Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न

Sambridinews by Sambridinews
मङ्लबार, असार २३, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
नबिल दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सव वृक्षारोपण गरी सम्पन्न
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ ।

नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपिएको बैंकको भनाइ छ । नबिल बैंक तथा लुम्बिनी वल्र्ड पिस फोरम नेपालको सहकार्यमा भएको कार्यक्रममा काठमाडौँको टोखा नगरपालिका–२ का वडा कार्यालयले संरक्षण गर्ने गरी वृक्षारोपण सम्पन्न गरिएको हो ।

You might also like

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारी, स्थानीयलगायत वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको उपस्थिति थियो । उक्त अभियानले वातावरण संरक्षण तथा समुदायको आर्थिकस्तर बलियो बनाउन योगदान पुर्‍याउने बैंकले विश्वास व्यक्त गरेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बैंकले दिगो बैंकिङप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले वृक्षारोपण गरिएको बताए । ग्रिन विकअन्तर्गत सञ्चालन भएको वृक्षारोपण तथा अन्य वातावरण संरक्षणका क्षेत्रमा साझेदार संस्था, स्थानीय सरकार तथा समुदायको दीर्घकालीन सहकार्य भएकोमा सिइओ ज्ञवालीले खुसी व्यक्त गरे । विरुवा रोपेर मात्र नहुने, त्यसको संरक्षण र नियमित हेरचाहमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने टोखा नगरपालिका, वडा कार्यालय, स्थानीय साझेदार तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे ।

बैंकको दिगो बैंकिङ अभियान मानिस, पृथ्वी र समृद्धिको अवधारणामा आधारित छ । यसअन्तर्गत नबिल दिगो बचत खाता ग्राहकहरूलाई दिगो विकासका प्रयाससँग जोड्ने एक विशेष बचत योजनाका रूपमा रहेको छ । वातावरणीय तथा सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्ने यस खातामार्फत ग्राहकहरूलाई दिगो विकासमा सहभागी गराउने बैंकको उद्देश्य रहेको छ ।

पछिल्लो पाँच वर्षमा दिगो बैंकिङ बैंकको रणनीतिक प्राथमिकताका रूपमा स्थापित भएको उल्लेख गर्दै सिइओ ज्ञवालीले यस अवधिमा बैंकले दिगो बैंकिङ नीति तथा अभ्यासहरूलाई थप सुदृढ बनाएको उल्लेख गरे । “नबिल बैंकले उर्जा क्षेत्रमा लगानी गर्दै स्वच्छ ऊर्जाको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याइरहेको छ”, उनले भने, “त्यसबाहेक साना, लघु तथा मझौला उद्यमका क्षेत्रमा पनि बैंकले ठूलो लगानी गरिरहेको छ ।” बैंक नाफामुखी संस्थामा मात्रै नभई वातावरण, समाज तथा सुशासन (इएसजी)का सिद्धान्तलाई प्राथमिकतामा राख्दै सामाजिक उत्तरदायित्व निर्वाहमा समेत जोड दिएको उनको भनाइ थियो ।

सिइओ ज्ञवालीले बैंकले नबिल दिगो बैंकिङको पछिल्लो पाँच वर्षमा मात्रै डिजिटाइजेसनको माध्यमबाट २० मेट्रिकटनभन्दा बढी कागज बचत गरेको बताए । बैंकले दिगो विकास, लैंगिक समानतालाई पनि प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम आयोजना गरिरहेको उनको भनाइ थियो ।

बैंकले नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड रुपैयाँ, स्वच्छ यातायातमा १० अर्ब २८ करोड रुपैयाँ, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड रुपैयाँ, सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) मा ४५ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको उल्लेख गरेको छ । साथै महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड रुपैयाँ तथा डीडीएसएल कर्जाअन्तर्गत ५ अर्ब ८४ करोड रुपैयाँ लगानी भइसकेको छ ।

बैंकले उक्त लगानीमार्फत एक लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको र त्यसमध्ये ३१ प्रतिशत महिलाको सहभागिता रहेको उल्लेख गरेको छ । यसैगरी, पाँच वर्षमा बैंकले २५ करोड ६० लाख रुपैयाँ सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत खर्च गरेको छ भने नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (एसइइ)मार्फत एक हजार ५७७ उद्यमीलाई तालिम प्रदान गरिसकेको छ ।

बैंकले वातावरणीय क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएको छ । बैंकले नवीकरणीय ऊर्जा आयोजनामा गरेको लगानीमार्फत चार वर्षको अवधिमा करिब ३९ हजार ४५० दशमलव ६८ टन कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुगेको छ । साथै, डिजिटाइजेसन र स्वचालित प्रणालीमार्फत वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी बचत र करिब २० मेट्रिक टन कागजको बचत भएको बैंकले जनाएको छ ।

बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) प्रणालीलाई आफ्नो व्यवसाय तथा जोखिम व्यवस्थापन प्रक्रियामा समावेश गरेको छ । साथै, अन्तर्राष्ट्रिय मापदण्ड तथा नियामकीय व्यवस्थाअनुसार वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) सम्बन्धी प्रतिवेदनलाई थप सुदृढ बनाउँदै लगेको जनाएको छ । बैंकमा कार्यरत कुल जनशक्तिमध्ये ३९.१५ प्रतिशत महिला रहेको उल्लेख गर्दै ५० जना महिलाले बैंकका विभिन्न शाखा तथा रणनीतिक व्यवसाय इकाइ (एसबीयु)को नेतृत्व गरिरहेको बैंकको भनाइ छ ।

नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

Related

Previous Post

२ वर्षसम्म कलेजोको रोगसँग संघर्ष, २१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

Next Post

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

Sambridinews

Sambridinews

Related Posts

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

हेटौंडा कपडा उद्योग चलाउन ३३ लाख निकासा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सुगौली सन्धि र १९५० को सन्धि के हो ?

सुगौली सन्धि र १९५० को सन्धि के हो ?

शनिबार, असार ९, २०८०
कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका नेताहरूबीच छलफल

शुक्रबार, माघ ४, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In