्तिक र बैचारिक आधारशिला बन्न पुग्यो ।
१८४८ मा युरोपभरी क्रान्तिकारी आन्दोलनहरुको विकास भयो । यसको पछाडि कार्ल माक्र्सको योगदान छ भन्ने तत्कालीन त्यहाँका शासकहरुलाई लाग्न थाल्यो । तसर्थ त्यहाँका सरकारहरुले कार्ल मार्क्सलाई पक्राउ गर्ने योजना बनाए । यो कुराको सुइँको पाएका मामार्क्स फेरि पेरिस भागे ।

पेरिसमा कम्युनिस्ट गणतन्त्रको नेतृत्व कार्ल माक्र्सले आफै गर्न थाले । उनले त्यहा निर्वासित जर्मन समाजवादीहरको संगठन बनाउन थाले । त्यहाबाट मार्क्स जर्मन सहर कोलेनो पुगेर जर्मन सहर र पार्टी गठनको आवश्यकता बारे पर्चा बितरण गर्न थाले । उनले त्यहा एउटा पत्रिका समेत निकाल्न थाले । पत्रिका माथि पुन प्रतिबन्ध लाग्यो ।

मार्क्सका नाममा देश निकाला आदेश जारी भयो । मार्क्स पुन पेरिस फर्किए । पेरिसमा त्यो बेला हैजाको महामारी फैलिएको थियोे । सहरहरु दक्षिणपन्थीहरुको नियन्त्रणमा थियोे । अर्कोतिर माक्र्स पत्नी जेनी चौथो सन्तान जन्मदिने पर्खाईमा थिइन । यो अप्ठ्यारोलाई बिचार गर्दे १८४९ अगष्टमा पेरिस छोडेर लन्डनमा सरणार्थी जीवन बिताउने निर्णय लिए ।

मार्क्सको बाँकी जीवन लन्डनमा नै बित्यो । लन्डनम माक्र्स र परिवारको जीवन दुःख र अभाव नै अभावले जेलिएको थियोे । उनीसँग आम्दानीको कुनै दरिलो स्रोत थिएन । किताबको बिक्री र लेखकको पारिश्रमिकबाट जेनतेन गुजारा चलेको थियोे ।
चर्को अभावका बेला मित्र फ्रेडिग एगेल्शले थेगभर गर्दे आएका थिए । सन्तानले राम्रो र पोषिलो खान पाउँदैनथे । अर्कोतिर कम्युनिस्ट लिगको लथालिङ्ग अवस्थाले मार्क्स सदैब चिन्तित हुन्थे ।

उनको पैत्रिक सम्पत्ति त्यसैमा लगानी गरेका थिए । यता जेनी बेलाबेलामा आफ्नो माईत जान्थिन र माईतिले दिएको पैसाले आफ्नो गर्जाे टार्थिन । यता माक्र्स बेलायतको लाईबेरिमा बसेर १८ घण्टासम्म भोक भोकै आफ्नो अध्यन गर्दथे । आर्थिक अभाव कम गर्न मार्क्सले १८५२ देखि १८६२ सम्म न्युयोर्क डेली पत्रिकाको युरोप संवाददाता भएर काम गर्दथे ।

यहीबीच कार्ल मार्क्स आफ्नो जीवनको सबैभन्दा ठुलो नैतिक संकटमा परे । घटना के थियो भने सन १८५० मा पत्नी जेनी केही महिनाको लागि माईत गएकी थिइन । त्यहीबीच परिवारकि सुसारे हेलेन डेमुड गर्भवती भइन् । त्यो गर्भ कार्ल माक्र्सको थियो । तर माक्र्सको सामाजिक प्रतिष्ठालाई ध्यान दिएर त्यसलाई लुकाईयो ।

सार्वजनिक रुपमा फ्रेरडिग एङगेल्शको उक्त गर्वको स्वामीत्व लिए जुन यथार्थ थिएन । १८५१ जुनमा हेलेन एक सन्तान जन्माईन त्यो छोरा थियो । छोराको नाम राखियो हेनरी एङगेल्श जबकि एङगेल्श त्यो साल म्यानचेष्टरमै थिए । उनी त्यो बर्ष लन्डन आएकै थिएनन् । भनिन्छ कि मार्क्सले नै हेनरी एङगेल्शलाई नौ बर्षसम्म पाल्नका लागि एक गरिब परिवारलाई खर्च दिएर जिम्मा लगाएका थिए ।

हेलेन जेनीसँगै माक्र्स परिवारमा दाईजो आएकी सुसारे थिइन । दास मुक्तिको कुरा गर्ने माक्र्स परिवारमा उनि स्वयं दासी थिइन । उनले भिन्नै बिवाहा गरिनन् जीवनभर माक्र्स र जेनीसँगै बसिन । तर मार्क्स निधनपछि भने उनी एङगेल्शसँग बसिन ।

