Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, October 9, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर

Sambridinews by Sambridinews
बुधबार, असार २४, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
मौद्रिक नीति सन्तुलित र सकारात्मक, निजी क्षेत्रको मनोबल बढाउने FNCCI को ठहर
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) ले नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिलाई सकारात्मक र सन्तुलित भन्दै यसले निजी क्षेत्रको मनोबल बढाउने जनाएको छ । मुलुकको अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढिरहेको वर्तमान अवस्थामा मौद्रिक नीतिले मूल्य स्थायित्व, वित्तीय क्षेत्रको स्थायित्व र उच्च आर्थिक वृद्धिबीच सन्तुलन कायम गर्ने प्रयास गरेको महासङ्घको ठहर छ ।

सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका निर्णायक रहने यथार्थलाई मौद्रिक नीतिले आत्मसात् गरेको भन्दै महासङ्घले यसको स्वागत गरेको छ ।

You might also like

प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधिलाई थप चलायमान बनाउन मौद्रिक नीतिले अवलम्बन गरेको लचिलो कार्यदिशा उपयुक्त रहेको बताउनुभयो ।

“महासङ्घले लामो समयदेखि उठाउँदै आएका विभिन्न विषयलाई मौद्रिक नीतिमा सम्बोधन गर्ने प्रयास गरिएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “व्यक्तिगत जमानिका आधारमा सिर्जना हुने असीमित दायित्व हटाउने व्यवस्था, रुग्ण उद्योगमा रहेको निष्क्रिय कर्जाको व्यवस्थापन, र दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्ने उपायहरू सकारात्मक छन् ।”

त्यस्तै, संस्थागत क्षमताका आधारमा सेयर धितो कर्जाको सीमा निर्धारण र सार्वजनिक यातायातमा प्रयोग हुने ठुला विद्युतीय सवारी साधनका लागि कर्जा–धितो अनुपात (LTV Ratio) लाई थप सहज बनाउने व्यवस्थाको पनि महासङ्घले स्वागत गरेको छ ।

महासङ्घले नीतिगत सकारात्मकताका बाबजुद साना, मझौला तथा ठुला उद्योग व्यवसायहरू र विभिन्न क्षेत्रगत कर्जाको पुनर्संरचना तथा पुनरतालिकीकरणको सम्बन्धमा अब आउने निर्देशिकामा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड दिएको छ ।

नीतिगत दर, स्थायी निक्षेप सुविधा दर, बैङ्क दर, नगद मौज्दात अनुपात (CRR), वैधानिक तरलता अनुपात (SLR) तथा स्थायी तरलता सुविधालाई यथावत् राख्ने निर्णयले नीतिगत स्थिरता कायम गर्ने महासङ्घको बुझाइ छ । यसले लगानीकर्तामा विश्वास बढाउने र व्यावसायिक वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउने अपेक्षा गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूको डिजिटलाइजेसन, वित्तीय लागत न्यूनीकरण, सेवाको गुणस्तर सुधार र नियामकीय व्यवस्थालाई थप सरल, स्पष्ट र प्रभावकारी बनाउने नीतिको महासङ्घले स्वागत गरेको छ । बैङ्क तथा वित्तीय संस्थाका निर्देशनहरू सरलीकरण गर्ने र विदेशी विनिमयसम्बन्धी व्यवस्थालाई सहज बनाउने निर्णयले व्यापार, लगानी र वैदेशिक कारोबारलाई सहज बनाउन सहयोग पुग्ने महासङ्घको अपेक्षा छ ।

पर्याप्त विदेशी विनिमय सञ्चिति, विप्रेषण (रेमिट्यान्स) आप्रवाह, पर्यटन आय र सेवा निर्यातमा वृद्धि भई बाह्य क्षेत्र सुदृढ रहने राष्ट्र बैङ्कको प्रक्षेपणले आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास महासङ्घले लिएको छ ।

मौद्रिक नीतिको सफलता यसको प्रभावकारी कार्यान्वयनमा निर्भर रहने अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नुभयो । उहाँका अनुसार, ११ प्रतिशतको कर्जा प्रवाहको लक्ष्य प्राप्त गर्न र बैङ्किङ प्रणालीमा उपलब्ध पर्याप्त तरलताको उपयोग गर्न उद्योग, कृषि, पर्यटन, ऊर्जा, सूचना प्रविधि, पूर्वाधार, निर्यातमुखी उद्योग तथा साना एवं मझौला उद्यम (SMEs) सम्म सहज र सहुलियतपूर्ण रूपमा कर्जा प्रवाह हुनुपर्छ । वास्तविक उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार नभएसम्म आर्थिक पुनरुत्थानले गति लिन सक्दैन ।

महासङ्घले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) लचिलो बनाउनुपर्ने निजी क्षेत्रको मागलाई गहन रूपमा हेर्नुपर्ने बताएको छ । हालको अवस्थामा ‘वाच लिस्ट’ (Watch list) र ‘ब्ल्याक लिस्टिङ’ (Black listing) सम्बन्धी व्यवस्थालाई दुई वर्षका लागि लचिलो र सहज बनाउनुपर्ने तथा ‘वित्तीय क्षेत्र सुधार २.०’ अघि बढाउनुपर्ने धारणा राखेको छ ।

निजी क्षेत्रले बैङ्किङ क्षेत्रको पुनःपुँजीकरण, निष्क्रिय सम्पत्ति व्यवस्थापन (Asset Management), जोखिम साझेदारी संयन्त्रको विस्तार तथा उत्पादनशील क्षेत्रलाई लक्षित वित्तीय उपकरणहरूको विकासलाई समेट्ने गरी दोस्रो पुस्ताको वित्तीय सुधार कार्यक्रम कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएको छ ।

महासङ्घले मौद्रिक नीतिसँगै सरकारले अघि बढाएको आर्थिक सुधार कार्यक्रम, लगानीमैत्री कानुनी सुधार, पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन र परियोजनाको गतिलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । मौद्रिक र वित्तीय नीतिबीच प्रभावकारी समन्वय कायम भएमा मात्र अपेक्षित आर्थिक रूपान्तरण सम्भव हुने महासङ्घको विश्वास छ ।

निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धि, लगानी विस्तार र दिगो आर्थिक विकासका लागि राष्ट्र बैङ्क र सरकारसँग निरन्तर सहकार्य गर्दै रचनात्मक सहयोग गर्न महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ । सार्वजनिक–निजी क्षेत्रबीचको संवाद र नीतिगत स्थिरतामार्फत अर्थतन्त्रले थप गति लिने महासङ्घको धारणा छ ।

Related

Previous Post

ताम्राकार हाउसमा शाओमी नेपालको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

Next Post

सुकुम्बासीको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण: बिना विकल्प नहटाउन सरकारलाई निर्देशन

Sambridinews

Sambridinews

Related Posts

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

by Sambridinews
बिहिबार, अशोज २२, २०८३
Next Post
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन एवम् शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह

सुकुम्बासीको मानव अधिकारप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण: बिना विकल्प नहटाउन सरकारलाई निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

वीर अस्पतालले करार सेवामा १०० जना नर्स राख्दै

शुक्रबार, जेष्ठ ११, २०८१

सन्दीपलाइ सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतकाे अनुमति

सोमवार, अशोज २४, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

प्रहरीले करिब २१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
FEATURED

सांग्रिला डेभलपमेन्ट बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न: १०.५२६३% लाभांश पारित, उज्ज्वल सत्यालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

बिहिबार, अशोज २२, २०८३
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
FEATURED

नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

बिहिबार, अशोज २२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In