
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा छलफल तथा अन्तर्क्रिया गरियो । ग्राण्डि इन्टरनेशनल हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यस कार्यक्रममा बैदेशिक नियोगका प्रतिनिधिहरु, एवनका सदश्यहरु, डाउन सिन्ड्रोम सोसाइटीका प्रतिनिधी, हस्पिटलका डाक्टरहरु तथा डाउन सिन्ड्रोम भएका बालबालिका तथ अभिभावकहरु सहभागिता जनाएका थिए । बेवि हेल्थ केयर प्रोडक्स्का क्षेत्रमा नेपाली बजारमा अग्रणी रहेको अष्ट्रेलियन ब्राण्ड आईविविले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस कार्यक्रमको लागि सहकार्य र सहभागिता जनाएको थियो । कार्यक्रममा बोल्दै ग्राण्डि हस्पिटलका मेडिकल डाईरेक्टर डा. विनोद विजुक्छेले डाउन सिन्ड्रोम भएका बालबालिकालाई परिवारको मायाँ, पारिवार भित्रका कार्यहरुमा उनीहरुको सहभागीता र उनीहरुको लाईफ स्किल इन्ह्यान्समेन्टमा ध्यान दिएको खण्डमा ठूलो परिवर्तन ल्याउन सकिने बताए । एवनकी प्रेसिडेन्ड बाबा सरकार श्रेष्ठले डाउन सिन्ड्रोम भएको बच्चा जन्म दिएकै कारण प्रताडित भएकी आमा देख्दा असह्य पिडा बोध भएको सुनाउँदै, यसमा चेतना अभिबृद्धि तथा हामी सबैको सहभागिता मूलक सहयोग अपरिहार्य रहेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन्, “यो समाजमा भएका हरेक मानिस फरक छन्, त्यसैले यो संसार सुन्दर छ, डाउन सिन्ड्रोम भएका बालबालिकामा भएका फरक क्षमतालाई हामीले पहिचान गर्न सक्नुपर्छ, उनीहरुको फरक एविलिटीलाई सेलिब्रेट गर्नुपर्छ, अवसर र समानता कायम गर्नुपर्छ ।” डाउन सिन्ड्रोम सोसाइटीकी अध्यक्ष शिला थापाले आफ्नो छोरा डाउन सिन्ड्रोम भएकै कारण भोगेका घटना सुनाउँदै, अन्य अभिभावकलाई सहयोग गर्न सकियोस् भन्ने उदेश्यका साथ डाउन सिन्ड्रोम सोसाइटी नै स्थापना गरेको बताईन् । विश्वमा जन्मने हरेक ७०० बालबालिका मध्ये एक डाउन सिन्ड्रोम हुने तथ्यलाई आधार मानि त्यसको तयारी र उनीहरुको आवश्यकता परिपूर्तीका लागि राज्यबाट गरिनुपर्ने सहयोग र पूर्वाधार विकाशमा आवश्यकता अनुरुप लगानी नभएको देखिन्छ । यसले गर्दा डाउन सिन्ड्रोम भएका बालबालिका तथा परिवारका सदश्यहरु समेत सामाजिक भेदभावको शिकार हुँदै आएका छन् । यस परिप्रेक्ष्यमा ग्राण्डी इन्टरनेशल हस्पिटल तथा एवनले लिएको अग्रसरता प्रति कृतज्ञता जाहेर गर्दै कार्यक्रमको हिस्सा बन्न पाउँदा आफूले गर्व महशुष गरेको आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्युटी कुमारी सर्राफले बताईन् र भविष्यमा समेत सामाजिक उत्तरदायित्व बहन गर्दै यस क्षेत्रको विकासमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता समेत ब्यक्त गरिन् ।
Read moreकाठमाडौं । नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा 'कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ। नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यहरूबीच कर्जा प्रवाह गर्ने सम्पूर्ण प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनुका साथै नियामक निकायप्रतिको उत्तरदायित्वलाई थप सरल बनाउने छ। नियोसिस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज तिवारीका अनुसार, यो नयाँ मोड्युलले सहकारीको आन्तरिक कार्यसम्पादनमा निकै सहजता ल्याउनेछ। मिरा ईआरपीको सिंगल लगिन सिस्टमबाटै कर्जाको सम्पूर्ण प्रोसेसिङ हुने भएपछि सहकारीहरूमा विद्यमान सदस्य पहिचान (Know Your Member - KYM) सम्बन्धी समस्यालाई यसले प्रभावकारी रूपमा समाधान गर्नेछ। फाइभ सी एनालाइसिस एवं सदस्यको कर्जा योग्यता जाँच, धितो मूल्यांकन र पुराना कारोबारको इतिहास प्रणालीले नै विश्लेषण गरिदिने हुँदा जोखिम