असोज २३, काठमाडौं। यस वर्षको मनसुन नेपाल सहित भारतबाट समेत बाहिरीएको छ। नेपालको पश्चिम क्षेत्रबाट बाहिरीन सुरुभएको मनसुन मंगलबारबाट नेपाल सहित भारतबाट समेत बाहिरीएको छ।
नेपालमा मनसुन जुन १३ मा प्रवेश गर्ने भनिएपनि यस वर्ष १५ दिन अघि नै प्रवेश गरेको थियो ।
सामान्यतया अक्टोबर २ मा नेपालबाट नेपालबाट बाहिरीने गर्दछ । गत वर्ष जस्तै यसवर्षपनि मनसुन बाहिरीने बेलामा सक्रिय भइ भारी वर्षा हुदाँ इलाममा मात्र धेरै जनधनको क्षति हुनपुग्यो।
विपी राजमार्ग सहित काठमाडौं उपत्यका जोड्ने राजमार्गहरु समेत बन्द हुदाँ दसैमनाएर काठमाडौं फर्किने यात्रुले सास्ती झल्नुपरेको थियो।