काठमाडौं । मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारण सभा आज असोज १० गते अरण्य बुटिक होटल, हात्तीसारमा सम्पन्न भएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१र८२ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको मुक्तिनाथ क्यापिटलको आर्थिक वर्ष २०८१र८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचिहरु उपर छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८१र८२ को लेखापरिक्षकको सम्बन्धमा र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२र८३ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१र ८२ वित्तिय विवरणबाट शेयरधनीलाई हालको चुक्ता पूँजीको ९ प्रतिशतले हुने नगद लाभांश कर प्रयोजनार्थ समेत० वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गरेको छ ।