Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, July 20, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग

Sambridinews by Sambridinews
शुक्रबार, जेष्ठ २२, २०८३
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
१० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य: ‘ऊर्जा दशक’ घोषणा गर्न इप्पानको माग
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य पूरा गर्न ‘ऊर्जा दशक’ घोषणा गर्दै पूर्वाधार निर्माणमा सङ्कटकाल लगाउनुपर्ने माग गरेका छन्।

बिहीबार काठमाडौँमा आयोजित बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले नीतिगत उल्झन र सरकारी ढिलासुस्ती कायमै रहे महत्त्वाकांक्षी लक्ष्य पूरा नहुने भन्दै यस्तो माग गरेका हुन्।

You might also like

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

अध्यक्ष कार्कीले आगामी आर्थिक वर्षको बजेटमा ट्रान्समिसन (प्रसारण) लाइनलाई प्राथमिकतामा राखेकोमा सरकारको प्रशंसा गरे।

‘हिजो हामीले धेरै ठाउँमा बत्ती बाल्यौँ तर ट्रान्समिसन लाइन नभएको कारणले गर्दा हाम्रा बिजुली खेर गए। यसपालि सरकारले पूर्वाधार र ट्रान्समिसन लाइनका क्षेत्रमा सबभन्दा बढी बजेट छुट्याएको छ, वास्तवमा यो एकदमै स्वागतयोग्य छ,’ उनले भने, ‘ट्रान्समिसन लाइन नभईकन हामी जतिसुकै अगाडि बढे पनि केही सम्भव थिएन।’

त्यसैगरी, १० मेगावाटसम्मका आयोजनाको पीपीएको आधारमा गर्ने बजेटको व्यवस्थालाई पनि इप्पानले सकारात्मक रूपमा लिएको छ।

सरकारले आफ्नो सय बुँदे शासकीय सुधार योजनामा समेत पीपीए खुलाउने बाचा गरेको स्मरण गराउँदै अध्यक्ष कार्कीले भने, ‘सरकारले १८० दिनभित्र सम्पूर्ण आयोजनाहरूको पीपीए गरिनेछ भनेर प्रतिबद्धता जनाएको छ। त्यसकारण अब पीपीए खोल्दिनुपर्छ र क्युमा बसेका आयोजनाहरूलाई अगाडि बढाउनुपर्छ।’

नेपालको ऊर्जा विकासमा निजी क्षेत्रको योगदान ऐतिहासिक रहेको दाबी गर्दै कार्कीले निजी क्षेत्रकै कारण देश लोडसेडिङमुक्त भएको जिकिर गरे। हाल देशमा उत्पादन भइरहेको करिब ४,३०० मेगावाट बिजुलीमध्ये ३,६०० मेगावाट निजी क्षेत्रकै लगानीबाट सम्भव भएको उनले तथ्याङ्क प्रस्तुत गरे।

उनले भने, ‘यदि साँच्चै कल्पना गरौँ, नेपालमा निजी क्षेत्र थिएन र निजी क्षेत्रलाई अगाडि बढाउने नीति ल्याइएको थिएन भने हामीले आज पनि २१ घण्टाभन्दा बढी लोडसेडिङ बेहोर्नुपर्ने स्थिति आउँथ्यो।’

ऊर्जा क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको र यसले वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढी रोयल्टी राज्यलाई बुझाइरहेको उनले जानकारी दिए।

जलविद्युत् आयोजनाले दुर्गम क्षेत्रको मुहार फेरेको बताउँदै कार्कीले भने, ‘हामी प्रोजेक्ट मात्र बनाउँदैनौँ। आजसम्म हामीले ३,७०० किलोमिटर बाटो, ४५० किलोमिटर सुरुङ, १६० वटा स्वास्थ्य केन्द्र र १०५ वटा विद्यालय बनाएका छौँ। यो निजी क्षेत्रले राज्यलाई पूर्वाधारको क्षेत्रमा गरेको ठूलो सहयोग हो।’

१० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्न करिब ५० खर्ब रुपैयाँ पुँजी आवश्यक पर्ने र यसले १० लाख रोजगारी सिर्जना गर्ने इप्पानको भनाइ छ। तर, यसका लागि सरकारले निजी क्षेत्रमैत्री कानुन बनाउनुपर्नेमा उनले जोड दिए।

‘विद्युत् व्यापार निजी क्षेत्रलाई दिनुपर्छ। पीपीए पनि नगर्दिने, विद्युत् व्यापार पनि नदिने गरी ढोका बन्द गर्न पाइँदैन,’ उनले भने, ‘यो १४ वटा मन्त्रालय धाउने काम बन्द गरिदिनुप¥यो। सरकारले निर्देशन दिँदा पनि अहिले पनि वनमा फाइल रोकिराखेको अवस्था छ।’

लाइसेन्सको अवधि ५० वर्ष हुनुपर्ने र जलविद्युत् आयोजनामा हुने तोडफोड रोक्न राज्यले पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग राखे ।

अध्यक्ष कार्कीले भने, ‘१० वर्षमा ३० हजार मेगावाट उत्पादन गरिनेछ भनिएको छ। १० वर्षलाई ऊर्जा दशक घोषणा गरेर ऊर्जा तथा पूर्वाधारको क्षेत्रमा सङ्कटकाल लगाउनुपर्छ। अनि मात्रै यो सम्भव हुन्छ।’

आफ्नो तीन वर्षे कार्यकाल पूरा हुन लागेको र अब नयाँ नेतृत्व आउन लागेको जानकारी दिँदै कार्कीले इप्पानको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्ने प्रयास भइरहेको बताए।

‘विधानकै व्यवस्थाअनुसार अब मोहन डाँगीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। हामी सर्वसम्मत इप्पानको नेतृत्व घोषणा गर्ने भनेर लागेका छौँ,’ उनले भने, “अहिले यो चुनाव गरेर झगडा गरेर बस्ने बेला छैन। हिजोको दिनमा थोरै आयोजना थिए, अब पीपीए नभए एक खर्बभन्दा बढी लगानी डुब्छ। त्यसैले हाम्रा एजेन्डा पूरा गराउन हामी सबै एक ठाउँमा आउन जरुरी छ।’

Related

Previous Post

मधेश प्रदेशका अर्थमन्त्री र नाडा प्रतिनिधिमण्डलबीच भेटवार्ता: अटोमोटिभ क्षेत्रको नीतिगत संवाद र सुधारमा जोड

Next Post

एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

by Sambridinews
सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

by Sambridinews
सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

by Sambridinews
सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

by Sambridinews
आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

by Sambridinews
आइतवार, साउन ३, २०८३
Next Post
एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

एनआईसी एशिया बैंक र EFIX Nepalबीच सम्झौता: शून्य प्रतिशत ब्याजदरमै Honor स्मार्टफोन किन्न पाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

मङ्लबार, कार्तिक ६, २०८१
प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक तवरले काम गरिरहेकाे भनाइ

प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थी मृत्यु प्रकरणमा कूटनीतिक तवरले काम गरिरहेकाे भनाइ

सोमवार, फाल्गुन ५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
TOP STORIES

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

सोमवार, साउन ४, २०८३
पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान
TOP STORIES

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सोमवार, साउन ४, २०८३
स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
FEATURED

स्पेन १६ वर्षपछि पुनः विश्व च्याम्पियन: साविक विजेता अर्जेन्टिनालाई हराउँदै उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि

सोमवार, साउन ४, २०८३
त्रियोगमा चेस बुधबारदेखि
TOP STORIES

त्रियोगमा चेस बुधबारदेखि

आइतवार, साउन ३, २०८३
घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 
TOP STORIES

घट्यो बजाजको ईएमआई: अब मासिक किस्ता-मूल्य झनै कम 

आइतवार, साउन ३, २०८३
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
TOP STORIES

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

आइतवार, साउन ३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In