
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
काठमाडौं नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ । ‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् । हरेक दिन सहभागीहरू मध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नेछन् । साथै, बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् । कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यसबारे भन्नुभयो, “डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं । क्यूआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौं ।” बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ । ग्राहकहरूले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरु जित्न सक्नेछन् । नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ ।
Read moreकाठमाडौं, चैत्र १९ । नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्सको ७५ औं वार्षिक उत्सव हीरक जयन्तीको अवसरमा देशका विभिन्न...
Read moreकाठमाडौं, चैत १9 । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी वर्तमान आर्थिक अवस्था, नीतिगत...
Read moreकाठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि...
Read moreकाठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति...
Read moreनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसंगको सहकार्यले लगानी प्रवद्र्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल...
Read moreकाठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्रीको प्रिमियर गरिएको छ ।...
Read moreकाठमाडौँ / नर्सरी व्यवसायी संघ नेपालले तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो आयोजना गर्ने भएको छ । नर्सरी क्षेत्रको एकीकृत महाकुम्भ मेलाको रूपमा...
Read moreकाठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको हार्दिक शुभकामनासहित लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजाहरु...
Read moreकाठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवगठित सरकारद्वारा जारी शासकीय सुधारसम्बन्धी कार्यसूचीप्रति स्वागत जनाएको छ । चेम्बरले विज्ञप्ती जारी गर्दै...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.