- भोजराज घिमिरे
रुसी भाषामा राजालाई जार र रानीलाई जरीना भनिन्छ । रुसी जारले युरोप र एशियामा आफ्नो विशाल साम्राज्य खडा गरेका थिए । ती सबै स्थानमा रुसी भाषा र सांस्कृति प्रबद्र्धन गरिएको थियो ।
एशिया र युरोपका रुसी भुभागमा अन्य भाषा बोल्ने मारमा थिए। उन्नाइसौं शताब्दीमा युरोपका अन्य राष्ट्रहरु फ्रान्स बेलायत र जर्मनी भन्दा आर्थिक र राजनीतिक रुपमा रुस निकै पछाडि थियोे । दैविक सिद्धान्तका आधारमा जारले स्वेच्छाचारी शासन गरिरहेका थिए। वर्गीय खाडल ठुलो थियो ।
जनता सबैले बराबर न्याय र अधिकार पाउने वर्गविहीन समाजको माक्र्सवादी परिकल्पनामा रमाएर सोभियत क्रान्ति भएको थियोे । सन् १९१७ अक्टोबरमा युरोपको राजनीतिमा उथलपुथलको भुमरीमा थियोे । साम्राज्यहरु ढल्दै थिए भने युद्धले राष्ट्रहरु थकित बनेका थिए।
त्यही बीचमा स्विजरल्याण्डमा निर्वासन जीवन विताइरहेका रुसी क्रान्तिकारी नेता भ्लादिमिर इलिच लेनिन जर्मनीको सहयोगमा एउटा रेलको डिब्बामा सवार भए।
उनको गन्तव्य थियोे पेत्रोगाद ( आजको सेट पिटर्सवर्ग) त्यो रेल केवल यात्रुको लागि मात्रै थिएन, एक राष्ट्रको निर्माणको यात्रा थियो । जब लेनिन रुस फर्किए उनले त्यहाँको जनआक्रोशलाई राजनीतिक दिशामा परिणत गर्दे अक्टोबर क्रान्तिको नेतृत्व गरे।
परिणामतः पुरानो सामन्ती शासन ढल्यो र नयाँ समाजवादी व्यवस्थाको जन्म भयो । विश्व इतिहासमा यहाबाट परिवर्तनको एउटा नयाँ अध्याय सुरु भएको थियो ।
आज नेपाल पनि इतिहासको त्यस्तै संक्रमण मोड आइपुगेको छ । राजनीतिक दलहरु शक्तिको अंकगणितको खेलमा व्यस्त छन । विचारको दिशा हराइसकेको छ ।
संविधानले व्यवस्था दिएको छ तर जनताको विश्वास गुमाइसकेका छन। नैतिकताहीन सत्तालिप्सा अवसरवादी दलकाबिच देशको भविष्य अधरमा छ।
२०६२/०६३ को जनआन्दोलन र १० बर्षे सशस्त्र विद्रोहले आशा जगाएको थियोे। गणतन्त्र संघीयता र समावेशीकरणका नाममा नयाँ युग सुरु भएको थियो। तर आज ती शब्दहरु जनताको चेतनाको सुस्त भएर बसेका छन।
राजनीति अब सेवा होइन सत्ताको प्रतिस्पर्धा बनिसकेको छ। यही कारणले आज नेपाललाई पनि नयाँ सोच नयाँ दृष्टि र नयाँ दिशा दिने एक युगीन नेतृत्वको आवश्यकता महसुस हुन थालेको छ।
हामीलाइ यतिबेला बन्दुक बोकेको क्रान्तिकारी होइन स्वविवेक एवं सभ्य नवयुवाहरुको नेतृत्व चाहिएको छ। लेनिनको रेल आजको सन्दर्भमा प्रतीक मात्र हो। वास्तविक अर्थमा त्यो रेल अब चेतना नीति र निष्ठाको सयोजना हो । जहाँ पुरानो ढाँचा भत्किन खोज्दै छ तर नयाँ निर्माण अझै सुरु भएको छैन । यो अवस्थाले एकैपटक अस्थिरता र सम्भावना दुवै बोकेको छ ।
यदि हामीले सोच साहस र सत्यनिष्ठाको नयाँ रेल तयार गर्न सक्यौ ंभने कुनैदिन कोही नेपाली लेनिन अथवा त्यसभन्दा पनि उन्नत नेतृत्व बसमा सवार भइ इतिहासको दिशै परिवर्तन गर्नेछ ।
त्यसको लागि कम्युनिस्ट नेताहरू मध्ये को अगाडि आउने ? सधै को बैठक र संसदीय व्यवस्थालाई दलाल पुँजीवादको संज्ञा दिएर आत्मरतिमा क्रान्तिकारी देख्ने अस्तुवादी चिन्तनले मात्रै समाजवाद आउदैन । त्यसका लागि वर्तमान नेपालको फेब्रुअरी क्रान्तिलाई अक्टोबर क्रान्तिमा बदल्न तत्काल सडकमा आउनुपर्छ ।
नेपालमा पनि परिवर्तनको रेलको डिब्बा भन्दा बसको सिटबाट आउन सक्छ । त्यो बस विचार नैतिकता र जनचेतनाको हुनेछ । वर्तमान नेपालको राजनीतिमा साम्राज्यवाद र विस्तारवादका दलालहरुले मुलुक खरानी बनाउन लागि सके।
क्रान्तिकारीहरुले त्यही खरानीको डल्लोबाट समाजवादको दिशा तय गर्नुपर्ने अवस्था आइसक्यो । नत्र जनगायक जीवन शर्माले गितमा भनेझै
उठ है भरिया ज्यामी यो देश खरानी भइसक्यो । गईगयो यो हाम्रो जुनी अब त अवेला भइसक्यो ।