न्यूनीकरण हुनुका साथै सदस्यसँगको वित्तीय सम्बन्ध थप पारदर्शी र मजबुत हुने अपेक्षा गरिएको छ। विशेष गरी नियामक निकायका मापदण्डहरू पूरा गर्न मिरा ईआरपी अहिलेको समयमा झन् शक्तिशाली बनेको छ। सहकारी विभागको कोपोमिस (COPOMIS) मा पठाउनुपर्ने विवरणहरू हुन् वा सम्पत्ति शुद्धीकरण (AMLCFT) सम्बन्धी टीटीआर (TTR) रिपोर्टहरू, मिरा ईआरपीले ती सबैलाई तोकिएको एक्सेल (Excel, XML ) फर्म्याटमा सजिलै उपलब्ध गराउँछ। यसका साथै स्थानीय निकाय, सहकारीका संघ, महासंघ, सहकारी नियमन प्राधिकरण (NCRA) दर्ता र रिपोर्टिङका लागि आवश्यक तथ्याङ्कहरू पनि सफ्टवेयरबाटै प्राप्त गर्न सकिन्छ।हाल बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूका लागि कर्जा सूचना केन्द्रमा अनिवार्य रिपोर्टिङ गर्नुपर्ने व्यवस्था रहेको छ। मिरा सफ्टवेयर प्रयोग गर्ने सहकारीहरूले सो रिपोर्टिङ पनि सिधै सफ्टवेयरमार्फत गर्न सकिने गरि काम भैरहेको कम्पनीले जनाएको छ। सुरक्षाका दृष्टिकोणले आईएसओ २७००१:२०२२ प्रमाणित यस सफ्टवेयरले कर्जा र धितोका संवेदनशील विवरणहरूलाई 'डिजिटल डकुमेन्ट भल्ट' मार्फत सुरक्षित राख्दछ। हालसम्म ७०० भन्दा बढी सहकारी संस्थाहरू आबद्ध भइसकेको मिरा ईआरपीले बचत तथा ऋण व्यवस्थापन, सदस्य र शेयर व्यवस्थापन, पूर्ण लेखा प्रणाली, मोबाइल बैंकिङ, र एसएमएस अलर्ट जस्ता ...
Read moreभक्तपुर। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक सुधार बिना देशको समृद्धि सम्भव नभएको...
Read moreकठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक महानुभावहरु तथा स्तुपा...
Read moreकाठमाडौं । नेपालमा ओमोडा जेइको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. ले २३ मार्च २०२६ मा जेइको जे ६ टी...
Read moreकाठमाडौं । नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च...
Read moreकाठमाडाैं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्ट रोमिङसेवा प्रयोग गर्न सकिने...
Read moreकाठमाडौँ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको महासचिवमा मिलनबाबु मल्लले बाजी मारेका छन् । गत फागुन २५ गते अध्यक्षमा सुरेन्द्रकुमार...
Read moreकाठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण...
Read moreकाठमाडौं, चैत ६ : ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित गर्दै ल्याउन लागिएको यस रेडम्याजिक ११ प्रोमा १४४ हर्जको रिफ्रेश रेटसहितको ६.८५ इन्चको एमोलेड डिस्प्ले उपलब्ध हुने छ, जसले अत्यन्तै स्मूथ भिजुअल्स र इमर्सिभ गेमप्ले अनुभव सुनिश्चित गर्छ। साथै, यस रेडम्याजिक ११ प्रोमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर र प्रिमियम, पर्फर्मेन्स–केन्द्रित डिजाइन रहने अपेक्षा गरिएको छ। पर्फर्मेन्सका हिसाबले रेडम्याजिक ११ प्रो नवीनतम क्वालकम स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटद्वारा सञ्चालित हुने छ, जसले फ्ल्यागशिप स्तरको स्पिड र रिस्पोन्सिभनेस प्रदान गर्नेछ ५० एमपी + ५० एमपी + २ एमपी को ट्रिपल रियर क्यामरा सेटअपका साथै १६ एमपीको फ्रन्ट क्यामरा रहने अपेक्षा गरिएको छ, जसले गेमिङसँगै कन्टेन्ट क्रिएसनका लागि ब्यालेन्सड अनुभव प्रदान गर्नेछ। साथै, रेडम्याजिक ११ प्रोमा ७५०० एमएएच ब्याट्री र ८० वाटको अल्ट्राफास्ट चार्जिङ सपोर्ट रहनेछ, जसले यसलाई आफ्नो सेग्मेन्टकै सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोनमध्ये एकको रुपमा स्थापित गर्नेछ। एक लाख साठी हजारको हाराहारीमा मूल्य भएको यो फोन प्रि बुकिङको लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.