गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिसंगै गेटवेले ३० हजार तथा नेक्ससले २० हजार नगद पुरस्कार हात पारे ।
पिस प्वाइन्टले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५–१ गोलले हराउदै तेश्रो भयो । पिस प्वाइन्टले १० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
गेटवेका अनुप तामाङ उत्कृष्ट खेलाडी तथा गेटवेकै सौगात कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । पिस प्वाइन्टका सुरज रेग्मी सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई नेपाल प्रहरीका पूर्व महानिरीक्षक धीरजप्रताप सिंह, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर, क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रिता राई दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा २१ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