कार्ल माक्र्सको निधन पछि यो रहस्य खुल्यो कि हेनरी यथार्थमा माक्र्सकै छोरा थिए । माक्र्सको विशेष आग्रहमा हेलेनले त्यस्तो नाटक गरेका थिए । माक्र्सकी कान्छी छोरी बिनियोर मार्क्सले आफ्नो पितालाई निकै ठुलो आदर्श मान्थिन । यो रहस्य अनावरणपछि मानसिक रोगी जस्ति भइन् । मार्क्सको निधनपछि हेनरीलाई फिर्ता ल्याइन र दाजुको दर्जा दिइन र सँगै राखिन ।

मार्क्स र जेनीबाट सात सन्तान जन्मिएका थिए । तीन छोरीहरु मात्रै बाँचेका थिए ।बाँकी बाल्यकालमै निधन भइसकेका थिए । कार्ल माक्र्सको एउटा छोरा आठ बर्षको हुदासम्म बाँचेका थिए । तर उनको निधन हुँदा कात्रो किन्नेसम्म पैसा थिएन माक्र्स दम्पतीसँग ।

कार्ल मार्क्सको निधन हुँदा एघार जना मलामी थिए भनिन्छ । कार्ल माक्र्स उन्नाइसौं शताब्दीका सभन्दा रुचाईएका ब्याक्ति थिए । संसारका कतिपय देशका कम्युनिस्ट पार्टीहरु यही बैचारिक आदर्शबाट स्थापित भएर बनेका थिए । त्यसमध्ये सोभियत संघमा कुसल नेतृत्व भ्लादिमियर लेनिनले गरेका थिए ।

चीन मंगोलिया उत्तर कोरिया क्युवा हंगेरी पुर्वी जर्मनी लगायत पहिलो र दोस्रो विश्वयुद्धपछि संसारका धेरै राष्ट्रहरुमा कम्युनिस्ट मार्क्सवादी सरकारहरु बने । तर कार्ल माक्र्सले परिकल्पना गरेको समाजवाद कही कतै निर्माण हुन सकेन ।

कम्युनिस्ट भनिएका पार्टीले सत्ता प्राप्तिका लागि मार्क्सवादलाई भ्रष्ट्रिकरण तिब्र बढिरहेको छ । त्यसमध्ये नेपालको कम्युनिस्ट आन्दोलनपनि अछुतो रहन सकेन । भ्रष्ट लोभी सत्ताका भोकाहरुले पार्टीको नाममा कम्युनिस्ट प्रगतिशिल लेखाएर जनताको भावनामाथि कुठाराघात गरिरहे ।

Related

Previous Post

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटको तारुकामा पच्चीस हल गोरु जुदाइदै

Next Post

बुधबारका लागि विदेशी मुद्राकाे सटही दर

Sambridinews

Sambridinews

Related Posts

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं
TOP STORIES

अनलाइनका विकृति अन्त्य गरी पत्रकारिताकाे गरिमा उच्च राखाैं

by Sambridinews
बुधबार, चैत्र २५, २०८२
नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह
विचार

नेकपा सिन्धुलीमा विद्रोह र क्रान्तिकारी विद्रोह

by Sambridinews
आइतवार, माघ १९, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

by Sambridinews
शनिबार, माघ ४, २०८२
हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग
विचार

हे मृत कम्युनिस्टहरु हो, उठ अब जाग

by Sambridinews
मङ्लबार, पुस ८, २०८२
जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ
विचार

जोसे अल्बर्टोबाट नेपालका कम्युनिस्टहरुले सिक्नुपर्छ

by Sambridinews
शनिबार, मंसिर २१, २०८२
Next Post
आजकाे विदेशी मुद्राको विनिमय दर

बुधबारका लागि विदेशी मुद्राकाे सटही दर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि

शनिबार, माघ १८, २०८२
श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ

आइतवार, कार्तिक २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 
TOP STORIES

मलेसियामा ‘दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिता’ 

सोमवार, जेष्ठ १८, २०८३
नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो
FEATURED

नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्यो

सोमवार, जेष्ठ १८, २०८३
नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक
FEATURED

नेपालमा नयाँ ओमोडा ई ५ प्रो सार्वजनिक

सोमवार, जेष्ठ १८, २०८३
संवृद्ध मुलुकपछि दुईदिन बिदा
FEATURED

संवृद्ध मुलुकपछि दुईदिन बिदा

आइतवार, जेष्ठ १७, २०८३
नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

शनिबार, जेष्ठ १६, २०८३
असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने
TOP STORIES

असोज १ देखि भृकुटीमण्डपमा ‘१९औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६’ हुने

शनिबार, जेष्ठ १६, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In